प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएलको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२३ | अगस्त
    • ६. दानिएललाई साहसी भइरहन कुन कुराले मदत गरेको हुन सक्छ?

      ६ दानिएललाई जीवनभर साहसी भइरहन कुन कुराले मदत गरेको हुन सक्छ? दानिएल सानो छँदा तिनका आमाबुबाले पक्कै पनि तिनको लागि राम्रो उदाहरण बसाले। तिनीहरूले इस्राएली आमाबुबालाई दिइएको निर्देशन पालन गर्दै दानिएललाई परमेश्‍वरको व्यवस्था सिकाए। (व्यव. ६:६-९) दानिएललाई दस आज्ञाजस्तो व्यवस्थाका आधारभूत कुराहरू मात्र होइन, गहिरा कुराहरू पनि थाह थियो। जस्तै: इस्राएलीहरूले खान हुने र खान नहुने कुराहरू।b (लेवी ११:४-८; दानि. १:८, ११-१३) दानिएललाई परमेश्‍वरका मानिसहरूको इतिहासबारे राम्रो ज्ञान थियो र व्यवस्था उल्लङ्‌घन गर्दा तिनीहरूले कस्तो नतिजा भोगे भनेर पनि थाह थियो। (दानि. ९:१०, ११) साथै आफूले जीवनमा बटुलेको अनुभवबाट जीवनमा जस्तोसुकै गाह्रो परिस्थिति आए तापनि यहोवा अनि शक्‍तिशाली स्वर्गदूतहरूले मदत गर्नुहुनेछ भन्‍ने कुरामा तिनी ढुक्क हुन सके।—दानि. २:१९-२४; १०:१२, १८, १९.

  • दानिएलको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२३ | अगस्त
    • b दानिएलले यी तीन कारणले गर्दा बेबिलोनीहरूको खानेकुरालाई अशुद्ध ठानेका हुन सक्छन्‌: (१) तिनीहरूलाई खान दिइएको मासु व्यवस्थाले निषेध गरेको जनावरको हुन सक्थ्यो। (व्यव. १४:७, ८) (२) व्यवस्थाअनुसार खान मिल्ने जनावर भए तापनि रगत भने राम्ररी ननिथारिएको हुन सक्थ्यो। (लेवी १७:१०-१२) (३) बेबिलोनीहरू अक्सर जनावरहरू सुरुमा तिनीहरूका देवीदेवतालाई बलि चढाउँथे; त्यसैले तिनीहरू त्यस्तो मासु खानुलाई ती देवीदेवताको उपासना गर्नुसरह ठान्थे।—लेवी ७:१५ र १ कोरिन्थी १०:१८, २१, २२ तुलना गर्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने