-
के तपाईं परमेश्वरसित हिंड्नुहुनेछ?प्रहरीधरहरा—२००५ | नोभेम्बर १
-
-
११. यर्मिया ६:१६ मा यहोवाले आफ्ना जनहरूलाई कस्तो हार्दिक आग्रह गर्नुभयो तर तिनीहरूले चाहिं कस्तो प्रतिक्रिया देखाए?
११ के हामी परमेश्वरको वचनमा पाइने सल्लाहअनुसार चलिरहेका छौं? कहिलेकाहीं जीवनको यात्रामा टक्क अडिएर आफूलाई इमानदार भई जाँच्नु बेस हुन्छ। यसो गर्न हामीलाई मदत गर्ने एउटा पद विचार गर्नुहोस्: “परमप्रभु यसो भन्नुहुन्छ, सडकहरूमा उभिएर हेर, असल मार्ग भएका पुराना बाटोहरूका विषयमा सोध, र त्यसैमा हिंड, र आफ्नो प्राणको निम्ति विश्राम पाउनेछौ। तर तिनीहरूले भने, ‘हामी त्यसमा हिड्नेछैनौं।’ ” (यर्मिया ६:१६) यी शब्दहरू पढ्दा दोबाटोमा उभिएर सही बाटो सोध्ने यात्रीको झझल्को आउन सक्छ। आध्यात्मिक अर्थमा भन्ने हो भने, यहोवाको विद्रोह गर्ने इस्राएलीहरूले पनि त्यसै गर्नुपर्ने थियो। तिनीहरूले “पुराना बाटोहरू” सोधखोज गरेर त्यसैमा हिंड्नुपर्ने थियो। तिनीहरूका विश्वासी पितापुर्खाहरू त्यस “असल मार्ग[मा]” हिंडेका थिए तर मूर्ख हुँदै इस्राएलीहरू त्यस मार्गमा हिंड्न मानेनन्। दुःखको कुरा, यहोवाले मायालुपूर्वक अनेक सम्झाइबुझाइ गर्दा पनि इस्राएलीहरूले फिटिक्कै टेरेनन्। यर्मिया ६:१६ अझ यसो भन्छ: “तर तिनीहरूले भने, ‘हामी त्यसमा हिंड्नेछैनौं।’ ” तर अहिले परमेश्वरका जनहरूले यस्तो सल्लाह सुनेका छन्।
१२, १३. (क) यर्मिया ६:१६ मा दिइएको सल्लाहप्रति ख्रीष्टका अभिषिक्त अनुयायीहरूले कस्तो प्रतिक्रिया देखाएका छन्? (ख) आज हामी जुन बाटोमा हिंडिरहेका छौं, त्यसबारे हामी कसरी आफूलाई जाँच्न सक्छौं?
१२ उन्नाइसौं शताब्दीको अन्तदेखि ख्रीष्टका अभिषिक्त अनुयायीहरूले यर्मिया ६:१६ मा दिइएको सल्लाह लागू गर्दै आएका छन्। “पुराना बाटोहरूमा” मनदेखि नै फर्कने सन्दर्भमा उनीहरूले सामूहिक रूपमा नेतृत्व लिएका छन्। धर्मत्यागी मसीहीजगत्जस्तो नभई उनीहरूले येशू ख्रीष्टले स्थापना गर्नुभएको र इस्वी संवत् प्रथम शताब्दीका उहाँका विश्वासी चेलाहरूले पनि समर्थन गरेका “पक्का कुराहरूको नमूना” विश्वासी भई पक्रिराखेका छन्। (२ तिमोथी १:१३) आजको दिनसम्म पनि अभिषिक्त जनहरूले एक-अर्कालाई अनि “अरू भेडा[का]” सँगी विश्वासीहरूलाई मसीहीजगत्ले बेवास्ता गरेको पक्का र आनन्दमय जीवनको बाटोमा हिंड्न मदत गरिरहेका छन्।—यूहन्ना १०:१६.
१३ ठीक-ठीक समयमा आध्यात्मिक भोजन पस्केर विश्वासी दास वर्गले लाखौं मानिसलाई “पुराना बाटोहरू” खोज्न र परमेश्वरसित हिंड्न मदत गरेका छन्। (मत्ती २४:४५-४७) के तपाईं ती लाखौंमा एक हुनुहुन्छ? हुनुहुन्छ भने, आफ्नै बाटो रोजेर तर्किनदेखि तपाईं कसरी जोगिन सक्नुहुन्छ? कहिलेकाहीं जीवनको यात्रामा टक्क अडिएर आफू हिंडिरहेको बाटो जाँच गर्नु बुद्धिमानी हुन्छ। विश्वासी भई बाइबल तथा बाइबल आधारित प्रकाशनहरू पढ्नुभयो र अभिषिक्त मसीहीहरूले प्रबन्ध गर्ने सभा, सम्मेलन अनि अधिवेशनहरूमा उपस्थित हुनुभयो भने, तपाईंले परमेश्वरसित हिंड्ने प्रशिक्षण पाइरहनुभएको हुनेछ। अनि दिइएको सल्लाह नम्र भई लागू गर्नुभयो भने, “पुराना बाटोहरूमा” लागेर तपाईं साँच्चिनै परमेश्वरसित हिंडिरहनुभएको हुनेछ।
-
-
के तपाईं परमेश्वरसित हिंड्नुहुनेछ?प्रहरीधरहरा—२००५ | नोभेम्बर १
-
-
कस्ता आशिष्हरू पाउन सक्छौं?
१७. यहोवाको मार्गमा हिंड्यौं भने आफ्नो प्राणको निम्ति हामी कस्तो विश्राम पाउनेछौं?
१७ यहोवा परमेश्वरसित हिंड्नुको अर्थ सन्तोषजनक जीवन बिताउनु हो। “असल मार्ग” खोज्ने सन्दर्भमा आफ्ना जनहरूलाई यहोवाले कस्तो प्रतिज्ञा गर्नुभएको थियो, सम्झनुहोस् त। उहाँले भन्नुभएको थियो: “त्यसैमा हिंड, र आफ्नो प्राणको निम्ति विश्राम पाउनेछौ।” (यर्मिया ६:१६) के हो यो “विश्राम” भनेको? के यो मोजमस्ती र सुखसयलको जीवन हो? होइन। यहोवा हामीलाई त्योभन्दा कता हो कता राम्रो अनि धनाढ्य व्यक्तिहरूले पनि हतपती पाउन नसक्ने कुरा दिनुहुन्छ। प्राणको निम्ति विश्राम पाउनु भनेको मनमा शान्ति हुनु, आनन्दित र सन्तुष्ट हुनु अनि आफ्ना आध्यात्मिक आवश्यकताहरू पूरा गर्नु हो। यस किसिमको विश्राम पाउनु भनेको जीवनमा सर्वोत्कृष्ट मार्ग रोजेछु भनी निर्धक्क हुनु हो। समस्यै-समस्याले भरिएको यस संसारमा यस्तो मनोशान्ति पाउनु ठूलो आशिष् हो!
-