-
श्रोतालाई प्रोत्साहन दिनुहोस् र बलियो बनाउनुहोस्ईश्वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्
-
-
खारिएको विश्वास अनमोल धन हो। (१ पत्रु. १:६, ७) यो कुरा हाम्रा भाइबहिनीलाई सम्झाउनुपर्छ।
भविष्यको आशाबारे भावसहित बोल्नुहोस्। भविष्यबारे बाइबलमा गरिएका प्रतिज्ञाहरू परमेश्वरलाई प्रेम गर्नेहरू सबैका लागि प्रोत्साहनको प्रमुख स्रोत हो। धेरैजसो श्रोताहरूले यी प्रतिज्ञाबारे सुन्दै आएका होलान्। तर तपाईंले यी प्रतिज्ञाबारे बताउँदा आफू त्यसप्रति कृतज्ञ भएको देखाउनुभयो भने ती प्रतिज्ञालाई जीवन्त बनाउन सक्नुहुन्छ, ती अवश्य पूरा हुनेछन् भनी विश्वस्त बनाउन सक्नुहुन्छ र श्रोताहरूको हृदय कृतज्ञताले भरिदिन सक्नुहुन्छ। ईश्वरतान्त्रिक सेवा स्कूलमा सिकेका कुराहरू लागू गर्दा तपाईंले यसो गर्ने मदत पाउनुहुनेछ।
यहोवा स्वयम् आफ्ना जनको लागि प्रोत्साहन र बलको मूल स्रोत हुनुहुन्छ। तर ती जनहरूलाई प्रोत्साहन र बल दिने काममा तपाईं पनि उहाँसँगै भाग लिन सक्नुहुन्छ। मण्डलीमा भाषण दिने मौका पाउँदा अरूलाई प्रोत्साहन र बल दिने मौकाको सदुपयोग गर्नुहोस्।
-
-
उन्नति गर्दै जानुहोस्ईश्वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्
-
-
उन्नति गर्दै जानुहोस्
के तपाईंले ईश्वरतान्त्रिक सेवा स्कूलको कार्यक्रममा तोकिएका सल्लाहहरू सबैमा काम गरिसक्नुभयो? के तपाईंले दिइएका अभ्यासहरू पनि सबै गरिसक्नुभयो? के तपाईं स्कूलमा वा अरू सभाहरूमा भाषण दिंदा र प्रचारमा भाग लिंदा सबै सल्लाह लागू गर्दै हुनुहुन्छ?
ईश्वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाइरहनुहोस्। तपाईंले भाषण दिन थालेको जति नै समय बितेको भए तापनि उन्नति गर्नुपर्ने ठाउँ त बाँकी नै छ।
-