प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तिनलाई र ‘अरू सात जनालाई बचाउनुभयो’
    प्रहरीधरहरा—२०१३ | अक्टोबर १
    • यहोवा परमेश्‍वरले जहाजको ढोका बन्द गर्नुभएपछिको ४० दिन नूह र तिनको परिवारले कस्तो महसुस गरे होलान्‌, कल्पना गर्नुहोस्‌ त। दिनरात मुसलधारे पानी दर्किरहेको थियो तर जहाजभित्र बसेका आठ जनाको भने आफ्नै किसिमको तालिका थियो। जस्तै: एकअर्काको हेरविचार गर्ने, सरसफाइ गर्ने अनि जनावरहरूको स्याहारसुसार गर्ने। तर एक दिन यत्रो बढेमाको जहाज एक्कासि चल्न थाल्दा तिनीहरूको सातो गयो होला। पानीको सतह बढ्‌दै जाँदा जहाज “जमीनबाट माथि जानलाग्यो।” (उत्पत्ति ७:१७) सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाले कस्तो अचम्मलाग्दो तरिकामा आफ्नो शक्‍ति प्रदर्शन गर्नुभयो!

  • तिनलाई र ‘अरू सात जनालाई बचाउनुभयो’
    प्रहरीधरहरा—२०१३ | अक्टोबर १
    • “पानीबाट बचे”

      विशाल समुद्रमा तैरिन थाल्दा ठूलठूला काठले बनेको जहाज डड्याङडुडुङ्‌ग, काइँकुइँ गरेको आवाज भित्र बसेकाहरूले पक्कै सुने होलान्‌। ठूला-ठूला छालले जहाज डुबाउने पो हो कि भनेर नूहले चिन्ता गरे? बाइबलमा शङ्‌का गर्नेहरूले त्यस्तो चिन्ता गर्थे होलान्‌ तर नूहले गरेनन्‌। बाइबल भन्छ: “विश्‍वासैले गर्दा नूहले . . . जहाज निर्माण गरे।” (हिब्रू ११:७) तिनले केमा विश्‍वास राखे? नूह र तिनको साथमा भएकाहरूलाई जलप्रलय आउँदा सुरक्षित राख्नेछु भनेर यहोवाले नूहसित करार बाँध्नुभएको थियो। (उत्पत्ति ६:१८, १९) सम्पूर्ण ब्रह्‍माण्ड र यसमा भएका सबै जीवजीवात्‌ बनाउने परमेश्‍वरले के त्यो जहाजलाई सुरक्षित राख्न सक्नुहुन्‍न र? पक्कै सक्नुहुन्छ! यहोवाले आफ्नो प्रतिज्ञा अवश्‍य पूरा गर्नुहुनेछ भनेर नूहलाई पूरा भरोसा थियो। यहोवामाथिको भरोसा बेकार गएन। तिनी र तिनको परिवार “पानीबाट बचे।”—१ पत्रुस ३:२०.

      चालीस दिन ४० रातपछि पानी पर्न रोकियो। अहिलेको क्यालेन्डरअनुसार ईसापूर्व २३७०, डिसेम्बर महिनातिर पानी पर्न रोकियो। तर जहाजभित्रको बसाइ भने अझै सिद्धिएको थिएन। अल्गा-अल्गा पहाडहरूसमेत पूरै डुबेको अवस्थामा जहाज भने तैरिरहेको थियो। (उत्पत्ति ७:१९, २०) जहाजभित्रका जनावरहरूको स्याहारसुसार गर्ने, तिनीहरूलाई आहारा दिने जस्तो गाह्रो काम नूहले आफ्ना छोराहरू शेम, हाम र येपेतसित मिलेर गरे होलान्‌। जङ्‌गली जनावरहरूलाई समेत सुधो बनाएर जहाजभित्र छिराउन सक्ने परमेश्‍वरले नै ती जनावरहरूलाई जलप्रलयको दौडान शान्त अवस्थामा राख्नुभयो।a

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने