प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हाम्रो लागि लेखिएका कुराहरूमा के तपाईंले आफ्नो मन लगाउनुहुनेछ?
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१७ | मार्च
    • १२ हिजकियाहको हृदय कसरी अभिमानी बन्‍न पुग्यो भनेर बाइबलमा बताइएको छैन। अश्‍शूरीहरूमाथि विजयी भएकोले वा परमेश्‍वरले चमत्कारपूर्ण ढङ्‌गमा निको पार्नुभएकोले हो कि? अथवा आफ्नो “धेरै धन-सम्पत्ति र मान-मर्यादा”-ले हो कि? जेहोस्‌, हिजकियाह अभिमानी भए र “परमप्रभुले तिनलाई असल गरेकोमा तिनी कृतज्ञ भएनन्‌।” कस्तो दुःखलाग्दो कुरा! हुन त हिजकियाहले परमेश्‍वरलाई आफ्नो सारा हृदयले सेवा गरेका थिए। तर केही समयको लागि तिनी अभिमानी भए र यहोवालाई दुःखी तुल्याए। पछि ‘हिजकियाहले परमप्रभुमा आफूलाई समर्पण गरे’ अर्थात्‌ आफूलाई नम्र तुल्याए। यसले गर्दा तिनी र तिनका मानिसहरू परमेश्‍वरको क्रोधबाट बचे।—२ इति. ३२:२५-२७; भज. १३८:६.

  • हाम्रो लागि लेखिएका कुराहरूमा के तपाईंले आफ्नो मन लगाउनुहुनेछ?
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१७ | मार्च
    • १४ अरूले प्रशंसा गर्दा येशूका यी शब्दहरू सम्झनु बेस हो: “तिमीहरू पनि जब आफूलाई अह्राइएको सबै काम पूरा गर्छौ, तब यसो भन्‍नू: ‘हामी निकम्मा दासहरू हौं। हामीले त आफूले जे गर्नुपर्ने हो, त्यो मात्र गरेका हौं।’” (लूका १७:१०) तर हिजकियाहले यस्तो मनोवृत्ति देखाएनन्‌। तिनी अभिमानी भए र “परमप्रभुले तिनलाई असल गरेकोमा तिनी कृतज्ञ भएनन्‌।” परमेश्‍वरले हाम्रो लागि गरिदिनुभएका असल कुराहरूमा मनन गऱ्‍यौं भने हामी अभिमानी हुनेछैनौं किनभने यो दुर्गुणलाई यहोवा घृणा गर्नुहुन्छ। साथै यहोवाले हाम्रो लागि गर्नुभएका कुराहरूबारे कृतज्ञ भई अरूलाई बताउनेछौं। वास्तवमा, आफ्ना जनलाई मदत गर्न पवित्र धर्मशास्त्र र पवित्र शक्‍ति दिनुहुने यहोवा नै हुनुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने