-
अरूलाई यहोवाको दृष्टिकोणबाट हेर्ने प्रयत्न गर्नुहोस्प्रहरीधरहरा—२००३ | मार्च १५
-
-
५. योनालाई के काम दिइएको थियो र तिनले कस्तो प्रतिक्रिया देखाए?
५ योआशका छोरा राजा यारोबाम द्वितीयको शासनकालमा, योनाले इस्राएलको उत्तरी राज्यमा अगमवक्ताको रूपमा सेवा गरे। (२ राजा १४:२३-२५) एक दिन, यहोवाले योनालाई इस्राएल छोडेर शक्तिशाली अश्शूरी साम्राज्यको राजधानी, निनवे जान आज्ञा दिनुभयो। तिनलाई कस्तो काम दिइएको थियो? त्यस ठूलो शहर नाश हुँदैछ भनेर त्यहाँका बासिन्दाहरूलाई चेतावनी दिने। (योना १:१, २) परमेश्वरको निर्देशन पालन गर्नुको सट्टा, योना भागे! तिनी निनवेभन्दा निकै टाढा, तर्शीश जाने जहाजमा चढे।—योना १:३.
-
-
अरूलाई यहोवाको दृष्टिकोणबाट हेर्ने प्रयत्न गर्नुहोस्प्रहरीधरहरा—२००३ | मार्च १५
-
-
९. ठूलो आँधीको कारण नविकहरूको ज्यान खतरामा पर्दा, योनाले कस्ता गुणहरू देखाए?
९ यहोवाको आज्ञा पालन गर्न अनिच्छुक हुँदै योना एउटा जहाजमा चढे र यसले तिनलाई आफ्नो कार्यभारबाट टाढा पुऱ्यायो। तैपनि, यहोवाले आफ्नो अगमवक्तादेखि हार खाएर तिनको सट्टामा अरू कसैलाई चलाउनुभएन। बरु, यहोवाले योनाको घैंटोमा घाम लगाउने प्रयास गर्नुभयो। यहोवाले समुद्रमा ठूलो आँधी चलाइदिनुभयो। छालहरूले योना चढेको जहाजलाई ओल्टाइपल्टाइ गर्न थाल्यो। योनाको कारण निर्दोष मानिसहरूको ज्यान खतरामा थियो! (योना १:४) योनाले कस्तो प्रतिक्रिया देखाउने थिए? आफ्नो कारणले जहाजका अरू मानिसहरूको पनि ज्यान नगुमोस् भनेर योनाले तिनीहरूलाई यसो भने: “मलाई उचालेर समुद्रमा फालिदेऊ, र समुद्र तिमीहरूप्रति शान्त हुनेछ।” (योना १:१२) अन्ततः नाविकहरूले योनालाई उचालेर जहाजबाट फालिदिंदा, यहोवाले तिनलाई समुद्रबाट बचाउनुहुनेछ भनेर सोच्ने कुनै आधार थिएन। (योना १:१५) तथापि, जहाजमा हुनेहरू नमरून् भनेर योना आफ्नो ज्यानको बाजी लगाउनसमेत तयार थिए। के हामीले यहाँ साहस, नम्रता र प्रेमजस्ता गुणहरू देखेनौं र?
-