-
जकरियाले देखेका दर्शनहरूले तपाईंलाई कस्तो असर गर्छ?प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१७ | अक्टोबर
-
-
१६. (क) जकरियाले देखेको दर्शनमा टोकरीलाई के गरियो? (शीर्षकमाथिको चित्र ३ हेर्नुहोस्) (ख) पखेटा भएका स्त्रीहरूले टोकरीलाई कहाँ लैजान्छन्?
१६ त्यसपछि जकरियाले सारसको जस्तै बलवान् पखेटा भएका दुइटी स्त्री उडिरहेका देख्छन्। (जकरिया ५:९-११ पढ्नुहोस्) टोकरीभित्र बसिरहेकी स्त्रीभन्दा यी दुइटी स्त्री कत्ति भिन्न छन्! यी दुई स्त्री आफ्ना बलवान् पखेटा फिंजाएर वेगसित तल आउँछन् र “दुष्टता” भएको टोकरीलाई उठाएर लैजान्छन्। तिनीहरूले त्यस “दुष्टता”-लाई कता लैजान्छन्? त्यसलाई “शिनार देशमा” अर्थात् बेबिलोनमा लैजान्छन्। ती स्त्रीहरूले त्यस टोकरीलाई किन बेबिलोनमा लैजान्छन्?
१७, १८. (क) “दुष्टता”-लाई शिनारमा राख्नु किन उपयुक्त छ? (ख) हामी के गर्न कटिबद्ध हुनुपर्छ?
१७ “दुष्टता”-लाई शिनारमा लैजानुको कारणबारे जकरियाको समयका यहूदीहरूले सजिलै बुझ्न सक्थे। बेबिलोन दुष्टताले भरिएको ठाउँ हो भनेर तिनीहरूलाई थाह थियो। अनैतिकता र झूटो उपासनाले भरिएको त्यस सहरमा हुर्किएका यहूदीहरूले दिनहुँ झूटो धर्मको प्रभावको प्रतिरोध गर्नुपर्थ्यो। यो दर्शनले गर्दा तिनीहरूले कत्ति ढुक्क महसुस गरे होलान्! किनभने यो दर्शनमार्फत यहोवाले शुद्ध उपासनालाई बिटुलो हुन नदिने ग्यारेन्टी दिंदै हुनुहुन्थ्यो।
१८ तर यस दर्शनले यहूदीहरूलाई शुद्ध उपासनालाई बिटुलो हुन नदिने आफ्नो जिम्मेवारीबारे पनि सजग गरायो। यहोवाका जनहरूमाझ दुष्टताको लागि कुनै ठाउँ छैन अनि दुष्टतालाई कुनै हालतमा घुस्न र रहन दिइनेछैन। अहिले हामी यहोवाको स्वच्छ सङ्गठनको भाग भएका छौं अनि उहाँको मायालु हेरचाह र सुरक्षा पाइरहेका छौं। त्यसैले यो स्वच्छता कायम गरिराख्नु हामी प्रत्येकको जिम्मेवारी हो। के हामी यस “घर” अर्थात् हाम्रो सङ्गठनलाई स्वच्छ राख्न कटिबद्ध छौं? यस आध्यात्मिक प्रमोदवनमा कुनै प्रकारको दुष्टताको लागि ठाउँ छैन।
-