प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “परमेश्‍वर प्रेम हुनुहुन्छ”
    प्रहरीधरहरा—२००३ | जुलाई १
    • १६. यहोवाले हाम्रा पापहरू क्षमा गर्नुहुँदा, त्यसपछि उहाँले हामीलाई सफा ठान्‍नुहुन्छ भनेर हामी किन आश्‍वस्त हुन सक्छौं?

      १६ के तपाईंले कहिल्यै उज्यालो रंगको लुगामा लागेको दाग हटाउने कोसिस गर्नुभएको छ? तपाईंले जतिसुकै मेहनत गर्नुभए तापनि त्यो दाग अलिअलि भने पनि देखिरह्‍यो होला। यहोवाले कुन हदसम्म क्षमा दिनुहुन्छ भन्‍नेबारे उहाँले कसरी वर्णन गर्नुहुन्छ याद गर्नुहोस्‌: “तिमीहरूका पाप सिन्दूरे रंगका भए, तापनि ती हिउँजस्तै सेता हुनेछन्‌। गाढ़ा राता रंगका भए, तापनि ती ऊनजस्तै हुनेछन्‌।” (छड्‌के अक्षर हाम्रो; यशैया १:१८) “सिन्दूरे” भन्‍ने शब्दले उज्यालो रातो रंगलाई जनाउँछ।a आफ्नै मेहनतद्वारा हामीले कहिल्यै पनि पापको दाग हटाउन सक्दैनौं। तैपनि, यहोवाले सिन्दूरे र गाढा राता रंगका पापहरू हटाएर त्यसलाई हिउँजस्तै वा नरंग्याइएको ऊनजस्तै सेतो बनाउन सक्नुहुन्छ। त्यसकारण यहोवाले हाम्रा पापहरू क्षमा गर्नुहुँदा, हामीले यस्ता पापहरूको दाग जिन्दगीभरि रहिरहन्छ भनेर सोच्नु पर्दैन।

  • “परमेश्‍वर प्रेम हुनुहुन्छ”
    प्रहरीधरहरा—२००३ | जुलाई १
    • a एक जना विद्वान्‌ भन्छन्‌, सिन्दूरे रंग “लामो समयसम्म रहिरहने वा चाँडै नखुइलिने रंग थियो। न शीत, न वर्षा, न धुलाइ, न त लामो समयसम्मको प्रयोगले नै यो रंग खुइलिन्थ्यो।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने