प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • शक्‍ति प्रयोग गर्ने सन्दर्भमा ‘परमेश्‍वरको देखासिकी गर्नुहोस्‌’
    यहोवासित नजिक हुनुहोस्‌
    • १०. (क) परमेश्‍वरले आमाबुबालाई कस्तो अख्तियार दिनुभएको छ? (ख) “अनुशासन”-को अर्थ के हो र यो कसरी दिनुपर्छ? (फुटनोट हेर्नुहोस्‌।)

      १० परमेश्‍वरले आमाबुबालाई पनि अख्तियार दिनुभएको छ। बाइबल यस्तो सल्लाह दिन्छ: “हे बुबाहरू हो, आफ्ना छोराछोरीलाई नचिढ्‌याओ बरु यहोवा परमेश्‍वरको डोऱ्‍याइबमोजिम अनुशासन अनि चेतावनी दिएर तिनीहरूलाई हुर्काओ।” (एफिसी ६:४) बाइबलमा प्रयोग गरिएको अनुशासन शब्दले “हुर्काउनु, तालिम दिनु र निर्देशन दिनु” भन्‍ने अर्थ पनि दिन्छ। छोराछोरीलाई अनुशासन चाहिन्छ। आमाबुबाले स्पष्ट नियम र सीमा तोकिदिएका छन्‌ भने त्यस्तो वातावरणमा छोराछोरी राम्ररी हुर्कन सक्छन्‌। बाइबलले यस्तो अनुशासन वा निर्देशन प्रेमले उत्प्रेरित भएर दिनुपर्छ भनेर सिकाउँछ। (हितोपदेश १३:२४) त्यसैले “अनुशासनको छडी” कहिल्यै भावनात्मक वा शारीरिक रूपमा सास्ती दिने किसिमको हुनु हुँदैन।a (हितोपदेश २२:१५; २९:१५) आमाबुबाले छोराछोरीलाई कठोर भई अनुशासन दिँदा तिनीहरूले आफ्नो अख्तियारको दुरुपयोग गरिरहेका हुन्छन्‌ अनि यस्तो अनुशासन पाएका छोराछोरीको भावनामा गहिरो चोट पुग्न सक्छ। (कलस्सी ३:२१) अर्कोतर्फ ठीक मात्रामा र उचित तरिकामा अनुशासन पाउँदा छोराछोरीले आमाबुबाको माया महसुस गर्न सक्छन्‌ र आमाबुबा तिनीहरू असल मानिस बनेको चाहन्छन्‌ भनेर बुझ्न सक्छन्‌।

  • शक्‍ति प्रयोग गर्ने सन्दर्भमा ‘परमेश्‍वरको देखासिकी गर्नुहोस्‌’
    यहोवासित नजिक हुनुहोस्‌
    • a बाइबलकालीन समयमा “छडी”-को लागि चलाइएको हिब्रू शब्दले गोठालोले बगाललाई बाटो देखाउन प्रयोग गर्ने लट्ठी वा लौरोलाई जनाउँथ्यो। (भजन २३:४) त्यसैगरि आमाबुबाले चलाउने अनुशासनको “छडी”-ले छोराछोरीलाई निर्ममतापूर्वक कुटपिट गर्नुलाई नभई मायालु डोऱ्‍याइ दिनुलाई बुझाउँछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने