प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • धर्मीहरूले सदासर्वदा परमेश्‍वरको प्रशंसा गर्नेछन्‌
    प्रहरीधरहरा—२००९ | मार्च १
    • ११, १२. परमेश्‍वरका जनहरूले आफूसित भएका भौतिक कुराहरू प्रयोग गर्ने केही तरिका के-के हुन्‌?

      ११ भौतिक कुराको सन्दर्भमा अभिषिक्‍त दास वर्ग र “ठूलो भीड” दुवै उदार साबित भएका छन्‌। भजन ११२:९ भन्छ: “त्यसले बाँड-चूँड गरेर दरिद्रहरूलाई दिएको हुन्छ।” साँचो ख्रीष्टियानहरूले अक्सर खाँचोमा परेका सँगी विश्‍वासी र छिमेकीहरूलाई समेत अनुदान दिएका छन्‌। विपत्तिको समयमा राहत कार्यमा मदत गर्न पनि तिनीहरूले स्रोतसाधन दिएका छन्‌। येशूले भन्‍नुभएझैं यो पनि आनन्दको स्रोत हो।—प्रेरित २०:३५; २ कोरिन्थी ९:७ पढ्‌नुहोस्‌।

      १२ यसबाहेक, यो प्रहरीधरहरा पत्रिका १७२ भाषामा प्रकाशित गर्न लाग्ने खर्चलाई विचार गर्नुहोस्‌। यसमध्ये कतिपय भाषा-भाषीका मानिसहरू गरिब छन्‌। अनि नबिर्सनुहोस्‌, यो पत्रिका बहिराहरूका लागि सांकेतिक भाषामा र आँखा नदेख्नेहरूका लागि ब्रेलमा पनि उपलब्ध छ।

  • धर्मीहरूले सदासर्वदा परमेश्‍वरको प्रशंसा गर्नेछन्‌
    प्रहरीधरहरा—२००९ | मार्च १
    • “आदरसाथ उच्च गराइन्छ”

      १७. धर्मीहरूलाई कसरी “आदरसाथ उच्च गराइन्छ”?

      १७ शैतान र त्यसको संसारको विरोधविना एकताबद्ध भई यहोवाको प्रशंसा गर्न पाउनु कत्ति आनन्दमय हुनेछ! परमेश्‍वरसामु धर्मी ठहरिएकाहरू सबैले सदाको लागि त्यस्तो आनन्दको अनुभव गर्न पाउनेछन्‌। तिनीहरूले अपमान र हारको अनुभव गर्नुपर्ने छैन किनभने धर्मीहरूको “सीङ” “आदरसाथ उच्च गराइन्छ” भनेर पनि यहोवाले प्रतिज्ञा गर्नुभएको छ। (भज. ११२:९) उहाँको सार्वभौमिकताका विरोधीहरूको पतन देख्दा धर्मी जनहरूले हर्षबढाइँ गर्नेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने