प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “धन-सम्पत्तिहरू[ले]” यहोवाको भवन परिपूर्ण भइरहेको छ
    प्रहरीधरहरा—२००० | जनवरी १५
    • ९. किन येशू मानव शरीर लिएर स्वर्ग पस्नसक्नु हुन्‍नथ्यो र यस परिस्थितिको समाधान कसरी गरियो?

      ९ परमेश्‍वरको आत्मा-अभिषिक्‍त छोरा हुनुभए तापनि मानव येशूले स्वर्गमा जीवन प्राप्त गर्नसक्नु हुने थिएन। किन? किनकि मासु र रगतको शरीर परमेश्‍वरको स्वर्गीय राज्यको हकदार हुनसक्दैन। (१ कोरिन्थी १५:४४, ५०) येशूको मानव शरीर एक अवरोध भएकोले यसलाई परमेश्‍वरको पुरातन मन्दिरको पवित्र र महा पवित्र स्थान छुट्ट्याउने पर्दाले चित्रण गर्नु सुहाउँदो थियो। (हिब्रू १०:२०) तर उहाँको मृत्यु भएको तीन दिनपछि येशूलाई परमेश्‍वरले आत्मिक रूपमा पुनरुत्थान गराउनुभयो। (१ पत्रुस ३:१८) त्यसपछि उहाँ परमेश्‍वरको आध्यात्मिक मन्दिरको महा पवित्र स्थान अर्थात्‌ स्वर्गमै प्रवेश हुनसक्नुभयो। हुन पनि त्यसै भयो। पावल लेख्छन्‌: “ख्रीष्ट ता, सकलीको नमूना गरी हातले बनाएको पवित्रस्थानभित्र होइन, तर अब हाम्रा निम्ति परमेश्‍वरको सामने प्रकट हुनालाई स्वयम्‌ स्वर्गमै प्रवेश हुनुभएको छ।”—हिब्रू ९:२४.

      १०. स्वर्गमा फर्कनु भएपछि येशूले के गर्नुभयो?

      १० येशूले छुटकाराको मोलस्वरूप यहोवालाई आफ्नो जीवनरक्‍त बलिदान चढाउनुभएर स्वर्गमा ‘रगत खन्याउनुभयो।’ यद्यपि, येशूले योभन्दा अझ धेरै काम गर्नुभयो। आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि उहाँले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभयो: “म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु। औ यदि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारें भने म फेरि आउँछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।” (यूहन्‍ना १४:२, ३) यसरी महा पवित्र स्थान वा स्वर्गमा प्रवेश पाउनुभएपछि येशूले अरूको निम्ति पनि बाटो खोलिदिनुभयो। (हिब्रू ६:१९, २०) यी व्यक्‍तिविशेषहरू जसको संख्या १,४४,००० हुनेथियो, तिनीहरूले परमेश्‍वरको आध्यात्मिक मन्दिरको प्रबन्धमा उप-पूजाहारीको रूपमा काम गर्ने थिए। (प्रकाश ७:४; १४:१; २०:६) इस्राएलका प्रधान पूजाहारीले सबैभन्दा पहिले महा पवित्र स्थानमा पूजाहारीहरूको पापको पश्‍चात्तापस्वरूप साँढेको रगत लिएर पसेजस्तै येशूको बगाइएको रगतको मोल सबैभन्दा पहिले यी १,४४,००० उप-पूजाहारीहरूमाथि प्रयोग भयो।b

  • “धन-सम्पत्तिहरू[ले]” यहोवाको भवन परिपूर्ण भइरहेको छ
    प्रहरीधरहरा—२००० | जनवरी १५
    • b इस्राएलका प्रधान पूजाहारी पापी भएकोले पश्‍चात्ताप आवश्‍यकता थियो तर येशू निष्पाप हुनुभएकोले पश्‍चात्ताप गर्नुपर्ने आवश्‍यकता थिएन। तथापि, उहाँको   सँगी पूजाहारीहरू पापी मानिसजातिबाट किनिएका भएकाले पापी थिए।—प्रकाश ५:९, १०.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने