प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तिनी परमेश्‍वरका मानिसहरूको पक्षमा खडा भइन्‌
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • १८. (क) मोर्दकैले किन हामानलाई दण्डवत्‌ गरेनन्‌? (फुटनोट पनि हेर्नुहोस्‌) (ख) आजका विश्‍वासी पुरुष तथा स्त्रीले मोर्दकैको उदाहरण कसरी अनुकरण गर्छन्‌?

      १८ राजा अहासूरस आफ्नो दरबारका हामान भन्‍ने व्यक्‍तिलाई उच्च पदमा नियुक्‍त गर्छन्‌। राजाले तिनलाई प्रधानमन्त्री नियुक्‍त गर्छन्‌। साथै आफ्नो निजी सल्लाहकार र साम्राज्यकै दोस्रो दर्जाको व्यक्‍ति बनाउँछन्‌। तिनलाई देख्नेजति सबैले दण्डवत्‌ गर्नुपर्छ भन्‍ने उर्दी पनि जारी गर्छन्‌। (एस्त. ३:१-४) तर मोर्दकैलाई यो नियम पालन गर्न गाह्रो पर्छ। राजाको आज्ञा पालन गर्नुमा उनलाई कुनै समस्या थिएन तर त्यसले गर्दा परमेश्‍वरलाई अनादर गर्ने कुरा उनी सोच्न पनि सक्दैनथे। तपाईंलाई थाहै छ, हामान अगागी थिए, मतलब तिनी अमालेकी राजा अगागका सन्तान थिए। अनि यहोवाका भविष्यवक्‍ता शमूएलले राजा अगागलाई टुक्रा-टुक्रा गरी मारेका थिए। (१ शमू. १५:३३) अमालेकीहरू यत्ति दुष्ट थिए कि तिनीहरू यहोवा परमेश्‍वर र इस्राएलको शत्रु बने। फेरि परमेश्‍वरले तिनीहरूलाई दण्ड दिने घोषणा पनि गर्नुभएको थियो।c (व्यव. २५:१९) त्यस्तो मान्छेलाई एक जना विश्‍वासी यहूदीले कसरी दण्डवत्‌ गर्न सक्थे र? हो, मोर्दकैले हामानलाई दण्डवत्‌ गर्न सक्दैनथे। त्यसैले उनले दृढ भई इन्कार गरे। चाहे आफ्नो ज्यानै जोखिममा किन नपरोस्‌, आज पनि सबै विश्‍वासी पुरुष तथा स्त्री बाइबलको एउटा अनमोल सिद्धान्तअनुसार चल्छन्‌: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ।”—प्रेषि. ५:२९.

  • तिनी परमेश्‍वरका मानिसहरूको पक्षमा खडा भइन्‌
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • c राजा हिजकियाहको पालामा “बाँचेका अमालेकीहरू सबैलाई नाश” गरिसकेकोले हामान नै अमालेकीहरूको अन्तिम पुस्ता थिए जस्तो देखिन्छ।—१ इति. ४:४३.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने