प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तोडाको दृष्टान्तबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा—२०१५ | मार्च १५
    • दुष्ट र अल्छे नोकर

      १४, १५. के येशूले आफ्ना अभिषिक्‍त अनुयायीहरूमध्ये थुप्रै दुष्ट र अल्छे हुनेछन्‌ भन्‍न खोज्दै हुनुहुन्थ्यो? व्याख्या गर्नुहोस्‌।

      १४ दृष्टान्तको तेस्रो दासले आफूले पाएको तोडाबाट व्यापार गर्न सक्थ्यो अथवा साहूकहाँ राख्न सक्थ्यो। तर उसले तोडालाई जमिनमुनि लुकायो। वास्तवमा त्यो दास दुष्ट थियो किनभने उसले जानाजानी मालिकको इच्छा विपरीत काम गऱ्‍यो। त्यसैले मालिकले उसलाई “दुष्ट र अल्छे” भन्‍नु उचित थियो। मालिकले ऊसँग भएको तोडा खोसेर दस तोडा हुनेलाई दियो। त्यसपछि दुष्ट दासलाई “बाहिर अन्धकारमा” फालियो। त्यहाँ “त्यसको रोदन अनि वेदनाको चीत्कार” सुनियो।—मत्ती २५:२४-३०; लूका १९:२२, २३.

      १५ दृष्टान्तका तीन जना दासमध्ये एक जना दुष्ट र अल्छे भएको थियो। यसको अर्थ येशूका एक तिहाइ अभिषिक्‍त अनुयायीहरू दुष्ट र अल्छे हुनेछन्‌ भनिएको हो त? होइन। यो कुरा बुझ्न तोडाको दृष्टान्तलाई येशूले बताउनुभएको अर्को दुइटा दृष्टान्तसित तुलना गरौं। विश्‍वासी र बुद्धिमान्‌ दासको दृष्टान्तमा येशूले सङ्‌गी दासहरूलाई पिट्‌ने एक जना दुष्ट दासबारे बताउनुभएको थियो। उहाँले दुष्ट दास वर्ग देखा पर्नेछ भन्‍न खोज्नुभएको थिएन। त्यसको विपरीत उहाँले विश्‍वासी दासलाई दुष्ट नहुन चेतावनी दिंदै हुनुहुन्थ्यो। त्यसैगरि, दस कन्याको दृष्टान्तमा येशूले आफ्ना अभिषिक्‍त अनुयायीहरूमध्ये आधा पाँच जना मूर्ख कन्याजस्तै हुनेछन्‌ भन्‍न खोज्नुभएको थिएन। बरु तिनीहरू चनाखो भएनन्‌ र तयार रहेनन्‌ भने नमीठो नतिजा भोग्नुपर्नेछ भनेर येशूले चेतावनी दिंदै हुनुहुन्थ्यो।f यी कुराहरू विचार गर्दा तोडाको दृष्टान्तमा पनि येशूले अन्तको दिनमा आफ्ना अभिषिक्‍त भाइहरूमध्ये थुप्रै दुष्ट र अल्छे हुनेछन्‌ भन्‍न खोज्नुभएको थिएन भन्‍ने निष्कर्षमा पुग्न सक्छौं। बरु येशूले तिनीहरूलाई लगनशील भएर तोडाबाट ‘व्यापार गर्न’ अनि दुष्ट दासजस्तो नहुन चेतावनी दिंदै हुनुहुन्थ्यो।—मत्ती २५:१६.

  • तोडाको दृष्टान्तबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा—२०१५ | मार्च १५
    • मूर्ख र अल्छे नोकर।

      गोठालोले भेडा र बाख्रा छुट्ट्याउँदै

      पहिलेको बुझाइ: मूर्ख र अल्छे नोकरले १९१४ तिरका अभिषिक्‍त दासहरूलाई बुझाउँछ, जसले प्रचार गर्न चाहेनन्‌।

      हाम्रो बुझाइमा गरिएको छाँटकाँट: येशूले अभिषिक्‍त दासहरूमध्ये केही मूर्ख र अल्छे नोकर बन्‍नेछन्‌ भनेर बताउनुभएको होइन। बरु आफ्ना अनुयायीहरू मूर्ख र अल्छे भयो भने कस्तो नतिजा भोग्नुपर्नेछ भनेर उहाँले चेतावनी दिंदै हुनुहुन्थ्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने