प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भाइलाई आफ्नो गराऊ
    प्रहरीधरहरा—१९९९ | अक्टोबर १५
    • बुज्रुकसित मदत माग्ने

      १२, १३. (क) गल्तीहरू सच्याउने सम्बन्धमा येशूले कुन दोस्रो कदम उल्लेख गर्नुभयो? (ख) यो कदम चाल्दा कुन सल्लाह पालन गर्नु उपयुक्‍त हुन्छ?

      १२ तपाईंले गम्भीर गल्ती गर्नुभयो भने अरूले तपाईंसित तुरुन्तै हार मानेको के तपाईं चाहनुहुन्छ र? अहँ, कदापि चाहनुहुन्‍न। त्यसै गरी भाइलाई आफ्नो बनाउने, आफू र अरूसित तिनलाई एकताको बन्धनमा बाँधेर परमेश्‍वरलाई स्वीकार्य उपासना चढाउने पहिलो प्रयासमै हार मान्‍नु भनेर येशूले भन्‍नुभएन। येशूले दोस्रो तरिका पनि उल्लेख गर्नुभयो: “तर त्यसले सुनेन भने आफ्नो साथ अरू एक दुइ जनालाई लैजाऊ, र दुइ तीन साक्षीका मुखबाट एक एक कुरा पक्का गर।”

      १३ उहाँले “दुइ तीन साक्षी” लानु भन्‍नुभयो। उहाँले पहिले प्रयास गर्नेबित्तिकै उक्‍त समस्याबारे अरूसित खुलेआम छलफल गर्नसकिन्छ, परिभ्रमण निरीक्षकलाई भेटेर कुरा गर्न सकिन्छ अथवा भाइहरूलाई चिठी लेख्नसकिन्छ भनेर भन्‍नुभएन। तपाईं विश्‍वस्त हुनुहोला तर गल्ती नै भएको भनेर वास्तवमा पक्का भइसकेको छैन। अनि तपाईं गलत कुराहरू फैलाएर निन्दाचर्चा गर्ने व्यक्‍ति कहलाइन पनि त चाहनुहुन्‍न। (हितोपदेश १६:२८; १८:८) तर येशूले दुई तीन जनालाई साथै लिएर जानु भन्‍नुभयो। किन? अनि कसलाई?

      १४. दोस्रो कदम चाल्दा हामीले कसलाई साथमा लानुपर्छ?

      १४ गल्ती भयो भनेर भाइलाई विश्‍वस्त गराउन र पश्‍चात्ताप गर्न लगाएर तिनलाई आफ्नो बनाउने प्रयास तपाईं गर्दै हुनुहुन्छ। तसर्थ, यस अवस्थामा गल्ती गर्नेकहाँ लानुहुने ती “दुइ तीन” व्यक्‍ति घटनाका साक्षीहरू भए सुहाउँदो हुनेछ। हुनसक्छ, घटनास्थलमा तिनीहरू पनि थिए वा व्यापारको सम्बन्धमा के भएको थियो (वा थिएन) त्यसबारे तिनीहरूलाई थाह हुनसक्छ। यस्ता साक्षीहरू छैनन्‌ भने त्यस्तो विषयमा के कसो गर्नुपर्छ भनी अनुभव भएकाहरूलाई साथै लान सक्नुहुन्छ र भएको घटना साँच्चै गल्ती थियो वा थिएन पक्का गर्न सक्नुहुन्छ। यसबाहेक, दोस्रो पटक फेरि कुराकानी गर्नु आवश्‍यक परेमा पहिले तपाईं दुईबीच भएको कुराकानी अनि दुवैले गरेका प्रयत्नको तिनीहरूले साक्षी पनि दिनसक्छन्‌। (गन्ती ३५:३०; व्यवस्था १७:६) तसर्थ, तिनीहरूलाई लानुको उद्देश्‍य निष्पक्ष पार्टीको रूपमा राख्न वा रेफ्रीको काम गराउन होइन कि भाइलाई आफ्नो र तिनीहरूको गराउन मदत गर्नका लागि हो।

      १५. दोस्रो कदम चाल्नु आवश्‍यक परेको खण्डमा मसीही प्राचीनहरू लानु किन मदतकारी साबित हुनसक्छन्‌?

      १५ तपाईंले आफूसँगै लानुहुने व्यक्‍तिहरू मण्डलीका प्राचीनहरू नै हुनुपर्छ भन्‍ने छैन। तथापि, प्राचीनहरू जस्ता परिपक्व पुरुषहरू लाँदा, तिनीहरूले आफ्नो आध्यात्मिक क्षमताहरू प्रयोग गरेर मदत गर्नसक्छन्‌। यस्ता प्राचीनहरू “प्रत्येक मानिस बतासबाट लुक्ने ठाउँ, र आँधी–बेह्रीबाट आड़ लिने ठाउँ, सुखा ठाउँमा पानी भएको खोला, र बिरानो भूमिमा ठूलो चटानको छायाजस्तै” हुन्छन्‌। (यशैया ३२:१, २) भाइबहिनीहरूसित तर्क गर्न र उनीहरूलाई छाँटकाँट गर्न तिनीहरू पोख्त हुन्छन्‌। अनि गल्ती गर्ने व्यक्‍तिले पनि यस्ता “पुरुषहरू[मध्ये] वरदान” प्रति विश्‍वस्त हुने कारण छ।c (एफिसी ४:८, ११, १२) यस्ता परिपक्व पुरुषहरूसामु छलफल गर्दा र तिनीहरूसित मिलेर प्रार्थना गर्दा भिन्‍नै किसिमको वातावरण सृजना हुन्छ र समाधान गर्नै नसकिएलाजस्तो देखिने समस्या पनि समाधान हुन्छ।—याकूब ५:१४, १५ तुलना गर्नुहोस्‌।

  • भाइलाई आफ्नो गराऊ
    प्रहरीधरहरा—१९९९ | अक्टोबर १५
    • c एक बाइबल शास्त्रज्ञले यस्तो टिप्पणी गरे: “कहिलेकाहीं के हुन्छ भने गल्ती गर्नेले जोसित मतभेद भएको थियो ऊ एक जना मात्र भएको बेलामा भन्दा दुई वा तीन व्यक्‍तिहरूसामु (विशेष गरी ती व्यक्‍तिहरू आदरयोग्य छन्‌ भने) दिइएको सल्लाह स्वीकार्न बढी इच्छुक हुने सम्भावना हुन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने