-
“मानिसहरूको निधारमा चिन्ह लगाऊ”यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
-
-
७, ८. हातमा फोर्ने डन्डा बोकेका छ जना पुरुषले के गर्नुपर्ने थियो र अन्तिम नतिजा कस्तो भयो?
७ त्यसोभए हातमा फोर्ने डन्डा बोकेका छ जना पुरुषले चाहिँ के गर्नुपर्ने थियो? यहोवा परमेश्वरले तिनीहरूलाई यस्तो निर्देशन दिनुभएको इजकिएलले सुने: मसीदानी भिरेको पुरुषको पछिपछि जाओ र निधारमा चिन्ह लगाइएका मानिसहरूबाहेक अरू सबैलाई मार। यहोवा परमेश्वरले यसो पनि भन्नुभयो: “तिमीहरूले मेरो मन्दिरबाटै सुरु गर।” (इज. ९:६) विनाश गर्न खटाइएका पुरुषहरूले आफ्नो काम यरुसलेमको मुख्य भाग—मन्दिरबाटै सुरु गर्नुपर्ने थियो। त्यो मन्दिर अब यहोवा परमेश्वरको नजरमा पवित्र थिएन। सबैभन्दा पहिले “मन्दिरको सामुन्ने उभिरहेका नाइकेहरू” अर्थात् मन्दिरमा झूटा देवताहरूलाई धूप चढाइरहेका इस्राएलको घरानाको ७० जना नाइकेलाई मार्नुपर्ने थियो।—इज. ८:११, १२; ९:६.
-
-
“मानिसहरूको निधारमा चिन्ह लगाऊ”यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
-
-
९, १०. यरुसलेमको विनाशबाट बच्ने केही वफादार मानिस को थिए र तिनीहरूबारे हामी कस्तो निष्कर्षमा पुग्न सक्छौँ?
९ दोस्रो इतिहास ३६:१७-२० पढ्नुहोस्। बेबिलोनी सेनाले ईसापूर्व ६०७ मा यरुसलेम र यसको मन्दिर विनाश गर्दा इजकिएलको यो भविष्यवाणी पूरा भयो। विश्वासघाती यरुसलेमलाई सजाय दिन यहोवा परमेश्वरले माध्यमको रूपमा बेबिलोनीहरूलाई चलाउनुभयो। यसरी बेबिलोनीहरू ‘यहोवाको हातमा कचौराबराबर’ भए। (यर्मि. ५१:७) के विनाशमा सबै मारिए? अहँ मारिएनन्। इजकिएलको दर्शनमा बेबिलोनीहरूको हातबाट बच्नेहरू पनि हुनेछन् भनेर भविष्यवाणी गरिएको थियो।—उत्प. १८:२२-३३; २ पत्रु. २:९.
-