-
राजकुमारहरूका राजकुमार विरुद्ध को खडा हुनसक्छ?दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्!
-
-
२१. सातौं विश्वशक्तिले उजाड पार्न खोज्ने “पवित्रस्थान[मा]” को छ?
२१ अहिले १,४४,००० का शेष जनहरू, परमेश्वरको शहररूपी राज्य अर्थात् “स्वर्गीय यरूशलेम” र यसको मन्दिरसम्बन्धी प्रबन्धका पार्थिव प्रतिनिधिहरू हुन्। (हिब्रू १२:२२, २८; १३:१४) यस अर्थमा तिनीहरू सातौं विश्वशक्तिले कुल्चीमिल्ची गरेर उजाड पार्न खोज्ने “पवित्रस्थान[मा]” छन्। (दानियल ८:१३) त्यो पवित्रस्थानलाई “[यहोवाको] पवित्रस्थान” भनेर उल्लेख गर्दै दानियल यसो भन्छन्: “त्यसले [यहोवाबाट] दैनिक बलिदान खोस्यो, र उहाँको पवित्रस्थान तल झारियो। विद्रोहको कारणले पवित्र जनहरूका सेना र दैनिक बलिदान त्यसलाई सुम्पियो। त्यसले गरेका सबै काममा त्यो सफल भयो, र सत्यलाई भुइँमा फ्याँकियो।” (दानियल ८:११, १२) यो कसरी पूरा भयो?
२२. दोस्रो विश्वयुद्धको दौडान सातौं विश्वशक्तिले कसरी एकदमै ठूलो “विद्रोह” गऱ्यो?
२२ यहोवाका साक्षीहरूले दोस्रो विश्वयुद्धको दौडान कस्तो अवस्था सामना गरे? तिनीहरूले घोर सतावट भोगे! यो सतावट नाजीवाद र फासिस्ट शासन व्यवस्था भएका राष्ट्रहरूबाट सुरु भयो। तर धेरै समय नबित्दै ‘शक्तिशाली हुँदै गएको सानो सीङले’ प्रभुत्व जमाएको व्यापक इलाकामा “सत्यलाई भुइँमा फ्याँकियो।” परमेश्वरको राज्य उद्घोषकहरूको “सेना” र तिनीहरूको “सुसमाचार” प्रचारकार्य बेलाइती राष्ट्रमण्डलका प्रायजसो सबै राष्ट्रहरूमा प्रतिबन्धित भयो। (मर्कूस १३:१०) यी राष्ट्रहरूले आफ्नो देशका मानिसहरूलाई अनिवार्य सैन्य सेवामा भर्ती गराउँदा यहोवाका साक्षीहरूलाई यो सेवाबाट छुट दिन इन्कार गरेर परमेश्वरका सेवकहरूको हैसियतमा तिनीहरूले पाएको ईश्वरतान्त्रिक नियुक्तिलाई पटक्कै आदर देखाएनन्। संयुक्त राज्यमा यहोवाका वफादार सेवकहरूले हुलदंगा र अपमान सहनुपऱ्यो। वास्तवमा भन्ने हो भने, सातौं विश्वशक्तिले यहोवाका जनहरूले परमेश्वरको उपासना गर्न “दैनिक बलिदान[को]” रूपमा सधैं चढाइरहेको स्तुतिको बलिदान अर्थात् “ओंठको फल” खोस्ने प्रयास गऱ्यो। (हिब्रू १३:१५) यसरी त्यो विश्वशक्तिले सर्वोच्च परमेश्वरको “पवित्रस्थान[को]” हकलाग्ने ठाउँमा आक्रमण गरेर “विद्रोह” गऱ्यो।
२३. (क) दोस्रो विश्वयुद्धको दौडान एंग्लो-अमेरिकी विश्वशक्ति कसरी “राजकुमारहरूका राजकुमार” विरुद्ध खडा भयो? (ख) “राजकुमारहरूका राजकुमार” को हो?
२३ दोस्रो विश्वयुद्धको दौडान “पवित्र जनहरू[लाई]” सताएर यो सानो सीङले आफूलाई सेनाहरूका “राजकुमार जत्तिकै महान्” तुल्याउन खोज्यो। अथवा, गब्रिएल स्वर्गदूतले भनेझैं त्यो “राजकुमारहरूका राजकुमार” विरुद्ध खडा भयो। (दानियल ८:११, २५) “राजकुमारहरूका राजकुमार” भन्ने पदवी, यहोवा परमेश्वरलाई मात्रै लागू हुन्छ। “राजकुमार” भनेर अनुवाद गरिएको हिब्रू शब्द सार-को अर्थ, “प्रभुत्व जमाउनु” भन्ने अर्थ बुझाउने क्रियासित मिल्दोजुल्दो छ। राजाका छोरा वा शाही ओहदाका मानिसलाई संकेत गर्नुका साथै मूल व्यक्ति वा शिरलाई पनि त्यसले संकेत गर्छ। दानियलको पुस्तकले अरू स्वर्गदूतीय राजकुमारहरूबारे पनि उल्लेख गर्छ। जस्तै, माइकल। त्यस्ता सबै राजकुमारहरूको प्रमुख राजकुमार, परमेश्वर हुनुहुन्छ। (दानियल १०:१३, २१; तुलना गर्नुहोस् भजन ८३:१८) के हामी राजकुमारहरूका राजकुमार अर्थात् यहोवाको सामु कोही खडा भएको कल्पना गर्नसक्छौं?
“पवित्रस्थान[लाई]” उचित स्थानमा ल्याइयो
२४. दानियल ८:१४ ले हामीलाई कस्तो आश्वासन दिन्छ?
२४ राजकुमारहरूका राजकुमार विरुद्ध कोही पनि खडा हुन सक्दैन, एंग्लो-अमेरिकी विश्वशक्तिजस्तो “हठी” राजासमेत खडा हुन सक्दैन! परमेश्वरको पवित्रस्थान उजाड पार्ने राजाको प्रयास सफल हुँदैन। सन्देशवाहक स्वर्गदूत यसो भन्छन्, “दुई हजार तीन सय साँझ र बिहान” बितिसकेपछि “पवित्रस्थानलाई उचित स्थानमा ल्याइनेछ” वा “विजयी हुनेछ।”—दानियल ८:१३, १४; द न्यु इंग्लिश बाइबल।
-
-
राजकुमारहरूका राजकुमार विरुद्ध को खडा हुनसक्छ?दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्!
-
-
२७. दोस्रो विश्वयुद्धको दौडान सतावटले गर्दा “दैनिक बलिदान” प्रतिबन्धित भएको थियो भन्ने के प्रमाण छ?
२७ सन् १९३९ मा सुरु भएको दोस्रो विश्वयुद्धको दौडान २,३०० दिन पूरा भयो तर सतावटले गर्दा परमेश्वरको पवित्रस्थानमा “दैनिक बलिदान” चढाउन असाध्यै गाह्रो भयो। सन् १९३८ मा वाच टावर सोसाइटीका ३९ वटा शाखाले साक्षीहरूको विश्वव्यापी कार्यको सुपरिवेक्षण गरिरहेको थियो भने १९४३ मा २१ वटा मात्र थियो। त्यो समयावधिमा परमेश्वरको राज्य उद्घोषकहरूको पनि धेरै वृद्धि भएन।
-