-
सिंहको मुखबाट छुटकारा!दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्!
-
-
२०. दानियल विरुद्ध द्वेष राख्ने शत्रुहरूलाई के भयो?
२० अब दानियललाई कुनै खतरा नभएपछि दारा अर्कै काम गर्नतिर लागे। “राजाको हुकूमबमोजिम दानियललाई दोष लाउने मानिसहरूलाई तिनीहरूका स्वास्नी र छोरा–छोरीसमेत सिंहको खोरमा खसालिदिए। औ तिनीहरू तल खोरको मुखमा पुग्दा नपुग्दै सिंहहरूले झम्टेर तिनीहरूका हड्डीहरूसमेत तिनीहरूलाई कऱ्याक–कुरूक खाइहाले।”d—दानियल ६:२४.
२१. गल्ती गर्ने व्यक्तिको परिवारका सदस्यहरूसित गरिने व्यवहारको सन्दर्भमा मोशाको व्यवस्था र अरू पुरातन समाजका नियमहरूबीच कस्तो सुस्पष्ट भिन्नता थियो?
२१ षड्यन्त्रकारीहरूलाई मात्र होइन तर तिनीहरूका स्वास्नी र छोराछोरीसमेतलाई मृत्युदण्ड दिनु अत्यन्तै कठोर देखिएला। यसबाहेक, परमेश्वरले मोशालाई दिनुभएको व्यवस्थामा यसो भनिएको थियो: “बाबुहरूलाई छोरा-छोरीहरूका निम्ति र छोरा-छोरीहरूलाई बाबुहरूका निम्ति नमार्नू। हरेक मानिस आफनै अपराधको लागि मरोस्।” (व्यवस्था २४:१६) तैपनि, कुनैकुनै पुरातन समाजमा गम्भीर अपराध भएको खण्डमा गल्ती गर्ने सँगसँगै उसको परिवारलाई पनि मृत्युदण्ड दिनु असामान्य कुरा थिएन। परिवारका बाँकी सदस्यहरूले पछि बदला नलेऊन् भनेर त्यसो गरिएको पनि हुनसक्छ। तथापि, मन्त्री तथा बडाहाकिमको परिवारलाई जे गरियो, त्यसमा दानियलको कुनै हात थिएन। यी दुष्ट मानिसहरूले गर्दा तिनीहरूको परिवारले भोग्नु परेको विपत्ति देखेर दानियल अवश्य दुःखी भए होलान्।
-
-
सिंहको मुखबाट छुटकारा!दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्!
-
-
d “दोष लाउने” भनेर अनुवाद गरिएको वाक्यांश अरामी अभिव्यक्ति हो र यसले “निन्दा गर्ने” भन्ने अर्थ पनि बुझाउन सक्छ। यसले दानियलका शत्रुहरूको द्वेषपूर्ण मनसाय प्रस्ट पार्छ।
-