-
जीवनको सुरुवात कसरी भयो?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
१. ब्रह्माण्डको सुरुवात कसरी भयो?
बाइबल भन्छ: “सुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” (उत्पत्ति १:१) धेरैजसो वैज्ञानिक ब्रह्माण्डको सुरुवात थियो भन्ने कुरामा सहमत छन्। परमेश्वरले ब्रह्माण्ड कसरी सृष्टि गर्नुभयो? उहाँले आफ्नो “सक्रिय शक्ति” अर्थात् पवित्र शक्ति चलाएर ब्रह्माण्डका सबै कुरा सृष्टि गर्नुभयो। जस्तै: तारापुञ्जहरू, ताराहरू र ग्रहहरू।—उत्पत्ति १:२.
-
-
जीवनको सुरुवात कसरी भयो?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
५. सृष्टिसम्बन्धी बाइबलको विवरण चित्तबुझ्दो छ
बाइबलको उत्पत्ति अध्याय १ मा पृथ्वीको र पृथ्वीमा जीवनको सुरुवातबारे वर्णन गरिएको छ। के तपाईँ यो विवरणमा विश्वास गर्न सक्नुहुन्छ वा के यो एउटा दन्त्यकथा मात्र हो? भिडियो हेर्नुहोस् अनि तल दिइएका प्रश्नहरू छलफल गर्नुहोस्:
के बाइबलले पृथ्वी र यसमा भएको जीवन २४ घण्टाको ६ दिनमा सृष्टि गरिएको हो भनेर सिकाउँछ?
के तपाईँलाई सृष्टिसम्बन्धी बाइबलको विवरण तार्किक र चित्तबुझ्दो छ जस्तो लाग्छ? तपाईँलाई किन त्यस्तो लाग्छ?
उत्पत्ति १:१ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
वैज्ञानिकहरू ब्रह्माण्डको सुरुवात थियो भन्छन्। तिनीहरूको भनाइ र तपाईँले भर्खरै बाइबलमा पढ्नुभएको कुराबीच कस्तो समानता छ?
कसै-कसैलाई परमेश्वरले क्रमविकास चलाएर विभिन्न जीवजीवात सृष्टि गर्नुभएको हो कि जस्तो लाग्छ। उत्पत्ति १:२१, २५, २७ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
के बाइबलले परमेश्वरले सुरुमा एककोषीय जीव बनाउनुभयो अनि त्यो क्रमिक रूपमा विकास हुँदै गएर माछा, स्तनपायी जनावर र मानिस बन्यो भनेर सिकाउँछ? अथवा के उहाँले सुरुमै सबै “जातजातका” जीव सृष्टि गर्नुभयो?b
-