-
जाँचिएको—तर यहोवाप्रति वफादार!दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्!
-
-
यरूशलेमका उत्कृष्ट युवाहरू
७, ८. दानियल १:३, ४ र ६ बाट दानियल अनि तिनका तीन जना साथीहरूको पृष्ठभूमिबारे कस्तो जानकारी हासिल गर्नसक्छौं?
७ यहोवाको मन्दिरबाट धनसम्पत्तिहरू मात्र नभई अरू कुराहरू पनि बेबिलोनमा ल्याइएको थियो। विवरण यसो भन्छ: “तब बाबेलका राजाले बँधुवाइमा लगिएका इस्राएलीहरूमध्येका राजकीय र भारादार घराना दुवैका कुनै खोट नभएका, सुन्दर र सारा बुद्धिमा निपुण, औ ज्ञानले परिपूर्ण भएका, समझदार र राजदरबारमा सेवा गर्नसक्ने सुयोग्यहरूलाई कल्दीहरूका भाषा र साहित्य सिकाउन भनी नपुंसकहरूका प्रधान अशपनजलाई हुकूम गरे।”—दानियल १:३, ४.
८ को को छानिए? यसबारे यसो भनिएको छ: “तिनीहरूमध्ये दानियल, हनन्याह, मीशाएल र अजर्याह चाहिं यहूदाका कुलका थिए।” (दानियल १:६) दानियल र तिनका साथीहरूबारे पर्याप्त जानकारी उपलब्ध नभए तापनि यसले केही कुरा भने प्रस्ट पार्छ। जस्तै, तिनीहरू शाही कुल अर्थात् “यहूदाका कुलका” थिए। तिनीहरू शाही घरानाका होऊन् या नहोऊन्, तिनीहरू प्रतिष्ठित तथा उच्च घरानाका थिए भन्ने कुराचाहिं पक्का छ। तिनीहरू बाठा अनि स्वस्थ हुनुका साथै अन्तर्दृष्टि, बुद्धि, ज्ञान र समझले भरिएका थिए। अनि त्यो पनि भर्खरै किशोरावस्थामा पुगेको बेला अर्थात् तिनीहरू “केटाकेटी” भनेर सम्बोधन गर्न मिल्ने कलिलो उमेरका थिए। दानियल र तिनका साथीहरू यरूशलेमका युवाहरूभन्दा एकदमै भिन्न र उत्कृष्ट थिए होलान्।
-
-
जाँचिएको—तर यहोवाप्रति वफादार!दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्!
-
-
मनमा द्वन्द्व
१०. जवान हिब्रूहरूलाई के सिकाइयो र यसको उद्देश्य के थियो?
१० यी जवान केटाहरूको मनमा द्वन्द्व सुरु हुन धेरै समय लागेन। यी हिब्रू किशोरहरूलाई बेबिलोनी ढाँचामा ढाल्न नबूकदनेसरले तिनीहरूलाई “कल्दीहरूका भाषा र साहित्य सिकाउन” आफ्ना अफिसरहरूलाई हुकुम गरे। (दानियल १:४) यो कुनै साधारण शिक्षादीक्षा थिएन। दी इन्टरनेसनल स्टाण्डर्ड बाइबल इन्साइक्लोपीडिया यसो भन्छ, यो शिक्षादीक्षामा “सुमेरु, अक्काडी, अरामी . . . तथा अन्य भाषाहरूका साथै ती भाषाहरूसित सम्बन्धित साहित्यको व्यापक अध्ययन” समावेश थियो। यो “विस्तृत साहित्य[मा]” इतिहास, गणित, खगोल विषयहरू पनि सिकाइन्थ्यो। तथापि, “त्यस्ता साहित्यसित सम्बन्धित धार्मिक पद्य, शकुन-अपशकुन र खगोल विद्याको . . . निकै ठूलो भूमिका थियो।”
-