प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lff पाठ ५० बुँदा १-७
  • तपाईँको परिवार कसरी सुखी हुन सक्छ?—भाग २

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँको परिवार कसरी सुखी हुन सक्छ?—भाग २
  • सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अझ खोतल्नुहोस्‌
  • सारांश
  • अझ धेरै जान्‍नुहोस्‌
  • आमाबुबा हो, छोराछोरीलाई यहोवालाई प्रेम गर्न सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • आमाबाबु हो, छोराछोरीलाई प्रेममा प्रशिक्षण दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • आध्यात्मिक तवरमा बलियो परिवार बसाल्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • तपाईँका छोराछोरीलाई यहोवालाई माया गर्न सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
lff पाठ ५० बुँदा १-७
पाठ ५०. एक परिवार सुन्दर तालको किनारामा बसेर कुराकानी गर्दै छ।

पाठ ५०

तपाईँको परिवार कसरी सुखी हुन सक्छ?—भाग २

छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण

छोराछोरी यहोवाका वरदान हुन्‌। आमाबुबाले त्यस वरदानको राम्ररी हेरविचार गरेको यहोवा आशा गर्नुहुन्छ। त्यसो गर्नको लागि यहोवाले आमाबुबालाई बुद्धिमानी सल्लाह दिनुभएको छ। उहाँको सल्लाह लागू गर्दा छोराछोरीले पनि पारिवारिक जीवन सफल बनाउन मदत गर्न सक्छन्‌।

१. यहोवाले आमाबुबालाई कस्तो सल्लाह दिनुहुन्छ?

आमाबुबाले छोराछोरीलाई माया गरेको र तिनीहरूसित सक्दो धेरै समय बिताएको यहोवा चाहनुहुन्छ। आमाबुबाले छोराछोरीलाई खतराहरूबाट जोगाएको र बाइबल सिद्धान्तहरू प्रयोग गरेर तालिम दिएको पनि उहाँ चाहनुहुन्छ। (हितोपदेश १:८) उहाँ बुबाहरूलाई भन्‍नुहुन्छ: “यहोवा परमेश्‍वरको डोऱ्‍याइबमोजिम . . . चेतावनी दिएर [आफ्ना छोराछोरीलाई] हुर्काओ।” (एफिसी ६:४ पढ्‌नुहोस्‌।) आमाबुबाले छोराछोरीलाई यहोवाको डोऱ्‍याइबमोजिम हुर्काउँदा र त्यो जिम्मेवारी अरूलाई नसुम्पी आफैले पूरा गर्दा उहाँलाई खुसी लाग्छ।

२. यहोवा छोराछोरीलाई कस्तो सल्लाह दिनुहुन्छ?

यहोवा छोराछोरीलाई यस्तो निर्देशन दिनुहुन्छ: “आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ।” (कलस्सी ३:२० पढ्‌नुहोस्‌।) छोराछोरीले आमाबुबाको आदर गर्दा र तिनीहरूको आज्ञा पालन गर्दा यहोवा र आमाबुबा दुवैलाई खुसी बनाइरहेका हुन्छन्‌। (हितोपदेश २३:२२-२५) येसुले सानो छँदा राम्रो उदाहरण बसाल्नुभयो। उहाँ त्रुटिरहित हुनुभए तापनि आफ्ना त्रुटिपूर्ण आमाबुबाको आज्ञा पालन गर्नुभयो र तिनीहरूको आदर गर्नुभयो।—लुका २:५१, ५२.

३. तपाईँको पूरै परिवार कसरी परमेश्‍वरसित अझ नजिक हुन सक्छ?

तपाईँ बुबा वा आमा हुनुहुन्छ भने छोराछोरीले तपाईँले जत्तिकै यहोवालाई प्रेम गरेको पक्कै चाहनुहुन्छ। तपाईँ कसरी यो लक्ष्य हासिल गर्न सक्नुहुन्छ? तपाईँले बाइबलको यो सल्लाह लागू गर्नुपर्छ: “आफ्ना छोराछोरीको हृदयमा . . . [यहोवाका] आज्ञाहरू राखिदिनू। घरमा बस्दा [र] बाटोमा हिँड्‌दा . . . तिनीहरूसित यसबारे कुराकानी गर्नू।” (व्यवस्था ६:७) ‘हृदयमा राखिदिनू’ भनेको कुनै कुरा बारम्बार दोहोऱ्‍याएर सिकाउनु हो। तपाईँलाई थाहै होला, छोराछोरीले कुनै कुरा सम्झेको चाहनुहुन्छ भने त्यसबारे तिनीहरूलाई अक्सर दोहोऱ्‍याई-तेहऱ्‍याई भन्‍नुपर्ने हुन्छ। यस बाइबल पदको अर्थ तपाईँले छोराछोरीसित यहोवाबारे कुराकानी गर्न पटक-पटक मौका खोज्नुपर्छ। पूरै परिवार मिलेर यहोवाको उपासना गर्न हरेक हप्ता केही समय छुट्ट्याउनु राम्रो हो। तपाईँका छोराछोरी छैनन्‌ भने पनि परमेश्‍वरको वचन अध्ययन गर्न केही समय निकाल्दा तपाईँकै फाइदा हुन्छ।

अझ खोतल्नुहोस्‌

परिवारलाई सुखी र सुरक्षित बनाउन मदत गर्ने केही व्यावहारिक सुझाव विचार गर्नुहोस्‌।

४. छोराछोरीलाई मायालु ढङ्‌गमा तालिम दिनुहोस्‌

छोराछोरीलाई तालिम दिन सजिलो छैन। यसो गर्न बाइबलले कसरी मदत गर्न सक्छ? याकुब १:१९, २० पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • आमाबुबाले छोराछोरीसित कुराकानी गर्दा तिनीहरूलाई माया गरेको कसरी देखाउन सक्छन्‌?

  • आमाबुबाले किन रिसको झोकमा कहिल्यै छोराछोरीलाई अनुशासन दिनु हुँदैन?a

एक बुबा टुक्रुक्क बसेर बल समाइरहेको आफ्नो छोरासित कुराकानी गर्दै छन्‌। फुटेको फूलदानी भुईँमा छ।

५. छोराछोरीलाई जोगाउनुहोस्‌

छोराछोरीलाई जोगाउन तपाईँले तिनीहरू प्रत्येकसित यौनबारे खुलस्त कुराकानी गर्नु महत्त्वपूर्ण छ। यसो गर्न अप्ठेरो लाग्न सक्छ। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

भिडियो: आफ्ना छोराछोरीलाई खराब कुराहरूबाट जोगाउनुहोस्‌ (२:५८)

  • केही आमाबुबालाई छोराछोरीसित यौनबारे कुराकानी गर्न किन गाह्रो लाग्छ?

  • केही आमाबुबाले छोराछोरीलाई के-कस्ता तरिकामा यौनबारे बुझाएका छन्‌?

भविष्यवाणी गरिएझैँ सैतानको संसार झन्‌झन्‌ खराब हुँदै गइरहेको छ। दोस्रो तिमोथि ३:१, १३ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • पद १३ मा उल्लेख गरिएका कतिपय दुष्ट मानिसले बाल यौन दुर्व्यवहार गर्छन्‌। त्यसैले आमाबुबाले छोराछोरीलाई यौनबारे बुझाउनु र यौन दुराचारीहरूबाट जोगिन सिकाउनु किन महत्त्वपूर्ण छ?

के तपाईँलाई थाह थियो?

यहोवाका साक्षीहरूले तयार पारेका थुप्रै सामग्री प्रयोग गरेर आमाबुबाले छोराछोरीलाई यौनबारे बुझाउन र यौन दुराचारीहरूबाट जोगाउन सक्छन्‌। जस्तै:

  • बच्चालाई सजग गराउनुहोस्‌ (भिडियो)

  • महान्‌ शिक्षकबाट सिकौं, अध्याय १० र ३२

  • “छोराछोरीलाई यौनबारे शिक्षा दिनुहोस्‌” (ब्यूँझनुहोस्‌! सङ्‌ख्या ४ २०१६)

६. आमाबुबाको आदर गर्नुहोस्‌

केटाकेटी र किशोरकिशोरीले आफ्नो बोलीवचनबाट आमाबुबाको आदर गरेको देखाउन सक्छन्‌। भिडियो हेर्नुहोस्‌ अनि दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

भिडियो: आमाबुबासित कसरी कुरा गर्ने? (२:१९)

  • केटाकेटी र किशोरकिशोरीले आमाबुबासित आदरपूर्वक कुरा गर्नु किन महत्त्वपूर्ण छ?

  • तिनीहरूले कसरी आमाबुबासित आदरपूर्वक कुरा गर्न सक्छन्‌?

हितोपदेश १:८ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • आमाबुबाले निर्देशन दिँदा केटाकेटी र किशोरकिशोरीले के गर्नुपर्छ?

७. पूरै परिवार मिलेर यहोवाको उपासना गर्नुहोस्‌

यहोवाका साक्षीहरूका परिवारहरूले सँगै मिलेर उपासना गर्न हरेक हप्ता कुनै निश्‍चित समय छुट्ट्याउने गर्छन्‌। यस्तो पारिवारिक उपासनामा तपाईँ के गर्न सक्नुहुन्छ? भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

भिडियो: पारिवारिक उपासना—चुनौतीहरू र इनामहरू (८:०४)

  • परिवारले कसरी नियमित रूपमा पारिवारिक उपासना गर्न सक्छ?

  • पारिवारिक उपासनालाई व्यावहारिक र रमाइलो बनाउन आमाबुबाले के गर्न सक्छन्‌?—यस पाठको शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌।

  • तपाईँको परिवारलाई एकसाथ मिलेर अध्ययन गर्न कुन कुराले बाधा पुऱ्‍याउन सक्छ?

प्राचीन इस्राएल राष्ट्रमा परिवारहरूले धर्मशास्त्रबारे नियमित कुराकानी गरेको यहोवा चाहनुहुन्थ्यो। व्यवस्था ६:६, ७ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • तपाईँ कसरी यो सिद्धान्त लागू गर्न सक्नुहुन्छ?

पारिवारिक उपासनामा के-के गर्न सकिन्छ?

  • मण्डलीका सभाहरूको लागि तयारी गर्नुहोस्‌।

  • परिवारलाई रमाइलो लाग्ने कुनै बाइबल विवरण पढ्‌नुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • छोराछोरी सानै छन्‌ भने jw.org/ne बाट केटाकेटीको लागि कुनै सामग्री डाउनलोड गर्नुहोस्‌ वा छाप्नुहोस्‌।

  • किशोरावस्थाका छोराछोरी छन्‌ भने किशोरकिशोरीका लागि jw.org/ne मा भएको कुनै लेख छलफल गर्नुहोस्‌।

  • छोराछोरीसँगै बाइबलको कुनै कथा अभिनय गर्नुहोस्‌।

  • jw.org/ne मा भएको कुनै एउटा भिडियो हेर्नुहोस्‌ र छलफल गर्नुहोस्‌।

कोही-कोही भन्छन्‌: “साना केटाकेटीले बाइबलको कुरा कहाँ बुझ्न सक्छन्‌ र?”

  • तपाईँ के भन्‍नुहुन्छ?

सारांश

आमाबुबाले छोराछोरीलाई माया गरेको, तालिम दिएको र खतराहरूबाट जोगाएको अनि छोराछोरीले चाहिँ आमाबुबाको आज्ञा पालन गरेको यहोवा चाहनुहुन्छ। पूरै परिवार मिलेर उहाँको उपासना गरेको पनि उहाँ चाहनुहुन्छ।

तपाईँले के सिक्नुभयो?

  • आमाबुबाले छोराछोरीलाई कसरी तालिम दिन र खतराहरूबाट जोगाउन सक्छन्‌?

  • छोराछोरीले आमाबुबाको आदर गरेको कसरी देखाउन सक्छन्‌?

  • पूरै परिवार मिलेर यहोवाको उपासना गर्न हरेक हप्ता केही समय छुट्ट्याउनुका फाइदा के-के हुन्‌?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

तपाईँका छोराछोरीलाई कस्ता कुराले जिम्मेवार वयस्क बन्‍न मदत गर्छ?

“छोराछोरीले सिक्नुपर्ने छ वटा पाठ” (ब्यूँझनुहोस्‌! सङ्‌ख्या २ २०१९)

वृद्ध आमाबुबाको हेरविचार गर्नेहरूका लागि बाइबलले कस्तो व्यावहारिक सल्लाह दिन्छ, पढ्‌नुहोस्‌।

“वृद्ध आमाबुबाको हेरविचार गर्नेबारे बाइबल के भन्छ?” (jw.org को लेख)

छोराछोरी हुर्काउने तरिका थाह नभएका एक पुरुष कसरी सफल बुबा बन्‍न सके, हेर्नुहोस्‌।

परिवार हुर्काउन यहोवाको डोऱ्‍याइ (५:५८)

बुबाहरूले कसरी आफ्ना छोराहरूसितको सम्बन्ध बलियो बनाउन सक्छन्‌, थाह पाउनुहोस्‌।

“बुबाहरू हो, तपाईं कसरी आफ्नो छोरासित घनिष्ठ भइरहन सक्नुहुन्छ?” (प्रहरीधरहरा, अप्रिल १, २०१२)

a बाइबलमा भएको “अनुशासन” शब्दले निर्देशन, डोऱ्‍याइ र सुधारलाई बुझाउँछ। यसले दुर्व्यवहार वा क्रूरतालाई बुझाउँदैन।—हितोपदेश ४:१, फुटनोट।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने