प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 १२/१ पृ. ३२
  • पानी नरहने इनार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पानी नरहने इनार
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 १२/१ पृ. ३२

पानी नरहने इनार

बाइबलकालीन समयमा, इनारहरू भनेको मुख्यतः पानी भण्डार गर्न मानिसले जमिनमुनि बनाएका खाल्टाहरू थिए। कुनै-कुनै समयावधिमा त, प्रतिज्ञा गरिएको देशमा अत्यावश्‍यक पानी आपूर्ति गर्ने माध्यम ती इनारहरू मात्र थिए।

परमेश्‍वरले गर्नुभएको उद्‌घोषणा रेकर्ड गर्ने क्रममा, अगमवक्‍ता यर्मियाले लाक्षणिक अर्थमा इनारलाई यसरी उल्लेख गरे: “मेरो प्रजाले दुइ दुष्ट काम गरेका छन्‌ म जीवित पानीको मूललाई तिनीहरूले त्यागेका छन्‌, र आफ्ना निम्ति पानी नरहने फुटेका इनार खनेका छन्‌।”—यर्मिया २:१३.

“जीवित पानीको मूल” यहोवा परमेश्‍वरलाई त्यागेर इस्राएलीहरू कमजोर मूर्तिपूजक राष्ट्रहरूको धर्मराउँदो सैन्य दल र शक्‍तिहीन, झूटा देवीदेवताहरूको उपासनातर्फ लागेका थिए। यस्तो आशा गरिएका शरणस्थानहरू अरू केही नभई यर्मियाले प्रयोग गरेका उपमाझैं सुरक्षात्मक वा बचाउने शक्‍ति नभएका चुहिने इनार साबित भए।—व्यवस्था २८:२०.

के यो ऐतिहासिक उदाहरणमा आज हामीले सिक्न सक्ने कुनै पाठ छ? यर्मियाको दिनमा जस्तै अनन्तका परमेश्‍वर यहोवा, जीवन दिने पानीको एक मात्र स्रोत हुनुहुन्छ। (भजन ३६:९; प्रकाश ४:११) उहाँ अनि उहाँको पुत्र, येशू ख्रीष्टमार्फत मात्रै मानिसजातिले अनन्त जीवन प्राप्त गर्न सक्छन्‌। (यहून्‍ना ४:१४: १७:३) यद्यपि, यर्मियाका समकालीनहरू जस्तै आज थुप्रै मानिसहरूले बाइबलमा उल्लेख गरिएझैं परमेश्‍वरको वचनलाई तिरस्कार मात्र होइन बेवास्ता गर्ने छनौटसमेत गर्छन्‌। बरु, तिनीहरू आफ्नो भरोसा आफ्नै मात्र फाइदा हुने राजनैतिक समाधानहरू, मानिसहरूको खोक्रो तर्क र परमेश्‍वरको अनादर गर्ने व्यर्थका विचारधारा तथा दर्शनहरूमा भरोसा राख्छन्‌। (१ कोरिन्थी ३:१८-२०; कलस्सी २:८) उत्तम छनौट कुन हो भन्‍ने कुरा स्पष्ट छ। तपाईंले आफ्नो भरोसा कहाँ राख्नुहुनेछ? के त्यो “जीवित पानीको मूल,” यहोवामा वा “पानी नरहने फुटेका इनार[मा]” हुनेछ?

[पृष्ठ ३२-मा भएको चित्र]

इस्राएली चिहानमा भेटिएको मातृदेवीको टेरा-कोट्टा आकृति

[स्रोत]

Photograph taken by courtesy of the British Museum

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने