प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाको न्यायको दिन नजिकै छ!
    प्रहरीधरहरा—२००१ | फेब्रुअरी १५
    • ११. सपन्याह १:८-११ को सार के हो?

      ११ यहोवाको दिनबारे सपन्याह १:८-११ यसो भन्छ: “परमप्रभुको त्यस बलिदानको दिनमा—‘म भारादारहरू, राजाका छोराहरू र विदेशी पहिरन लाउनेहरू जत्ति सबैलाई सजाय दिनेछु। त्यस दिन संगार नाङ्‌नेहरूलाई र आफ्ना मालिकहरूका घरमा मारपीट र छल गर्नेहरू सबैलाई म सजाय दिनेछु।’ परमप्रभु भन्‍नुहुन्छ, ‘त्यस दिन माछा ढोकाबाट रूवाबासीको, दोस्रो टोलबाट हाहाकारको र डाँड़ाहरूबाट भयानक आवाज हुनेछ। हे मोर्तारका बासिन्दा हो, विलौना गर, किनकि कनानका सबै व्यापारीहरूको नाश भयो। चाँदीले लादिएका जत्ति सबै नष्ट भएका छन्‌।’ ”

  • यहोवाको न्यायको दिन नजिकै छ!
    प्रहरीधरहरा—२००१ | फेब्रुअरी १५
    • १३. सपन्याहको भविष्यवाणीअनुसार बेबिलोनीहरूले यरूशलेममा आक्रमण गर्दा के हुने थियो?

      १३ यहूदाको लेखा लिने “त्यस दिन,” यहोवाले आफ्ना शत्रुहरूमाथि न्याय गर्नुहुने, दुष्टताको अन्त गर्नुहुने र आफ्नो श्रेष्ठता प्रमाणित गर्नुहुने दिनसित मिल्दोजुल्दो छ। बेबिलोनीहरूले यरूशलेमलाई आक्रमण गर्दा माछा ढोकाबाट चित्कार सुनिने थियो। यो ढोका, माछा बजार नजिकै भएकोले त्यस्तो नामाकरण गरिएको हुनसक्छ। (नहेम्याह १३:१६) बाबेलका बथानहरू दोस्रो टोलबाट छिर्ने थिए अनि “डाँडाहरूबाट” आएको “भयानक आवाज” यरूशलेमतिर लम्किरहेका कल्दीहरूको हुनसक्छ। मोर्तार अर्थात्‌ माथिल्लो टाइरोपिन बेंसीका बासिन्दाहरूको “हाहाकार” सुनिने थियो। तिनीहरूले किन हाहाकार गर्ने थिए? किनभने “चाँदीले लादिएका” सबैको व्यापारिक बेचबिखन बन्द हुने थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने