प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “तपाईंको आगमनको चिह्न के हुन्छ?”
    प्रहरीधरहरा—१९९४ | फेब्रुअरी १
    • १३ रोमीहरू यरूशलेमबाट फर्किसकेका थिए भने कसैलाई पनि भाग्ने खाँचो नै किन पऱ्‍यो र? किनभने जुन घटना घट्यो त्यो ‘यरूशलेमको विनाश नजिकै आइपुगेछ’ भन्‍ने कुराको प्रमाण हो भनी येशूका शब्दहरूले स्पष्ट पाऱ्‍यो। (लूका २१:२०) हो, त्यो नजिकै आइ पुगेको विनाश। ‘जगतको सुरुदेखि अहिलेसम्म कहिल्यै नभएको नता फेरि कहिल्यै हुने महासङ्‌कष्टबारे’ उहाँले भविष्यवाणी गर्नुभएको थियो। झन्डै साढे तीन वर्षपश्‍चात्‌, सा०यु० ७०-मा सेनानी टाइटसको नेतृत्वमा आएका रोमी फौजहरूको हातमा यरूशलेमले “महासङ्‌कष्ट” भोग्नु पऱ्‍यो। (मत्ती २४:२१; मर्कूस १३:१९) उसोभए येशूले त्यसलाई अघिपछि कहिल्यै नभएको सबैभन्दा ठूलो महासङ्‌कष्ट भनेर किन वर्णन गर्नुभयो त?

      १४ बेबिलोनीहरूले सा०यु०पू० ६०७-मा यरूशलेमलाई भताभुङ्‌ग पारिसकेका थिए र वर्तमान शताब्दीमा पनि त्यस शहरले क्रूर युद्धहरू सामना गर्दै आएको छ। यसो भए तापनि, सा०यु० ७०-मा घटेको घटना अपूर्व ढङ्‌गमा एउटा महासङ्‌कष्ट नै थियो। लगभग पाँच महिने अभियानमा टाइटसका योद्धाहरूले यहूदीहरूलाई पराजित गरे। तिनीहरूले लगभग ११,००,०००-लाई मारे र झन्डै १,००,०००-लाई दासत्वमा लगे। यस बाहेक रोमीहरूले यरूशलेमको विध्वंस गरे। एक समय स्वीकारयोग्य ठहरिएको मन्दिरमा केन्द्रित उपासनाको यहूदी व्यवस्थालाई त्यस बित्यासपूर्ण घटनाले अन्त गऱ्‍यो। (हिब्रू १:२) हो, सा०यु० ७०-का घटनाहरूलाई साँच्चै ‘जगतको सुरुदेखि [त्यस शहर, राष्ट्र र रीतिरिवाजमाथि] अहिलेसम्म नभएको, नता फेरि कहिल्यै हुने महासङ्‌कष्ट’ भन्‍न सकिन्छ।—मत्ती २४:२१.d

  • “तपाईंको आगमनको चिह्न के हुन्छ?”
    प्रहरीधरहरा—१९९४ | फेब्रुअरी १
    • d बेलाइती लेखक म्याथ्यु हेन्‌रीले यसरी टिप्पणी गरे: “कल्दीहरूले यरूशलेमलाई गरेको विनाश भयङ्‌कर थियो तर यो विनाश त्योभन्दा निकै भयानक थियो। यसले विश्‍वभरिका यहूदीहरूको . . . संहार हुन सक्ने खतरा ल्यायो।”

  • “तपाईंको आगमनको चिह्न के हुन्छ?”
    प्रहरीधरहरा—१९९४ | फेब्रुअरी १
    • [पृष्ठ ८-मा भएको चित्र]

      सा०यु० ७०-मा यरूशलेम र यहूदी रीतिरिवाजले अनुभव गरेको सङ्‌कष्ट सबैभन्दा ठूलो सङ्‌कष्ट थियो

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने