विगतका गल्तीबाट पाठ
हाम्रा सृष्टिकर्ताका नैतिक नियमहरू चिरकालीन र अपरिवर्तनीय छन्। त्यसैले त गलाती ६:७ को सिद्धान्त आज लागू हुन्छ: “मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।” हो, कुनै व्यक्तिले परमेश्वरप्रति जवाफदेही हुनुपर्ने कुरालाई नाइँनास्ति गर्लान् तर ईश्वरीय शासन अटल रहन्छ। आखिर, कुनै मानिसले पनि उहाँको कार्यका परिणामहरूबाट उम्किने छुट पाउँदैन।
मनमानी जीवन बिताउने व्यक्तिले आफ्नो जीवनशैली परिवर्तन गरेर परमेश्वरको सेवक बन्यो भने नि? उसले अझै विगत जीवनशैलीका परिणामहरू भोग्नुपर्ला। तथापि, त्यसको अर्थ परमेश्वरले उसलाई क्षमा गर्नुभएन भन्ने होइन। दाऊदले बेतशेबासित अनैतिक सम्बन्ध राखेकाले निकै दुःख भोग्नुपऱ्यो। तिनी त्यसबाट उम्कनसकेनन्। तर तिनले पश्चात्ताप गरे र परमेश्वरबाट क्षमा पाए।—२ शमूएल १२:१३-१९; १३:१-३१.
आफूले गरेको गल्तीका परिणामहरू भोग्नुपर्दा के कहिल्यै तपाईंको मन मरेको छ? सही दृष्टिकोण राखेर हेरेमा पछुतोले हाम्रोनिम्ति ‘दुष्ट कामतिर नफर्कन’ सम्झौटोको काम गर्नसक्छ। (अय्यूब ३६:२१) हो, पछुतो गर्दा हामी गल्ती दोहऱ्याउनदेखि बच्नसक्छौं। अझ लाभकारी कुरा के हो भने दाऊदले आफ्नो पापको कारण भोगेका अनुभवलाई आफ्नोनिम्ति मात्र नभई अरूको फाइदाको लागि पनि प्रयोग गरे। तिनले भने: “अपराधीहरूलाई म तपाईंको मार्ग सिकाउनेछु। र पापीहरू तपाईंतर्फ फर्कनेछन्।”—भजन ५१:१३.
[पृष्ठ ७-मा भएको चित्र]
दाऊदले बेतशेबासित गरेको पापबाट पाठ सिके