प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाको भयमा आनन्द प्राप्त गर्न सिक्नु
    प्रहरीधरहरा—१९९५ | मार्च १५
    • १४, १५. (क) बाबेलको दासत्वबाट इस्राएललाई पुनर्स्थापना गर्ने भविष्यवाणी गर्नुहुँदा यहोवाले आफ्ना जनहरूलाई के दिने प्रतिज्ञा गर्नुभयो? (ख) आफ्ना जनहरूको हृदयमा परमेश्‍वरको भय रोप्ने उद्देश्‍य राखेर यहोवाले के गर्नुभयो? (ग) यहोवाका मार्गहरूबाट इस्राएल किन तर्क्यो?

      १४ आफ्ना जनहरूलाई त्यस्तो ईश्‍वरभीरु हृदय दिनेछु भनी यहोवाले प्रतिज्ञा गर्नुभएको छ। उहाँले इस्राएलको पुनर्स्थापनाबारे भविष्यवाणी गर्नुभयो जुन कुरा हामी यर्मिया ३२:३७-३९ मा यसप्रकार पढ्‌छौं: “म तिनीहरूलाई फेरि यस देशमा फर्काएर ल्याउनेछु र सुरक्षितसाथ बसाल्नेछु। औ तिनीहरू मेरा प्रजा हुनेछन्‌ र म तिनीहरूका परमेश्‍वर हुनेछु। म तिनीहरूलाई एउटै मन दिनेछु र तिनीहरू एउटै चालमा चल्नेछन्‌, र तिनीहरूले आफ्नै र तिनीहरूका भावी सन्तानको भलाइको निम्ति सधैंभरि मेरो डर मान्‍नेछन्‌।” पद ४० मा परमेश्‍वरको आज्ञा पुनः जोड दिइएको छ: “तिनीहरू मदेखि फर्केर नजाऊन्‌ भनी मेरो डर म तिनीहरूका हृदयमा हालिदिनेछु।” आफूले प्रतिज्ञा गर्नुभएअनुसार यहोवाले सा.यु.पू. ५३७ मा तिनीहरूलाई यरूशलेममा अवश्‍य ल्याउनुभयो। तर उहाँले ‘तिनीहरूलाई एक मन दिनुहुनेछ’ भन्‍ने बाँकि भविष्यवाणीबारे के भन्‍न सकिन्छ? उहाँले बाबेलबाट फर्काइसक्नुभएपछि पनि पुरातन इस्राएल राष्ट्र किन यहोवाबाट तर्किए? फलतः सा.यु.पू. ७० मा भत्काइएको मन्दिर तिनीहरूले कहिल्यै पुनर्निमाण गर्न सकेनन्‌।

  • यहोवाको भयमा आनन्द प्राप्त गर्न सिक्नु
    प्रहरीधरहरा—१९९५ | मार्च १५
    • १६. कसको हृदयमा यहोवाले ईश्‍वरीय भय रोपिदिनु भएको छ?

      १६ यद्यपि, ईश्‍वरीय भय आफ्ना जनहरूको हृदयमा राखिदिने यहोवाको प्रतिज्ञा विफल भएन। आफूसमक्ष स्वर्गीय आशा भएका मसीहीहरू अर्थात्‌ आध्यात्मिक इस्राएलसित उहाँले नयाँ करार बाँध्नुभयो। (यर्मिया ३१:३३; गलाती ६:१६) सन्‌ १९१९ मा उहाँले तिनीहरूलाई महान्‌ बाबेल अर्थात्‌ झूटो धर्मको विश्‍व-साम्राज्यको दासत्वबाट मुक्‍त गर्नुभयो। तिनीहरूको हृदयमा उहाँले आफ्नो भय गहिरो गरी रोप्नुभएको छ। यसले तिनीहरूलगायत राज्यको पार्थिव प्रजा अर्थात्‌ “ठूलो भीड[लाई]” समेत प्रशस्त आशिष्‌हरू ल्याएको छ। (यर्मिया ३२:३९; प्रकाश ७:९) तिनीहरूको हृदयमा पनि यहोवाको भय पैदा भएको छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने