-
अहिलेको सङ्कटमय घडीमा परमेश्वरसित हिंड्नुहोस्प्रहरीधरहरा—२००५ | सेप्टेम्बर १
-
-
१०, ११. (क) आदम र हव्वाले विद्रोह गरेपछि कसरी भ्रष्टता फैलियो? (ख) हनोकले कस्तो भविष्यसूचक सन्देश प्रचार गरे र तिनले कस्तो प्रतिक्रिया सहनु पऱ्यो?
१० उदाहरणका लागि, आदमले पाप गरेपछि मानव परिवारमा कति चाँडो भ्रष्टता फैलियो, विचार गर्नुहोस्। बाइबलले बताएअनुसार आदमको जेठो छोरा कयिनले आफ्नो भाइ हाबिलको हत्या गरेपछि तिनी सँगी मानवको हत्या गर्ने पहिलो हत्यारा भए। (उत्पत्ति ४:८-१०) हाबिलको मृत्युपछि आदम र हव्वाको अर्को छोरा जन्मियो र उनीहरूले तिनको नाउँ सेत राखे। तिनको विषयमा हामी यस्तो लेखिएको पाउँछौं: “सेतको पनि एउटा छोरो भयो। औ तिनले तिनको नाउँ एनोश राखे। त्यस समयदेखि मानिसले परमप्रभुको [“यहोवाको,” NW] नाउँको पुकारा गर्न शुरू गरे।” (उत्पत्ति ४:२५, २६) तर दुःखको कुरा, त्यतिबेलाका मानिसहरूले गलत ढङ्गमा “यहोवाको नाउँको पुकारा” गरे। तिनीहरूले साँचो परमेश्वरको नाउँ लिएर मानिसहरू वा मूर्तिलाई पुकारिरहेका थिए।b एनोश जन्मेको धेरै वर्षपछि कयिनका एक जना सन्तान लेमेकले आफ्नी दुइटी श्रीमतीको लागि एउटा गीत रचे र त्यस गीतमा लेमेकले आफूलाई घाइते पार्ने जवान मानिसलाई मारेको विषयमा लेखे। तिनले यस्तो चेतावनी पनि दिए: “यदि कयिनको बदला सात गुणा लिइन्छ भने लेमेकको चाहिं सतहत्तर गुणा लिइनेछ।”—उत्पत्ति ४:१०, १९, २३, २४.
-
-
अहिलेको सङ्कटमय घडीमा परमेश्वरसित हिंड्नुहोस्प्रहरीधरहरा—२००५ | सेप्टेम्बर १
-
-
b एनोशको समयअघि यहोवा परमेश्वर आदमसित कुरा गर्नुहुन्थ्यो। हाबिलले चढाएको बलिदान यहोवाले ग्रहण गर्नुभयो। डाही रिसले गर्दा कयिनले हाबिलको हत्या गर्नुअघि परमेश्वरले तिनीसित पनि कुरा गर्नुभएको थियो। यतिबेला “यहोवाको नाउँको पुकारा” गर्न सुरु गरियो तर त्यो शुद्ध उपासनाको लागि थिएन।
-