-
आमाहरू हो, युनिसको उदाहरणबाट सिक्नुहोस्प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२२ | अप्रिल
-
-
छोराछोरीलाई कामद्वारा सिकाउनुहोस्
१२. दोस्रो तिमोथि १:५ अनुसार युनिसको उदाहरणले तिमोथिमा कस्तो प्रभाव पाऱ्यो?
१२ दोस्रो तिमोथि १:५ पढ्नुहोस्। युनिसले तिमोथिको लागि राम्रो उदाहरण बसालिन्। साँचो विश्वास कामद्वारा देखाइन्छ भनेर उनले तिमोथिलाई सिकाएकी हुनुपर्छ। (याकु. २:२६) अनि तिमोथिले पक्कै पनि युनिसका कामहरूमा यहोवाप्रतिको उनको गहिरो प्रेम देखेको हुनुपर्छ। यहोवाको सेवा गर्दा तिनकी आमा आनन्दित भएको तिनले याद गरेको हुनुपर्छ। यसले तिमोथिमा कस्तो प्रभाव पाऱ्यो? प्रेषित पावलले तिमोथिको विश्वास युनिसको जस्तै बलियो छ भनेर बताए। तर तिनको विश्वास आफसेआफ बलियो भएको त होइन। तिमोथिले आफ्नी आमाको बलियो विश्वास देखेका थिए र यसले गर्दा तिनी उनको विश्वासको अनुकरण गर्न उत्प्रेरित भए। त्यसैगरि आज पनि थुप्रै आमाले “विनावचन” आफ्नो परिवारलाई यहोवाको सेवा गर्न मदत गर्न सकेका छन्। (१ पत्रु. ३:१, २) तपाईँ पनि त्यसै गर्न सक्नुहुन्छ। कसरी?
१३. आमाहरूले यहोवासितको सम्बन्धलाई किन प्रथम स्थानमा राख्नुपर्छ?
१३ यहोवासितको सम्बन्धलाई प्रथम स्थानमा राख्नुहोस्। (व्यव. ६:५, ६) थुप्रै आमाले जस्तै तपाईँले पनि त्यागहरू गर्नुभएको छ। छोराछोरीको भौतिक आवश्यकता पूरा गर्न तपाईँले समय, पैसा र अरू थुप्रै कुरा त्याग्नुभयो अनि कैयौँ अनिदो रात पनि बिताउनुभयो। तर यहोवासितको आफ्नो सम्बन्धलाई बलियो बनाइराख्न समय नै नहुनेगरि परिवारको हेरविचारमा व्यस्त नहुनुहोस्। नियमित रूपमा प्रार्थना र बाइबलको अध्ययन गर्न समय छुट्ट्याउनुहोस् अनि सभाहरूमा उपस्थित हुनुहोस्। यसो गर्नुभयो भने तपाईँ आध्यात्मिक रूपमा बलियो हुनुहुनेछ अनि आफ्नो परिवार र अरूको लागि पनि राम्रो उदाहरण बसाल्न सक्नुहुनेछ।
-
-
आमाहरू हो, युनिसको उदाहरणबाट सिक्नुहोस्प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२२ | अप्रिल
-
-
१६. आमाको असल उदाहरणले अरूमा कस्तो प्रभाव पार्न सक्छ?
१६ आमाहरू हो, तपाईँको उदाहरणले अरूमा राम्रो प्रभाव पार्न सक्छ भनेर नबिर्सनुहोस्। युनिसको उदाहरणले प्रेषित पावलमा कस्तो प्रभाव पाऱ्यो भनेर विचार गर्नुहोस्। तिनले तिमोथिमा भएको निष्कपट विश्वास “सुरुमा . . . युनिससित थियो” भनेर लेखे। (२ तिमो. १:५) तिनले सबैभन्दा पहिला युनिसको विश्वास कहिले याद गरेका थिए? सम्भवतः तिनले पहिलो मिसनरी यात्राको दौडान लिस्त्रामा लोइस र युनिसलाई भेटेका थिए। तिनले उनीहरूलाई ख्रिष्टियन बन्न मदत गरेका हुन सक्छन्। (प्रेषि. १४:४-१८) सोच्नुहोस् त, पावलले तिमोथिलाई करिब १५ वर्षपछि पत्र लेख्दा युनिसले देखाएको विश्वास अझै बिर्सिएका थिएनन् र उनको विश्वास उदाहरणीय छ भनेर पावलले उल्लेख गरे। पक्कै पनि प्रेषित पावल र प्रथम शताब्दीका अरू थुप्रै ख्रिष्टियनले युनिसको उदाहरणबाट प्रोत्साहन पाएका थिए। तपाईँ पनि एक्लैले अथवा फरक-फरक धार्मिक आस्था भएको परिवारमा छोराछोरी हुर्काउँदै हुनुहुन्छ भने तपाईँको असल उदाहरणले अरूको विश्वास बलियो बनाउँछ र तिनीहरूलाई सही काम गर्न उत्प्रेरित गर्छ भन्ने कुरामा ढुक्क हुनुहोस्।
-