प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दुई साक्षीहरूको पुनःजागरण
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १४. (क) जकरियाले दर्शनमा देखेका दुइटा भद्राक्षका रूखहरू र सामदानले कुन कुरालाई सङ्‌केत गरेको थियो? (ख) अभिषिक्‍त मसीहीहरूले प्रथम विश्‍वयुद्धको दौडान के अनुभव गर्ने थिए?

      १४ जकरिया पुनःनिर्माणको समयमा बाँचेका थिए। उनले देखेका ती दुइटा भद्राक्षका रूखहरूको दर्शनअनुसार मानिसहरूलाई कामका लागि बलियो तुल्याउन यरूबाबेल र यहोशूले पवित्र आत्मा पाउने थिए। ‘नगण्य हिसाबले सुरु भएको कामलाई तुच्छ’ ठान्‍नु हुँदैन भनी त्यो सामदानको दर्शनले जकरियालाई सम्झना गराएको थियो। किनकि यहोवाका उद्देश्‍यहरू “नता बलले, न शक्‍तिले, तर मेरो आत्माले” पूरा हुनेछन्‌ भनी “सेनाहरूको परमप्रभु”-ले भन्‍नु भएको थियो। (जकरिया ४:६, १०; ८:९) प्रथम विश्‍व युद्धको दौडान हर बाधाविघ्नको बावजूद मानिसजातिबीच निरन्तर ज्योति चम्काउने काममा लागेका मसीहीहरूको सानो समूहलाई पनि यसैप्रकार पुनःनिर्माणको काममा प्रयोग गरिने थियो। तिनीहरू पनि प्रोत्साहनको स्रोत हुने थिए। सङख्यामा थोरै भए तापनि तिनीहरूले यहोवाको शक्‍तिमाथि भरोसा गर्न र सानो स्तरमा सुरु भएका कुराहरूलाई तुच्छ नठान्‍न सिक्ने थिए।

  • दुई साक्षीहरूको पुनःजागरण
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • [पृष्ठ १६५-मा भएको चित्र]

      यरूबाबेल र यहोशूले गरेको पुनःनिर्माणको काम वास्तवमा एउटा पूर्वचित्रण थियो। त्यसले प्रभुको दिनमा यहोवाका साक्षीहरूको सानो सुरुआतपछि हुने विशाल वृद्धिलाई पूर्वसङ्‌केत गऱ्‍यो। तिनीहरूका आवश्‍यकताहरूलाई पूरा गर्न माथि नक्सामा देखाइएको ब्रुकलिन, न्यु योर्कका जस्तै अझ थुप्रै शाखा कार्यालयहरू स्थापित गर्न तथा बढाउन जरुरी भएको छ

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने