प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अन्तको समयमा “उत्तरका राजा”
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२० | मे
    • ८. अन्तको समयको दौडान दक्षिणका राजाको भूमिका कसले निर्वाह गर्दै आएको छ?

      ८ प्रथम विश्‍वयुद्धको बेला अमेरिका र बेलायत मिलेर शक्‍तिशाली सैन्य गठबन्धन बनाए। त्यतिबेला बेलायत र यसले पहिला आफ्नो उपनिवेश बनाएको अमेरिका एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिको रूपमा देखा पऱ्‍यो। दानिएलले भविष्यवाणी गरेझैँ यी राजाले “अत्यन्तै विशाल सेना” जम्मा गरिसकेका थिए। (दानि. ११:२५) अन्तको समयको दौडान एङ्‌ग्लो-अमेरिकी गठबन्धनले नै दक्षिणका राजाको भूमिका निर्वाह गर्दै आएको छ।c त्यसोभए उत्तरका राजाको भूमिकाचाहिँ कसले निर्वाह गऱ्‍यो?

      बाइबल भविष्यवाणीमा एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति

      दक्षिणका राजा अर्थात्‌ एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिलाई बाइबलका विभिन्‍न भविष्यवाणीहरूमा फरक-फरक किसिमले चित्रण गरिएको छ। जस्तै:

      • फलाम र माटो मिसिएका खुट्टाहरू।

        फलाम र माटो मिसिएका खुट्टाहरू (दानि. २:४१-४३)

      • सिङहरू भएको जनावरको टाउको। ती सिङहरूको बीचबाट सानो सिङ उम्रन्छ, जसमा आँखाहरू र मुख छन्‌।

        डरलाग्दो जनावरको टाउकोबाट उम्रेको सानो सिङ (दानि. ७:७, ८)

      • सात वटा टाउको र दस वटा सिङ भएको जङ्‌गली जनावर।

        जङ्‌गली जनावरको सातौँ टाउको (प्रका. १३:१)

      • दुई वटा सिङ भएको जनावर।

        दुई वटा सिङ भएको जनावर (प्रका. १३:११-१५)

      • एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिलाई चित्रण गर्ने सरकारी भवनहरू।

        “झूटो भविष्यवक्‍ता” (प्रका. १९:२०)

      उत्तरका राजा फेरि देखा पर्छन्‌

      ९. उत्तरका राजा फेरि कहिले देखा परे? दानिएल ११:२५ कसरी पूरा भयो?

      ९ भाइ रसल र तिनका सहयोगीहरूले बाइबल अध्ययन समूह गठन गरेपछिको वर्ष अर्थात्‌ इस्वी संवत्‌ १८७१ मा उत्तरका राजा फेरि देखा परे। त्यही वर्ष ओटो भोन बिस्मार्कले जर्मन साम्राज्य स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेले। प्रसियाका राजा भिल्हेम प्रथम जर्मन साम्राज्यको पहिलो सम्राट्‌ बने र तिनले बिस्मार्कलाई पहिलो चान्सलर नियुक्‍त गरे।d त्यसपछिका केही दशकहरूमा जर्मनीले अफ्रिका र प्रशान्त महासागरका थुप्रै देशलाई आफ्नो उपनिवेश बनायो र बेलायतभन्दा शक्‍तिशाली बन्‍न खोज्यो। (दानिएल ११:२५ पढ्‌नुहोस्‌) जर्मन साम्राज्यले शक्‍तिशाली सैन्यदल बनायो र यससित विश्‍वको दोस्रो ठूलो जलसेना थियो। जर्मनीले प्रथम विश्‍वयुद्धमा यही सैन्यदलको आडमा आफ्ना शत्रुहरूविरुद्ध लड्यो।

      १०. दानिएल ११:२५ख, २६ कसरी पूरा भयो?

      १० त्यसपछि दानिएल जर्मन साम्राज्य र त्यसले बनाएको सैन्यदललाई के हुनेछ भनी बताउँछन्‌। दानिएलले उत्तरका राजा “टिक्नेछैनन्‌” भनी भविष्यवाणी गरे। किन? “किनभने तिनीहरूले तिनको विरुद्धमा षड्‌यन्त्र रच्नेछन्‌। तिनकै स्वादिष्ठ भोजन खानेहरूले तिनको पतन गराउनेछन्‌।” (दानि. ११:२५ख, २६क) दानिएलको समयमा ‘राजाको स्वादिष्ठ भोजन’ खानेहरूमा “राजाको सेवामा हाजिर” शाही अफिसरहरू पनि पर्थे। (दानि. १:५) यस भविष्यवाणीले कसलाई सङ्‌केत गर्छ? यसले जर्मन साम्राज्यका उच्च अफिसरहरू अर्थात्‌ सम्राट्‌का जर्नेलहरू र सैनिक सल्लाहकारहरूलाई सङ्‌केत गर्छ। वास्तवमा यी उच्च अफिसरहरूले गर्दा नै जर्मनीको राजतन्त्रको पतन हुन थाल्यो।e दानिएलको भविष्यवाणीमा त्यस साम्राज्यको पतनबारे मात्र नभई दक्षिणका राजासितको युद्धको परिणामबारे पनि बताइएको थियो। उत्तरका राजाबारे त्यस भविष्यवाणीमा यसो भनिएको छ: “तिनको सेनाचाहिँ परास्त हुनेछ र धेरै जना लडाइँमा मारिनेछन्‌।” (दानि. ११:२६ख) भविष्यवाणी गरिएझैँ प्रथम विश्‍वयुद्धमा जर्मन सेना “परास्त” भयो र साँच्चै ‘धेरै जना लडाइँमा मारिए।’ त्यतिबेलासम्मको मानव इतिहासमा प्रथम विश्‍वयुद्ध सबैभन्दा बीभत्स युद्ध साबित भयो।

  • अन्तको समयमा “उत्तरका राजा”
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२० | मे
    • e तिनीहरूका विभिन्‍न गतिविधिले गर्दा जर्मन साम्राज्यको पतन द्रुत गतिमा हुन थाल्यो। उदाहरणको लागि, तिनीहरूले सम्राट्‌लाई समर्थन गर्न छोडे, लडाइँमा बेहोर्नुपरेको क्षतिबारे गोप्य जानकारी प्रकट गरे अनि सम्राट्‌लाई आफ्नो पद त्याग्न बाध्य बनाए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने