प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “तिमीहरूको कामको प्रतिफल तिमीहरूले पाउनेछौ”
    प्रहरीधरहरा—२०१२ | अगस्त १५
    • लडाइँबाट घर फर्किरहेका आसालाई भविष्यवक्‍ता अजर्याह भेट्‌न आए। उनले राजालाई यसरी प्रोत्साहनका साथै चेतावनी दिए: “हे आसा, सबै यहूदा र बिन्यामीन, मेरो कुरा सुन। जब तिमीहरू परमप्रभुसँग हुन्छौ तब उहाँ पनि तिमीहरूसँग हुनुहुनेछ। तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ। . . . तिमीहरू शक्‍तिशाली हुनुपर्छ, र तिमीहरूको साहस घट्‌नुहुँदैन। किनभने तिमीहरूको कामको प्रतिफल तिमीहरूले पाउनेछौ।”—२ इति. १५:१, २, ७.

      यी शब्दले हाम्रो विश्‍वास बलियो बनाउन सक्छ। यसले विश्‍वासी भई यहोवाको सेवा गरुन्जेल उहाँ हाम्रो साथमा हुनुहुनेछ भनी देखाउँछ। मदतको लागि परमेश्‍वरलाई पुकार्दा उहाँले हाम्रो पुकारा सुन्‍नुहुनेछ भनेर ढुक्क हुन सक्छौं। अजर्याहले भने: “तिमीहरू शक्‍तिशाली हुनुपर्छ, र तिमीहरूको साहस घट्‌नुहुँदैन।” सही कुरा गर्न अक्सर निकै साहस चाहिन्छ तर यहोवाको मदत पाएर हामी अवश्‍य यसो गर्न सक्छौं।

  • “तिमीहरूको कामको प्रतिफल तिमीहरूले पाउनेछौ”
    प्रहरीधरहरा—२०१२ | अगस्त १५
    • भविष्यवक्‍ता अजर्याहको शब्दमा एउटा चेतावनी पनि लुकेको थियो। उनले भने: “तिमीहरूले [यहोवालाई] त्याग्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ।” हामीलाई त्यस्तो कहिल्यै नहोस्‌ किनभने परिणाम दुःखदायी हुनेछ! (२ पत्रु. २:२०-२२) यहोवाले आसालाई किन त्यो चेतावनी दिनुभयो भनेर बाइबलमा बताइएको छैन तर तिनले त्यो सुनेनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने