प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ७/१५ पृ. ३२
  • ‘सिंहको जस्तै मुटु’ तपाईंको हुनसक्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘सिंहको जस्तै मुटु’ तपाईंको हुनसक्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ७/१५ पृ. ३२

‘सिंहको जस्तै मुटु’ तपाईंको हुनसक्छ

बाइबलले साहस र विश्‍वस्तताको प्रतीकको रूपमा कहिलेकाहीं सिंहलाई प्रयोग गर्छ। साहसी वा सूरो मानिसलाई “सिंहजस्तै मुटु” भएको र धर्मीलाई “सिंहजस्तै आँटिला” भनेर वर्णन गरिन्छ। (२ शमूएल १७:१०; हितोपदेश २८:१) विशेषगरि चुनौती दिइँदा सिंहले आफू “पशुहरूमा सबैभन्दा वीर” कहलिनु योग्यको छ भनेर देखाउँछ।—हितोपदेश ३०:३०.

आफ्ना जनहरूलाई सुरक्षा दिने कटिबद्धतालाई यहोवा परमेश्‍वर सिंहको निर्भयतासित तुलना गर्नुहुन्छ। यशैया ३१:४, ५ यसो भन्छ: “जसरी सिंह अथवा जवान सिंह आफ्नो शिकारमाथि कराउँछ, र त्यसको विरुद्धमा गोठालाहरूको एक दल उठे तापनि तिनीहरूको आवाजले त्यो घबराउँदैन, नता तिनीहरूको हल्लाले त्यो दब्छ, त्यसैगरी सेनाहरूका परमप्रभु सियोन पर्वत र त्यसका डाँड़ाहरूका विरुद्धमा लड़ाइँ गर्नलाई ओर्लनुहुनेछ। . . . उहाँले त्यसलाई रक्षा गर्नुहुनेछ, र त्यसलाई छुटाउनुहुनेछ। उहाँले त्यसलाई जोगाउनुहुनेछ, र त्यसलाई बचाउनुहुनेछ।” अतः यहोवाले आफ्ना सेवकहरूलाई विशेषगरि विपत्तिको समयमा प्रभावकारी ढंगले हेरचाह गर्ने आश्‍वासन दिनुहुन्छ।

बाइबलले मानिसजातिको सबैभन्दा ठूलो शत्रु, शैतान अर्थात्‌ दियाबललाई भोकले गर्जेको सिंहसित तुलना गरेको छ। त्यसको शिकार नहुन हामीलाई धर्मशास्त्र यसो भन्छ: “सचेत रहो, जागा रहो।” (१ पत्रुस ५:८) यसो गर्ने एउटा तरिका आध्यात्मिक तवरमा लट्ठेर घातक अवस्थामा पर्नदेखि बच्नु हो। यस सन्दर्भमा येशूले यसो भन्‍नुभयो: “तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, नशा र जीवनको फिक्रीले लट्टिएका हुनेछन्‌।” (लूका २१:३४-३६) हो, यस “आखिरी दिनमा” आध्यात्मिक तवरमा सचेत रह्‍यौं भने, ‘यहोवामा भरोसा गरेर हृदय स्थिर रहन’ ‘सिंहको जस्तै मुटु’ पाउनेछौं।—२ तिमोथी ३:१; भजन ११२:७, ८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने