प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • कुनै कुराले “परमेश्‍वरको प्रेमबाट हामीलाई अलग पार्न” सक्दैन
    यहोवासित नजिक हुनुहोस्‌
    • १९ यहोवा समानुभूतिशील परमेश्‍वर हुनुहुन्छ। समानुभूति भनेको के हो? एक जना वफादार वृद्ध ख्रिष्टियनले यसो भने: “समानुभूति भनेको तपाईँको पीडा मैले महसुस गर्नु हो।” के यहोवा साँच्चै हाम्रो पीडा महसुस गर्नुहुन्छ? इस्राएलीहरूले दुःख भोग्दा यहोवालाई कस्तो लाग्यो भन्‍नेबारे बाइबल यसो भन्छ: “हरेक चोटि तिनीहरू दुःखमा पर्दा उहाँ पनि दुःखी हुनुभयो।” (यसैया ६३:९) उहाँले तिनीहरूको दुःख देख्नु मात्र भएन, महसुस पनि गर्नुभयो। उहाँले कुन हदसम्म दुःख महसुस गर्नुहुन्छ भन्‍ने कुरा आफ्ना सेवकहरूलाई बताउनुभएको यो कुराबाट प्रस्ट हुन्छ: “जसले तिमीलाई छुन्छ, उसले मेरो आँखाको नानीलाई छुन्छ।”b (जकरिया २:८) कसैले हाम्रो आँखाको नानीलाई छुँदा असह्‍य पीडा हुन्छ नि, होइन र? यसबाट के प्रस्ट हुन्छ भने हामीलाई पीडा हुँदा यहोवालाई पनि पीडा हुन्छ।

  • कुनै कुराले “परमेश्‍वरको प्रेमबाट हामीलाई अलग पार्न” सक्दैन
    यहोवासित नजिक हुनुहोस्‌
    • b केही बाइबलमा परमेश्‍वरका जनहरूलाई छुनु भनेको परमेश्‍वरको आँखालाई नभई आफ्नै आँखालाई वा इस्राएलको आँखालाई छुनु हो भन्‍ने अर्थ दिनेगरि अनुवाद गरिएको छ। केही शास्त्रीहरूलाई यस पदमा बताइएको कुराले परमेश्‍वरलाई दिनुपर्ने आदर नदिएको जस्तो लागेको भएर तिनीहरूले त्यहाँ लेखिएको कुरा आफैले बदलिदिए। तिनीहरूको यस्तो गलत बुझाइले गर्दा यहोवाले कुन हदसम्म समानुभूति देखाउनुहुन्छ भन्‍ने कुरा नै ओझेलमा पऱ्‍यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने