-
यहोवाको न्यायको दिन नजिकै छ!प्रहरीधरहरा—२००१ | फेब्रुअरी १५
-
-
६-८. सपन्याह १:४-६ मा के भनिएको थियो र पुरातन यहूदामा उक्त भविष्यवाणी कसरी पूरा भयो?
६ झूटा उपासकहरू विरुद्ध परमेश्वरले गर्नुहुने कार्यको भविष्यवाणी गर्दै सपन्याह १:४-६ यसो भन्छ: “म यहूदा र यरूशलेमका सारा बासिन्दाहरूमाथि मेरो हात पसार्नेछु, र यस ठाउँबाट बाल देवताका बचेकाहरूलाई र कमारीमको नाउँ त्यसका पूजाहारीहरूसमेत म नष्ट पार्नेछु। घरका कौसीहरूमाथि आकाशका नक्षत्रहरूलाई दण्डवत् गर्ने जत्ति सबैलाई र परमप्रभुको सेवा गरेको भनेर शपथ खाएर पूज्ने तर मल्कामको शपथ खानेहरूलाई, औ परमप्रभुको पछि लाग्न छोड़ेर फर्की जानेहरूलाई, र परमप्रभुको खोजी पनि नगर्ने नता उहाँको विषयमा सोधपूछ गर्नेहरूलाई समेत म नष्ट गर्नेछु।”
-
-
यहोवाको न्यायको दिन नजिकै छ!प्रहरीधरहरा—२००१ | फेब्रुअरी १५
-
-
९. (क) मसीहीजगत् केको दोषी छ? (ख) यहूदाका अविश्वासी मानिसहरूजस्तो नभई हामी के गर्न कटिबद्ध हुनुपर्छ?
९ यी सबले हामीलाई झूटो उपासना र ज्योतिषविद्यामा चुर्लुम्मै डुबेको मसीहीजगत्को स्मरण गराउँछ। अनि पादरीवर्गद्वारा समर्थित युद्धहरूको वेदीमा करोडौं मानिसहरूको बलि चढाउनु पनि अत्यन्तै निन्दनीय कुरा हो! हामी यहूदाका धोकेबाज मानिसहरूजस्तो कहिल्यै नहोऔं, जो ‘यहोवाको पछि लाग्न छोडेर फर्के’ अनि भावशून्य भए। तिनीहरूले यहोवा वा उहाँको डोऱ्याइ खोज्न छाडे। त्यसो नभई, हामी परमेश्वरप्रति सधैं निष्ठावान् रहिरहौं।
-