-
शान्ति एउटा वास्तविकताप्रहरीधरहरा—१९९१ | मे १
-
-
“[२] पछिल्ला दिनमा परमप्रभुको (यहोवाको न्यू. व) भवन बसालिएको पर्वत सबै पर्वतहरू भन्दा उच्च पारिनेछ। डाँड़ाहरू भन्दा माथि त्यो उच्च उठाइनेछ। सबै जातिहरू त्यहीतर्फ ओइरिएर आउनेछन्। [३] जाति जातिका धेरै मानिसहरू त्यहाँ गएर भन्नेछन्, ‘आऊ हामी परमप्रभुको (यहोवाको न्यू. व) पर्वतमा उक्लेर याकूबका पमेश्वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनु हुनेछ, र हामी उहाँको बाटोमा हिंड़नेछौं’। किनकि शिक्षा चाहिं सियोनबाट, र परमप्रभुको (यहोवाको न्यू. व) वचन यरूशलेमबाटनै निस्कनेछन्। [४] उहाँले जातिहरूको इन्साफ गर्नु हुनेछ, र उहाँलेनै जाति जातिहरूका मानिसहरूका बीचमा निर्णय गर्नु हुनेछ। तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्। एउटाजातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्।”
प्रथमत:, हाम्रा सृष्टिकर्ता, यहोवाले “उहाँको बाटो”, जसवारे यशैयाले पछि उल्लेखित गरे अनुसार, “हाम्रो विचार भन्दा अल्गो” छ, हामीलाई सिकाउने उहाँको अधिकार छ भनेर स्वीकार गर्नु पर्दछ। (यशैया ५५:९) धेरै मानिसहरू, खासगरी आफूलाई महत्व दिने सांसारिक नेताहरूलाई यो कुरा स्वीकार गर्न गाह्रो पर्दछ। तिनीहरूको नजरमा तिनीहरूको बाटोनै सही देख्छन्। तरपनि, तिनीहरूको बाटोले विश्व-शान्ति र निरस्त्रीकरण तर्फ डोऱ्याउन नसकेको तथ्यले निश्चयनै देखाउँछ कि त्यस प्रकारको बाटो पहिलाउनु निरर्थक हो।
दोस्रो, हरेक व्यक्तिमा परमेश्वरको नियम अनुसार हिड़ने आन्तरिक इच्छा हुनु पर्ने आवश्यकतावारे ध्यान दिनुहोस्: “हामी उहाँको बाटोमा हिंड़नेछौं” त्यस आधारमा मात्र विश्वव्यापी स्तरमा तरवार हलोको फालीमा पिटिनेछन् र भाला चाहिं हँसिया बनाइनेछन्। धेरै समय देखि आशा गरिएको यो लक्ष कसरी प्राप्त हुने हो?
दैवी शिक्षा
यहोवाको शिक्षा भएको पुस्तक, बाइबल धेरै जनासँग छ, तर पुस्तक भएर मात्र पुग्दैन। त्यो भन्दा बढ़ीको आवश्यकता छ। यहोवाका नियम र शब्दहरू “यरूशलेम” बाट निस्किन्छ भनेर यशैयाले भन्दछन्। त्यसको के अर्थ हो? यशैयाको समयमा, एउटा साँच्चैकै शहर राजकीय प्रभुत्वको श्रोत थियो र सबै विश्वासी इस्राएलीहरू त्यसै तर्फ निगाह लगाइ रहन्थ्ये। (यशैया ६०:१४) पछि, येशू ख्रीष्टका प्रेरितहरूका समयमा, यरूशलेम अझै शिक्षाको केन्द्र थियो। त्यस शहरमा रहेका मसीहीहरूको सञ्चालक समितिबाट तिनीहरूले शिक्षा प्राप्त गर्थिए।—प्रेरित १५:२; १६:४.
-
-
शान्ति एउटा वास्तविकताप्रहरीधरहरा—१९९१ | मे १
-
-
अगमवक्ता भन्दछन्: “यहोवाको भवन बसालिएको पर्वत सबै पर्वतहरू भन्दा उच्च पारिनेछ” र “डाँड़ाहरूभन्दा माथि उच्च उठाइनेछ।” प्राचीन समयमा, कुनै कुनै पर्वत र डाँड़ाहरू मूर्तिपूजा गर्ने ठाउँ र झूटा ईश्वरहरूकालागि शरणास्थान पनि हुन्थियो। राजा दाऊदले पवित्र करारको सन्दुक, लगभग २,५०० फिट उँचाई भएको सयोन पर्वतमा (यरूशलेममा) खड़ा गरेको पालमा ल्याउँदा, तिनी स्पष्टतया दैवी निर्देशन अनुसारनै गर्दै थिए। पछि, यहोवाको महान मन्दिर मोरियाह डाँड़ामा बनाइयो, “सियोन” भन्ने नाउँ मन्दिरको जग्गालाई भनिन थालियो। अत: मन्दिर भएको ठाउँ त्यहाँ नजिकमा भएका झूटा धर्मका ठाउँहरू भन्दा उँचाईमा थियो। यरूशलेम उहाँको “पवित्र पर्वत” भनेर पनि कहलिएको थियो। यसप्रकार, यहोवाको उपासना एउटा उच्च स्थानमा रह्यो।—यशैया ८:१८; ६६:२०.
अत: आज, यहोवा परमेश्वरको उपासना लाक्षणिक पर्वत जस्तै उच्च भएको छ। यसको उत्कृष्टता सबैलेनै देख्न सक्छन्, किनकि यसले यस्ता केही कुरा गरेको छ जुन अरू कुनै धर्मले गर्न सकेको छैन। त्यो के हो? यसले सबैनै उपासकहरूलाई संयुक्त पारेकोछ। तिनीहरूले खुशीसाथ आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली बनाएका छन् र अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्। राष्ट्रिय र जातीय सीमाले तिनीहरूलाई अब उप्रान्त विभाजित गर्न सक्दैन। संसारका विभिन्न राष्ट्रहरूमा छरिएर बसेता पनि, तिनीहरू एउटा संयुक्त जन, एउटा भ्रातृत्व भावका साथ बस्दछन्।—भजनसंग्रह ३३:१२.
-