प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाले विश्‍वासघातको व्यवहारलाई घृणा गर्नुहुन्छ
    प्रहरीधरहरा—२००२ | मे १
    • ५, ६. (क) पूजाहारीहरू विशेष गरी किन दोषी थिए? (ख) यहोवाले पूजाहारीहरूप्रतिको घृणा कसरी व्यक्‍त गर्नुभयो?

      ५ किन विशेष गरी पूजाहारीहरू दोषी थिए? यसबारे पद ७ मा स्पष्ट संकेत दिइएको छ: “पूजाहारीको ओठले ज्ञानको रक्षा गर्नुपर्दछ, र मानिसहरूले त्यसैको मुखबाट व्यवस्था सिक्नु पर्दछ, किनभने त्यो सेनाहरूका परमप्रभुको दूत हो।” लगभग एक हजार वर्षअघि मोशामार्फत इस्राएललाई दिइएको परमेश्‍वरको व्यवस्थामा पूजाहारीहरूलाई ‘यहोवाले बताउनुभएको विधि सबै तिनीहरूले इस्राएलीहरूलाई सिकाउने’ जिम्मा सुम्पिएको थियो। (लेवी १०:११) तर दुःखको कुरा, पछि २ इतिहास १५:३ का लेखकले यस्तो उल्लेख गरे: “धेरै समयसम्म ता इस्राएल साँचो परमेश्‍वर, व्यवस्था बुझाइदिने पूजाहारी र व्यवस्थाविना थियो।”

      ६ सा.यु.पू. पाँचौं शताब्दीमा मलाकीको समयमा पनि पूजाहारीहरूको परिस्थिति त्यस्तै थियो। तिनीहरूले मानिसहरूलाई परमेश्‍वरको व्यवस्था सिकाइरहेका थिएनन्‌। त्यसैकारण पूजाहारीहरूलाई दोषी ठहऱ्‍याउनु उचित थियो। यहोवाले तिनीहरूलाई कस्तो कडा शब्दमा गाली गर्नुभयो, ध्यान दिनुहोस्‌। मलाकी २:३ मा यस्तो घोषणा गरिएको छ: “तिमीहरूका मुखमा गोबर दलिदिनेछु—तिमीहरूका चाड़हरूमा चढ़ाइएका पशुहरूको गोबर।” कस्तो अपमानजनक गाली! बलिदान चढाइएका पशुहरूको छाला र गोबर छाउनीबाहिर आगोमा डढाइन्थ्यो। (लेवी १६:२७) तर यहोवाले त्यसको साटो तिनीहरूको मुखमा गोबर दलिदिनेछु भन्‍नुको अर्थ उहाँले त्यतिबेला चढाइएका बलिदानहरू र ती चढाउने व्यक्‍तिहरूलाई इन्कार गर्नुभएको थियो भनी स्पष्ट हुन्छ।

  • यहोवाले विश्‍वासघातको व्यवहारलाई घृणा गर्नुहुन्छ
    प्रहरीधरहरा—२००२ | मे १
    • ११. विशेष गरी को होसियार हुनु जरुरी छ?

      ११ आज मण्डलीमा सिकाउन नेतृत्व लिने भाइहरूका लागि मलाकी २:७ साँच्चै चेताउनीमूलक हुनुपर्ने हो। तिनीहरूको “ओठले ज्ञानको रक्षा गर्नुपर्दछ, र मानिसहरूले त्यसैको मुखबाट व्यवस्था सिक्नु पर्दछ” भनी बताइएको छ। त्यस्ता शिक्षकहरूको काँधमा ठूलो जिम्मेवारी आइपर्छ किनभने याकूब ३:१ ले संकेत गरेझैं तिनीहरूले “ज्यादै दोष” पाउनेछन्‌। तिनीहरूले जोस र उत्साहका साथ सिकाउनुपर्छ तर तिनीहरूको शिक्षा परमेश्‍वरको लिखित वचन र परमेश्‍वरको संगठनमार्फत प्राप्त हुने निर्देशनहरूमा पूर्ण आधारित हुनुपर्छ। त्यसो गरेको खण्डमा तिनीहरू “अरूहरूलाई पनि सिकाउनसक्ने” हुनेछन्‌। अतः तिनीहरूलाई यस्तो सल्लाह दिइएको छ: “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला भई आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्य तुल्याउने प्रयत्न गर।”—२ तिमोथी २:२, १५.

      १२. सिकाउने व्यक्‍तिहरू कुन कुरामा होसियार हुनुपर्छ?

      १२ हामी होसियार भएनौं भने कहिलेकाहीं आफ्नै व्यक्‍तिगत छनौट वा धारणा प्रस्तुत गर्न प्रलोभित हुन सक्छौं। यो विशेष गरी त्यस्तो व्यक्‍तिको लागि खतरा हो, जो यहोवाको संगठनको शिक्षासँग विरोधाभास हुँदा समेत आफ्नै विचारधारामा जिद्दी गर्छ वा आफ्नो निष्कर्षमा बढ्‌तै विश्‍वस्त हुन्छ। तर मण्डलीका शिक्षकहरूले आफ्नै विचारधारा नभई परमेश्‍वरको ज्ञानअनुसार चल्नेछन्‌ भनी हामी विश्‍वस्त हुन सक्नुपर्छ भनी मलाकी अध्याय २ ले जोड दिन्छ। येशूले यसो भन्‍नुभयो: “जसले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्ये एउटालाई बाधा देला, त्यसको निम्ति ता एउटा जाँतोको ढुंगा त्यसको घिच्रोमा झुण्डाएर अगाध समुद्रमा डबाइदिनु बढ़िया हुनेथियो।”—मत्ती १८:६.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने