प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाले विश्‍वासघातको व्यवहारलाई घृणा गर्नुहुन्छ
    प्रहरीधरहरा—२००२ | मे १
    • १६, १७. कोही-कोहीले कस्तो विश्‍वासघाती मार्ग अपनाए?

      १६ त्यसपछि, मलाकी दोस्रो विश्‍वासघाती कार्यबारे बताउँछन्‌: विशेष गरी आफ्नो पति वा पत्नीलाई कुनै जायज कारणविना सम्बन्धविच्छेद गरेर दुर्व्यवहार गर्नु। अध्याय २ को पद १४ मा यसो भनिएको छ: “परमप्रभु तिमीहरू र तिमीहरूका जवानीपनको स्वास्नीको बीचमा गरिएको करारको साक्षी हुनुहुन्छ—तिमीहरूका स्वास्नी जसलाई तिमीहरूले धोका दियौ, यद्यपि ती तिमीहरूका जीवन-साथी र करारमा बाँधिएका स्वास्नी हुन्‌।” यहूदी पतिहरूले आफ्नी पत्नीलाई धोका दिएर परमेश्‍वरको वेदीलाई ‘आँसुले भिजाए।’ (मलाकी २:१३) ती पुरुषहरूले कुनै जायज कारणविना सम्बन्धविच्छेद गरेर सम्भवतः कम उमेरका वा मूर्तिपूजक स्त्रीहरूसित विवाह गर्न आफ्ना पत्नीहरूलाई गलत निहुँमा त्यागिरहेका थिए। दुःखको कुरा, भ्रष्ट पूजाहारीहरूले ती हुन दिइरहेका थिए! यद्यपि, मलाकी २:१६ यस्तो घोषणा गर्छ: “ ‘स्वास्नीलाई त्याग्ने कुरालाई म घिन गर्दछु,’ परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ।” पछि, येशूले सम्बन्धविच्छेद गर्ने एउटै मात्र आधार अनैतिकता हो भनी देखाउनुभयो जसपछि निर्दोष पति वा पत्नी फेरि अर्को विवाह गर्न स्वतन्त्र हुन्छ।—मत्ती १९:९.

  • यहोवाले विश्‍वासघातको व्यवहारलाई घृणा गर्नुहुन्छ
    प्रहरीधरहरा—२००२ | मे १
    • १८. धोका दिने सन्दर्भमा मलाकीको सल्लाह आज पनि कसरी लागू हुन्छ?

      १८ यी विषयहरूसम्बन्धी सल्लाहहरू अहिले पनि उत्तिकै महत्त्वपूर्ण छन्‌। प्रभुमा मात्र विवाह गर्नुपर्छ भन्‍ने परमेश्‍वरको निर्देशनलाई कसै-कसैले इन्कार गर्नु दुःखको कुरा हो। अनि कोही-कोहीले आफ्नो वैवाहिक बन्धनलाई बलियो बनाउने प्रयास नगर्नु पनि दुःखको कुरा हो। बरु, तिनीहरू अनेक बहानाहरू बनाएर परमेश्‍वरले घृणा गर्नुहुने मार्ग अपनाउँछन्‌ अर्थात्‌ अरू कसैसँग विवाह गर्न शास्त्र विपरीत सम्बन्धविच्छेद गर्छन्‌। यसो गर्दा तिनीहरूले ‘परमप्रभुलाई थकित तुल्याउँछन्‌।’ मलाकीको समयमा ईश्‍वरीय सल्लाह अवहेलना गर्ने व्यक्‍तिहरूले परमेश्‍वरको दृष्टिकोण अव्यावहारिक छ भन्‍न समेत पछि परेनन्‌। तिनीहरूले वास्तवमा “न्याय गर्ने परमेश्‍वर कहाँ हुनुहुन्छ?” भनिरहेका थिए। कस्तो भ्रष्ट सोचाइ! हामी त्यस्तो पासोमा नपरौं।—मलाकी २:१७.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने