प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तिनले आफ्नो गल्तीबाट पाठ सिके
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • १८, १९. समुद्रको गहिराइमा पुगेपछि योनालाई के भयो? योनालाई कस्तो जीवले निल्यो र त्यसको पछाडि कसको हात थियो? (फुटनोट पनि हेर्नुहोस्‌)

      १८ तर अचम्म! कालो, अजङ्‌गको एउटा जीव योनाको नजिक नजिक आउँदैछ। त्यो तिनी भएतिरै लम्किंदैछ। योनाको अगाडि आएर त्यसले आफ्नो ठूलो मुख बाउँछ, योनालाई क्वाप्प पार्छ र सुलुत्त निल्छ।

      योना पानीमा डुब्न थाल्छन्‌ र एउटा ठूलो माछा तिनको नजिकै आउँछ

      ‘योनालाई निल्न यहोवाले एउटा विराट माछा खटाउनुभयो’

      १९ योनालाई अन्तिम सास फेरिरहेको छु जस्तो लागिरहेको थियो। तर तिनी अझै पनि जिउँदै थिए। यो कुरा योना आफैलाई विश्‍वास लागिरहेको छैन! न त माछाले तिनलाई कऱ्‍याप कुरूप पारेको छ, न त पचाएको नै छ। तिनी त्यहाँ निसासिएका पनि छैनन्‌। मरिसकेको हुनुपर्ने तर अझै पनि सास फेरिरहेका छन्‌। यसमा यहोवाकै हात छ भनेर योना बुझ्छन्‌। यहोवा स्वयम्‌ले ‘योनालाई निल्न एउटा विराट माछा खटाउनुभएको’ थियो। योनाको मन यहोवाप्रतिको भय र कृतज्ञताले भरिन्छ।c—योना १:१७.

      २०. माछाको पेटमा छँदा योनाले गरेको प्रार्थनाबाट तिनीबारे हामी के थाह पाउन सक्छौं?

      २० माछाको पेटमै घण्टौं बित्छ। त्यत्ति अँध्यारो ठाउँ त योनाले जीवनमा कहिल्यै देखेका थिएनन्‌ होला। तिनको मनमा थुप्रै कुरा खेल्न थाल्छन्‌। तिनी यहोवालाई प्रार्थना गर्छन्‌। तिनले त्यसबेला गरेको प्रार्थना योनाको पुस्तक अध्याय दुईमा लेखिएको छ। त्यस प्रार्थनाबाट हामी योनाबारे थुप्रै कुरा थाह पाउन सक्छौं। योनाले आफ्नो प्रार्थनामा थुप्रै पटक भजनको पुस्तकका शब्दहरू दोहोऱ्‍याए। तिनीसित धर्मशास्त्रको राम्रो ज्ञान थियो भनेर यसबाट देखिन्छ। हृदयलाई न्यानो पार्ने एउटा अर्को गुण पनि तिनमा थियो भनेर देखिन्छ। त्यो हो, कृतज्ञताको मनोभाव। प्रार्थनाको अन्तमा योनाले यसो भने: “तर मता धन्यवादका स्तुतिसहित तपाईंमा बलिदान चढाउनेछु, मैले जे कुराको भाकल गरेको छु, सो पूरा गर्नेछु। उद्धार परमप्रभुबाटै हुन्छ।”—योना २:९.

      २१. यहोवाले गर्ने उद्धारबारे योनाले के सिके? यसबाट हामी कस्तो बहुमूल्य पाठ सिक्न सक्छौं?

      २१ सोच्दै नसोचेको ठाउँ अर्थात्‌ “माछाको पेटभित्र” हुँदा योनाले एउटा महत्त्वपूर्ण कुरा सिके—यहोवा जहाँसुकै अनि जुनसुकै बेला पनि आफ्ना सेवकहरूको उद्धार गर्न सक्नुहुन्छ। माछाको पेटजस्तो असम्भव ठाउँबाट समेत यहोवाले सङ्‌कटमा परेका आफ्ना सेवक योनाको उद्धार गर्नुभयो। (योना १:१७) यहोवा परमेश्‍वरले मात्रै कुनै मानिसलाई माछाको पेटमा तीन दिन र तीन रातसम्म सुरक्षित राख्न सक्नुहुन्छ। आज हाम्रो जीवन पनि ‘परमेश्‍वरको हातमा’ छ भनेर सम्झनु बुद्धिमानी कुरा हो। (दानि. ५:२३) हामीले फेर्ने प्रत्येक सास र हाम्रो जीवन उहाँकै कृपाले गर्दा सम्भव भएको हो। के हामी यसको लागि उहाँप्रति कृतज्ञ छौं? छौं भने के हामीले उहाँको आज्ञा पालन गर्नुपर्दैन र?

      २२, २३. (क) केही समय बित्न नपाउँदै योनाको कृतज्ञताको जाँच कसरी भयो? (ख) गल्ती गर्न पुग्दा हामी योनाको उदाहरणबाट कस्तो पाठ सिक्न सक्छौं?

      २२ त्यसपछि योनालाई के भयो? के तिनले यहोवाप्रति कृतज्ञ हुँदै उहाँको आज्ञा पालन गर्न सिके? हो, सिके। तीन दिन र तीन रातपछि त्यो माछाले “योनालाई पाखामा उकेलिदियो।” (योना २:१०) विचार गर्नुहोस्‌ त, योनाले किनारासम्म पौडनु पनि परेन। तर अब त्यहाँबाट निनवेसम्म तिनी आफै पुग्नुपर्ने थियो। केही समय बित्न नपाउँदै तिनको कृतज्ञताको जाँच भयो। योना ३:१, २ यसो भन्छ: “अनि परमप्रभुको वचन दोस्रोपल्ट योनाकहाँ आयो, ‘उठ्‌, र त्यस ठूलो शहर निनवेमा जा, र म जे कुरा तँलाई बताउँछु, सो त्यहाँ प्रचार गर्‌।’” के योनाले त्यो कुरा मान्‍ने थिए?

  • तिनले आफ्नो गल्तीबाट पाठ सिके
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • c “माछा” अर्थ लाग्ने हिब्रू शब्दलाई ग्रीक भाषामा “अजङ्‌गको समुद्री जीव” वा “विशाल माछा” भनेर अनुवाद गरिएको छ। ठ्याक्कै कस्तो किसिमको जीवले योनालाई निलेको थियो भनेर पक्का गर्ने कुनै आधार त छैन तैपनि भूमध्यसागरमा मान्छेलाई सिङ्‌गै निल्न सक्ने ठूलठूला सार्क माछाहरू फेला परेका छन्‌। अन्य समुद्रहरूमा त्योभन्दा पनि विशाल सार्क माछाहरू फेला परेका छन्‌। जस्तै: ह्वेल सार्क भन्‍ने माछा १५ मिटर वा त्यो भन्दा पनि लामो हुन्छ!

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने