-
दुई साक्षीहरूको पुनःजागरणप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१०. आफूलाई अरूले कुल्चिंदा यहोवाका विश्वासी साक्षीहरूले के गर्नुपर्छ?
१० तर अरूले तिनीहरूलाई कुल्चिंदैमा ती भक्त जनहरू यहोवाका विश्वासी साक्षीहरू होइनन् भन्न मिल्दैन। यसैकारण भविष्यवाणी अगाडि यसो भन्छ: “ ‘औ मेरा दुइ साक्षीहरूलाई एक हजार दुइ सय साट्ठी दिनसम्म भाघ्रको लुगा लाएर अगमवाणी बोल्ने शक्ति दिनेछु। पृथ्वीका प्रभुको सामने खडा रहेका भद्राक्षका दुइटा रूखहरू र दुइ सामदानहरू यिनै हुन्।”—प्रकाश ११:३, ४.
-
-
दुई साक्षीहरूको पुनःजागरणप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१३. (क) दुई साक्षीहरू अभिषिक्त मसीहीहरूका प्रतीक थिए भन्ने कुरा कसरी बोध हुन्छ? (ख) यूहन्नाले ती दुई साक्षीहरूलाई “भद्राक्षका दुइटा रूखहरू र दुई सामदानहरू” भनेर सम्बोधन गर्दा जकरियाको कुन चाहिं अगमवाणी स्मरण हुन्छ?
१३ तिनीहरूलाई दुई साक्षीहरूले चित्रित गरेको हुनाकारण तिनीहरूको सन्देश सही र सत्य थियो। (व्यवस्था १७:६-सित तुलना गर्नुहोस्; यूहन्ना ८:१७, १८) यूहन्नाले तिनीहरूलाई “पृथ्वीका प्रभुको सामने खडा रहेका भद्राक्षका दुइटा रूखहरू र दुइ सामदानहरू” भनेर सम्बोधन गर्छन्। यो सम्बोधन र जकरियाले बोलेको भविष्यवाणी स्पष्टतः सम्बन्धित छ किनभने जकरियाले पनि सातवटा दियो बाल्ने पानस र दुइटा भद्राक्षका रूखहरू देखेका थिए। ती भद्राक्षका रूखहरूले “सारा पृथ्वीका परमप्रभुका सामने खडा” हुने “दुई अभिषेक” जनहरू अर्थात् राज्यपाल यरूबाबेल र प्रधानपूजारी यहोशूलाई चित्रित गर्छन् भनिन्छ।—जकरिया ४:१-३, १४.
१४. (क) जकरियाले दर्शनमा देखेका दुइटा भद्राक्षका रूखहरू र सामदानले कुन कुरालाई सङ्केत गरेको थियो? (ख) अभिषिक्त मसीहीहरूले प्रथम विश्वयुद्धको दौडान के अनुभव गर्ने थिए?
१४ जकरिया पुनःनिर्माणको समयमा बाँचेका थिए। उनले देखेका ती दुइटा भद्राक्षका रूखहरूको दर्शनअनुसार मानिसहरूलाई कामका लागि बलियो तुल्याउन यरूबाबेल र यहोशूले पवित्र आत्मा पाउने थिए। ‘नगण्य हिसाबले सुरु भएको कामलाई तुच्छ’ ठान्नु हुँदैन भनी त्यो सामदानको दर्शनले जकरियालाई सम्झना गराएको थियो। किनकि यहोवाका उद्देश्यहरू “नता बलले, न शक्तिले, तर मेरो आत्माले” पूरा हुनेछन् भनी “सेनाहरूको परमप्रभु”-ले भन्नु भएको थियो। (जकरिया ४:६, १०; ८:९) प्रथम विश्व युद्धको दौडान हर बाधाविघ्नको बावजूद मानिसजातिबीच निरन्तर ज्योति चम्काउने काममा लागेका मसीहीहरूको सानो समूहलाई पनि यसैप्रकार पुनःनिर्माणको काममा प्रयोग गरिने थियो। तिनीहरू पनि प्रोत्साहनको स्रोत हुने थिए। सङख्यामा थोरै भए तापनि तिनीहरूले यहोवाको शक्तिमाथि भरोसा गर्न र सानो स्तरमा सुरु भएका कुराहरूलाई तुच्छ नठान्न सिक्ने थिए।
-