प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • बाइबलकालीन यरूशलेम—पुरातत्त्वले के प्रमाणित गर्छ?
    प्रहरीधरहरा—१९९७ | जून १५
    • यसै गढीको नजीकै पुरातन शहरमा पानी ल्याइने नहरहरू छन्‌। तीमध्ये कतिवटा त दाऊदको समयको जस्तो देखिन्छ। यरूशलेमको पानीको नाला प्रणालीबारे बाइबलमा गरिएका कतिपय कथनहरूले प्रश्‍न खडा गरेका छन्‌। उदाहरणका लागि, दाऊदले आफ्ना मानिसहरूलाई यसो भने “हरेक जसले यबूसीलाई मार्छ त्यसले . . . पानीको नालाबाट पसेर मारोस्‌।” (२ शमूएल ५:८) अनि दाऊदको सेनापति योआबले त्यसै गरे। “पानीको नाला” भन्‍ने अभिव्यक्‍तिको खास अर्थ के हो?

  • बाइबलकालीन यरूशलेम—पुरातत्त्वले के प्रमाणित गर्छ?
    प्रहरीधरहरा—१९९७ | जून १५
    • त्यस पुरातन शहरमा आउने पानीको मुख्य स्रोत गिहोन तलाउ हो भनेर विद्वानहरूलाई पहिल्यै थाह थियो। यो तलाउ शहरको पर्खालबाहिर थियो तर नाला र ३६ फिट गहिरो खाडलको प्रबन्ध गर्न एकदमै नजीक पर्थ्यो। त्यसैकारण, शहरवासीहरू पानी ल्याउन सुरक्षा पर्खालबाहिर जानु पर्दैन थियो। चार्ल्स वारेनले सन्‌ १८६७ मा यस प्रणाली खोजेर फेला पारेपछि यसलाई वारेनको खाडल भनिन्छ। तर यी नाला र खाडल कहिले बनाइएका थिए? के ती दाऊदको समयमा थिए? के योआबले त्यो पानीको नाला प्रयोग गरे? डान गिल यस्तो जवाफ दिन्छन्‌: “वास्तवमा, वारेन खाडल प्राकृतिक खाल्डो हो कि होइन भनेर जाँच्न हामीले कार्बन-१४ द्वारा यसका सम्म नपरेका पर्खालहरूको कडा पाप्रालाई जाँच्यौं। यस जाँचबाट त्यो खाडल मानिसले खनेको हो भन्‍ने कुनै प्रमाण हात लागेन किनभने त्यो पाप्रा लगभग ४०,००० वर्षभन्दा पुरानो भएको संकेत पाइयो। निस्सन्देह, यसद्वारा प्रमाणित हुन्छ कि त्यो खाडल मानिसले खनेको थिएन।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने