प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवासित घनिष्ठता बढाउनुहोस्‌
    प्रहरीधरहरा—२००० | जनवरी १५
    • बुद्धिमान्‌ राजा अझ यसो भन्छन्‌: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”—हितोपदेश ३:५, ६.

  • यहोवासित घनिष्ठता बढाउनुहोस्‌
    प्रहरीधरहरा—२००० | जनवरी १५
    • हामीले ‘आफ्नो सबै चालमा कसरी परमेश्‍वरलाई सम्झन’ सक्छौं? प्रेरित भजनरचयिता यसो भन्छन्‌: “म तपाईंका सबै कामहरूमा पनि ध्यान गर्नेछु, र तपाईंका कार्यहरूमा घोरिन्छु।” (भजन ७७:१२) परमेश्‍वर अदृश्‍य हुनुभएकोले उहाँसित घनिष्ठता बढाउन उहाँका महान्‌ कार्यहरू तथा आफ्ना मानिसहरूसित उहाँले गर्नुभएको व्यवहारमा मनन गर्नु आवश्‍यक छ।

      यहोवालाई सम्झन प्रार्थना गर्नु पनि महत्त्वपूर्ण छ। राजा दाऊद यहोवालाई “दिनभरि” पुकारा गरिरहन्थे। (भजन ८६:३) दाऊद उजाडस्थानमा भागी हिंड्‌दा प्रायजसो रातभर प्रार्थना गर्थे। (भजन ६३:६, ७) प्रेरित पावलले “हर समय आत्मामा प्रार्थना” गर्न प्रोत्साहन दिए। (एफिसी ६:१८) हामी कति चोटि प्रार्थना गर्छौं? के हामी परमेश्‍वरसित व्यक्‍तिगत हृदयस्पर्शी कुराकानी गर्छौं? कुनै कठिन परिस्थितिको सामना गर्नुपर्दा मदतका लागि उहाँलाई बिन्ती गर्छौं? के हामी कुनै महत्त्वपूर्ण निर्णयहरू गर्नुअघि प्रार्थना गरेर उहाँको निर्देशन खोज्छौं? हामीले यहोवालाई हार्दिक प्रार्थना गर्दा हामी उहाँको प्रिय हुनेछौं। अनि उहाँले हाम्रो प्रार्थना सुन्‍नुहुनेछ र ‘हाम्रो मार्ग सोझो’ पारिदिनुहुनेछ भन्‍ने आश्‍वासन हामीले पाएका छौं।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने