प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • परमेश्‍वरको राज्य जन्मन्छ!
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १२. (क) भजन संग्रहमा यहोवाले येशूबारे के भविष्यवाणीरूपी प्रतिज्ञा गर्नु भएको थियो? (ख) “सारा जातिलाई फलामको डण्डाले शासन गर्ने” छोरालाई ती स्त्रीले जन्म दिनुको अर्थ के हो?

      १२ अब के यो अभिव्यक्‍ति तपाईंले पहिले पनि सुन्‍नु भएको जस्तो लाग्छ? हुन सक्छ। यहोवाले येशूबारे भविष्यवाणी गर्दै यो भविष्यवाणी गर्नु भएको थियो: “फलामको डण्डाले तिमीले तिनीहरूलाई फोर्नेछौ। र कुमालेको भाँडालाई जस्तैगरी तिमीले तिनीहरूलाई चक्नाचूर पार्नेछौ।” (भजन २:९) उहाँबारे यो भविष्यवाणी पनि गरिएको थियो: “परमप्रभुले सियोनबाट तिम्रो पराक्रमको राजदण्ड पठाउनुहुनेछ, तिम्रा शत्रुहरूका बीचमा तिमीले राज्य गर।” (भजन ११०:२) हो, यूहन्‍नाले देखेको दर्शन येशू ख्रीष्टसित सम्बन्धित छ। तर हाम्रो सामान्य युगको प्रथम शताब्दीमा एउटी कन्याद्वारा पृथ्वीमा येशूको जन्मसित चाहिं यसको कुनै सम्बन्ध छैन। नता यो दर्शन सा.यु. ३३-मा येशूको पुनरुत्थानसित सम्बन्धित छ। यो कुनै पुनःजन्म पनि होइन। बरु, यो दर्शनले १९१४-मा परमेश्‍वरको राज्यको वास्तविक जन्मलाई सङ्‌केत गर्छ। करीब दुई हजार वर्षदेखि स्वर्गमै हुनु भएको येशूको त्यतिखेर राज्यारोहण हुन्छ। उहाँ राजा बन्‍नु हुन्छ।—प्रकाश १२:१०.

      १३. ती पुत्र “परमेश्‍वर र उहाँको सिंहासनमा उठाएर” लगिनुबाट के बोध हुन्छ?

      १३ यहोवाले शैतानलाई कहिले पनि आफ्नी पत्नी र नवजात बालकलाई निल्न दिनु हुनेछैन! जन्मनासाथै यो “बालक परमेश्‍वर र उहाँको सिंहासनमा उठाएर” लगिन्छ। यसप्रकार बालक सम्पूर्णतः यहोवाकै संरक्षणमा हुन्छ। यसको पूरा रेखदेख उहाँले नै गर्नुहुनेछ। उहाँको पवित्र नाउँको पवित्रिकरण गर्ने माध्यम नै यो राज्य हो। तर त्यसै बेला स्त्री चाहिं तिनका लागि परमेश्‍वरले उजाडस्थानमा तयार पार्नु भएको स्थानमा भागेर जान्छिन्‌। यसको विस्तृत विवरण अलिक पछि! तर अहिले चाहिं हेर्नुहोस्‌, एउटा यस्तो घटना हुनै लागेको छ जसले गर्दा भविष्यमा शैतानले त्यो स्वर्गीय राज्यलाई फेरि कुनै प्रकारको दुःखकष्ट दिन बिल्कुलै सम्भव हुनेछैन। त्यो घटना के हो?

      स्वर्गमा युद्ध!

      १४. (क) यूहन्‍नाको बयानअनुसार शैतानले अब उप्रान्त परमेश्‍वरको राज्यलाई फेरि कुनै प्रकारको दुःख दिन किन असम्भव हुनेछ? (ख) शैतान र त्यसका प्रेतहरू कुन ठाउँमा सीमित छन्‌?

      १४ यूहन्‍ना हामीलाई भन्छन्‌: “अनि स्वर्गमा लडाइँ भयो। माइकल र तिनका दूतहरू त्यस अजीङ्‌गरजस्तै पशुसँग लडाइँ गर्न गए, र अजीङ्‌गरजस्तै पशु र त्यसका दूतहरूले युद्ध गरे। औ तिनीहरूले जित्नसकेनन्‌, नता तिनीहरूका निम्ति स्वर्गमा फेरि कुनै ठाउँ रह्‌यो। अनि त्यो अजीङ्‌गरजस्तै पशु तल फ्याँकियो, त्यो वृद्ध साँप, दियाबल र शैतान भनिने, सारा संसारलाई ठग्ने, पृथ्वीतलमा फ्याँकियो र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।” (प्रकाश १२:७-९) यसरी एउटा नाटकको कुनै प्रभावकारी दृश्‍यमा झैं शैतान स्वर्गबाट निष्कासित हुन्छ। त्यसलाई बाहिर फालिन्छ र त्यसका प्रेतहरू पनि त्यसका साथसाथै पृथ्वी तलमा खसालिन्छन्‌। परमेश्‍वरको पवित्र रहस्यको समापनसम्बन्धी यो एउटा महत्त्वपूर्ण घटना हो। सारा पृथ्वीका मानिसहरूलाई ठग्ने तथा तिनीहरूको देवताको रूप धारण गरेर बसेको व्यक्‍ति बल्ल उही ग्रहकै छेउछाउ सीमित हुनेगरी फालिन्छ जहाँबाट त्यसले विद्रोह सुरु गरेको थियो।—२ कोरिन्थी ४:३, ४.

      १५, १६. (क) माइकल को हुन्‌ र हामी यो कसरी भन्‍न सक्छौं? (ख) शैतानलाई माइकलले नै स्वर्गबाट तल झार्न किन उपयुक्‍त छ?

      १५ यहोवाको नाउँमा यो महान विजय हासिल गर्नेहरू को हुन्‌? बाइबल भन्छन्‌ उनीहरू माइकल र उनका दूतहरू हुन्‌। तर माइकल को हुन्‌? “माइकल”को अर्थ हो “परमेश्‍वर जस्तो को हुनुहुन्छ?” अतः कसैलाई पनि यहोवासित तुलना गर्न मिल्दैन भनेर माइकल प्रमाणित गर्न चाहन्छन्‌। उनी यहोवाको सार्वभौमिकताको प्रमाणीकरण गर्न अति नै उत्सुक छन्‌। यहूदाको ९-औं पदमा उनलाई “प्रधानदूत माइकल” भनेर सम्बोधन गरिएको छ। यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने बाइबलका अन्य ठाउँहरूमा “प्रधानदूत” भन्‍ने पद एक जना व्यक्‍तिका लागि मात्र प्रयोग गरिएको छ। ती व्यक्‍ति येशू ख्रीष्ट हुनु हुन्छ।b उहाँबारे पावल यसो भन्छन्‌: “किनभने ठूलो शब्दले, प्रधान दूतको आवाज र परमेश्‍वरको तुरहीको साथ प्रभु आफै स्वर्गबाट ओर्लनुहुनेछ।” (१ थिस्सलोनिकी ४:१६) “प्रधानदूत”-को अर्थ हो “स्वर्गदूतहरूको सरदार।” यसैकारण प्रकाशको पुस्तकले “माइकल र तिनका दूतहरू” बारे चर्चा गरेकोमा कुनै आश्‍चर्य छैन। बाइबलले परमेश्‍वरका कुनै एक जना धार्मिक सेवकको अधीनमा स्वर्गदूतहरू रहेको चर्चा गर्दा त्यहाँ येशूलाई नै सङ्‌केत गरिएको हुन्छ। यसैकारण पावलले पनि प्रभु येशू ख्रीष्ट “उहाँको शक्‍तिशाली स्वर्गदूतहरूसँग . . . प्रकाश” हुने विषयमा चर्चा गर्छन्‌।—२ थिस्सलोनिकी १:७; मत्ती २४:३०, ३१; २५:३१-पनि हेर्नुहोस्‌।

      १६ यी र अन्य अरू शास्त्रपदहरूले हामीलाई यो निर्विवाद निष्कर्षमा पुऱ्‍याउँछ कि माइकल स्वर्गमा विराजमान प्रभु येशू ख्रीष्ट बाहेक अरू कोही हुनै सक्‍तैन। प्रभुको दिनमा उहाँले शैतानलाई: “तँलाई प्रभुले हप्काउनु हुन्छ” मात्र भन्‍नु हुन्‍न। यो न्यायको समय भएको हुनाले माइकलको हैसियतमा येशूले दुष्ट शैतान र त्यसका प्रेतहरूलाई स्वर्गबाट तल झार्नुहुन्छ। (यहूदा ९; प्रकाश १:१०) यो काम उहाँलाई नै गर्न सुहाउँछ किनकि राजसिंहासनमा विराजमान नवीन राजा उहाँ नै हुनुहुन्छ। अदनको बगैंचामा प्रतिज्ञा गरिएको सन्तान पनि येशू हुनुहुन्छ। अन्ततः उहाँले नै त्यो सर्पको शिर कुच्याउनु भएर त्यसलाई सदाका लागि अस्तित्वहीन तुल्याइ दिनु हुनेछ। (उत्पत्ति ३:१५) भनौं भने, त्यसको शिर अन्तमा कुच्याउने उद्देश्‍यले नै येशूले त्यसलाई स्वर्गबाट निस्कासन गर्नु भएको हो।

      “हे स्वर्गहरू, रमाओ”

      १७, १८. (क) शैतानलाई तल पृथ्वीमा झारेपछि स्वर्गमा व्यक्‍त प्रतिक्रियाबारे यूहन्‍ना के भन्छन्‌? (ख) यूहन्‍नाले सुनेको ठूलो आवाजको स्रोत सम्भवतः के हुन सक्छ?

      १७ शैतानको यो महा पतन हुनासाथै स्वर्गमा मनाइएको हर्षोल्लासको व्याख्या यूहन्‍ना यसप्रकार गर्छन्‌: “औ मैले स्वर्गमा यसो भन्दै गरेको एउटा ठूलो आवाज सुनें, ‘अब हाम्रा परमेश्‍वरको मुक्‍ति, शक्‍ति, राज्य र उहाँको ख्रीष्टको अख्तियार आएको छ, किनकि हाम्रा भक्‍तहरूलाई [ भाइहरूलाई, NW] दोष लगाउने, जसले हाम्रा परमेश्‍वरका सामने दिनरात तिनीहरूलाई दोष लगाउँछ, त्यो फ्याँकिदिएको छ। औ थुमाको रगत, र तिनका वचनको साक्षीको कारण, र तिनीहरूले मृत्युसम्मै आफ्नो जीवनको पनि प्रेम नराखेका हुनाले तिनीहरूले त्यसलाई जितेका छन्‌। यसकारण हे स्वर्गहरू र तिनमा रहनेहरू हो, सबै रमाओ।’ ”—प्रकाश १२:१०-१२क.

      १८ यहाँ यूहन्‍नाले सुन्‍ने त्यो ठूलो आवाज कसको हो? बाइबलले केही भन्दैन। तर प्रकाश ११:१७-मा उल्लिखित एउटा यस्तै आवाज १,४४,००० पवित्र जनहरूलाई प्रतिनिधित्व गर्ने पुनरुत्थानप्राप्त र स्वर्गमा विराजमान २४-जना प्राचीनहरूबाट आएको थियो। (प्रकाश ११:१८) यसकारण यूहन्‍नाले अहिले सुन्‍ने आवाज पनि उही २४-जना प्राचीनहरूबाटै आएको हुन सक्छ किनकि पृथ्वीमा सताइएका परमेश्‍वरका अभिषिक्‍त दासहरूलाई यो आवाजले “हाम्रा भाइहरू” भनेर सम्बोधन गर्दछ। यो अभिव्यक्‍तिमा ती विश्‍वासी जनहरूले पनि आफ्नो आवाज निश्‍चय नै मिलाउन सक्छन्‌ किनकि तिनीहरूको पुनरुत्थान पनि शैतान र त्यसका प्रेतहरूलाई स्वर्गबाट तल फाल्ने बित्तिकै हुनेछ।

      १९. (क) परमेश्‍वरको पवित्र रहस्य पूरा हुनासाथै येशूका लागि के गर्ने बाटो खुल्छ? (ख) शैतानले ‘हाम्रा भाइहरूलाई दोष लगाउँछ’ भन्दा के बोध हुन्छ?

      १९ परमेश्‍वरको पवित्र रहस्य पूरा हुनुको अर्थ येशूले यहोवाको राज्यमा अख्तियार प्रयोग गर्नु पनि हो। यसप्रकार विश्‍वासी मानिसजातिलाई मुक्‍ति दिने परमेश्‍वरको महान उद्देश्‍य पूरा हुने बाटो खोलिन्छ। अहिले पृथ्वीमा भएका आफ्ना ईश्‍वरभीरू अनुयायीहरूलाई मात्र होइन तर परमेश्‍वरको सम्झनामा रहेका अनगन्ती लाखौं मृत जनहरूलाई पनि येशूले मुक्‍ति दिनु हुनेछ। (लूका २१:२७, २८) यहाँ शैतानले ‘हाम्रा भाइहरूलाई दोष लगाउँछ’ भन्‍नुको तात्पर्य त्यसले अय्यूबको विरुद्धमा लगाएका आरोपहरू झुट्टा साबित भइसकेर पनि परमेश्‍वरका पार्थिव सेवकहरूको निष्ठालाई चुनौती दिन पटक्कै छाडेको छैन। स्पष्टतः मानिसले आफ्नो प्राण बचाउनका लागि आफूसित भएको सबै थोक दिनेछ भन्‍ने आरोप शैतानले बारम्बार अन्य अवसरहरूमा पनि दोहोऱ्‍याउँदै आएको छ। तर त्यो कति नराम्रो गरी हारेको छ!—अय्यूब १:९-११; २:४, ५.

      २०. विश्‍वासी मसीहीहरूले शैतानलाई कसरी जितेका छन्‌?

      २० “थुमाको रगत”-को कारण धर्मी ठहरिएका अभिषिक्‍त मसीहीहरूले सतावटको बावजूद परमेश्‍वर र येशू ख्रीष्टबारे साक्षी दिन छाडेका छैनन्‌। आज १२० वर्षभन्दा बढी समयदेखि यूहन्‍नावर्गले १९१४-मा अन्यजातिहरूको समयको समाप्तिसित सम्बन्धित ठूला विवादहरूप्रति सङ्‌केत गर्दै आएका छन्‌। (लूका २१:२४, किङ्‌ग जेम्स भर्सन) र तिनीहरूसित काँधमा काँध मिलाएर वफादारीका साथ ठूलो भीडले पनि सेवा गर्दैछ। यिनीहरूमध्ये कोही पनि “शरीर मार्न सक्ने तर आत्मालाई चाहिं घात गर्न नसक्नेहरूसँग” डराउँदैनन्‌। यो तथ्य आज हाम्रो समयमा यहोवाका साक्षीहरूको जीवनका वास्तविक अनुभवहरूबाट बारम्बार प्रदर्शित हुँदै आएको छ। तिनीहरू आफ्नो बोली-वचन र राम्रो मसीही आचरणद्वारा शैतानमाथि विजयी भएका छन्‌। तिनीहरूले त्यसलाई पटक पटक झुट्टा साबित गरी दिएका छन्‌। (मत्ती १०:२८; हितोपदेश २७:११; प्रकाश ७:९) पुनरुत्थानपश्‍चात स्वर्गमा जान पाउँदा यी अभिषिक्‍त मसीहीहरू निश्‍चय नै कति खुशी हुनेछन्‌! तिनीहरूका भाइहरूलाई दोषी ठहराउन खोज्ने शैतान त्यहाँ हुनेछैन! बरु स्वर्गदूतीय गण मिलेर यो खुशीको आह्वान सुन्‍ने समय आएको हुन्छ: “हे स्वर्गहरू र तिनमा रहनेहरू हो, सबै रमाओ!”

      एउटा प्रतिस्पर्धात्मक अभिशाप!

      २१. शैतानले पृथ्वी र समुद्रमाथि अभिशाप कसरी ल्याएको छ?

      २१ तेस्रो अभिशापको कारण रीसले चूर हुँदै शैतानले अब स्वयं एउटा खास प्रकारको अभिशाप मानिसजातिमाथि ल्याउने अठोट गर्छ। त्यो अभिशाप यो हो: “ ‘पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।’ ” (प्रकाश १२:१२ख) स्वर्गबाट शैतानको निष्कासन निश्‍चय नै शाब्दिक पृथ्वीका लागि धिक्कार हो। आखिर त्यसैको वशमा रहने स्वार्थी मानिसहरूको हातमा यो पृथ्वी बिग्रिरहेछ। (व्यवस्था ३२:५) तर यो भन्दा पनि बढी खराब त “बना वा बिगार” भन्‍ने शैतानी सिद्धान्त, प्रतीकात्मक पृथ्वी अर्थात्‌ मानव समाजका आधारहरू तथा प्रतीकात्मक समुद्र अथवा अशान्त मानव भीडहरूका लागि अभिशाप नै भएको छ। दुइटा विश्‍व-युद्धहरूमा शैतानको अधीनमा बस्ने राष्ट्रहरूको प्रकोपद्वारा शैतानको क्रोध प्रतिबिम्बित भयो। र आज पनि प्रेतहरूको प्रकोपको विष्फोटन कायम नै छ। तर यो धेरै समयका लागि चाहिं चल्ने छैन! (मर्कूस १३:७, ८) दियाबलका तरकिबहरू जति नै भयङ्‌कर र क्रूर भए तापनि, तेस्रो अभिशाप अर्थात्‌ परमेश्‍वरको राज्यले शैतानको दृश्‍य सङ्‌गठनमाथि ल्याउने विपत्तिको तुलनामा यी शैतानी तरकिबहरू केही जस्तो पनि हुनेछैनन्‌।

      २२, २३. (क) अजिङ्‌गरलाई तल पृथ्वीमा फालेपछि यूहन्‍नाको बयानअनुसार के हुन्छ? (ख) अजिङ्‌गरले “छोरो पाउने स्त्रीलाई” सताउन कसरी सम्भव छ?

      २२ स्वर्गबाट शैतानको महा पतनपछि पृथ्वीमै बाँकी रहेका ख्रीष्टका भाइहरू त्यसको क्रोधको तारो भएका छन्‌। यूहन्‍ना भन्छन्‌: “अनि जब त्यस अजीङ्‌गरजस्तै पशुले आफू पृथ्वीमा फ्याँकिएको देख्यो, तब त्यसले त्यो छोरो पाउने स्त्रीलाई खेद्यो। औ वनमा त्यो केही समय, धेरै समय र आधा समयसम्म पालन-पोषण हुने त्यसको आफ्नै ठाउँमा त्यस साँपको सम्मुखबाट उडेर जानालाई त्यसलाई ठूलो गरूडका दुइटा पखेटा दिइयो।”—प्रकाश १२:१३, १४.

      २३ यहाँ दर्शनले छैटौं पदमा चर्चित विचारलाई छुन्छ। उक्‍त पदअनुसार आफ्नो बच्चा जन्मने बित्तिकै ती स्त्री अजिङ्‌गरदेखि टाढा, उजाड स्थानमा भाग्छिन्‌। तर ती स्त्रीलाई अजिङ्‌गरले कसरी सताउन सक्छ होला भनी हामी सोचमा पर्न सक्छौं। किनकि स्त्री छिन्‌ स्वर्गमा र अजिङ्‌गर भने तल पृथ्वीमा फालिएको छ। हो, तर हामीले बिर्सनु हुँदैन कि ती स्त्रीका सन्तान यहाँ पृथ्वीमा पनि छन्‌। दर्शनमा अलिकपछि हामीलाई थाह लाग्ने छ कि शैतानले स्त्रीप्रति आफ्नो प्रकोप व्यक्‍त गर्न स्त्रीको सन्तानलाई सताउने गर्छ। (प्रकाश १२:१७) यसकारण यहाँ पृथ्वीमा स्त्रीको सन्तानलाई जे जे हुन्छ, ती सबै स्त्रीलाई भएको बराबर हो। (मत्ती २५:४०-सित तुलना गर्नुहोस्‌।) र पृथ्वीमा स्त्रीको सन्तानका बढ्‌दो सङ्‌गीहरूले पनि त्यसैगरि सतावट भोग्ने छन्‌।

      एउटा नयाँ राष्ट्र

      २४. इस्राएलीहरूले मिस्रबाट छुटकारा पाए जस्तैगरी बाइबलका विद्यार्थीहरूले पनि के अनुभव गरे?

      २४ प्रथम विश्‍व-युद्ध चलुञ्जेल येशूका भाइहरूले यथासम्भव आफ्नो साक्षी कार्यलाई विश्‍वासिलोपनासाथ गरी रहे। उनीहरूले यो काम शैतान र त्यसका चम्चाहरूले मच्चाएको कडा सतावटको बावजूद गरी नै रहे। अन्ततः बाइबलका ती विद्यार्थीहरूको आम साक्षी कार्य प्रायः बन्द गरियो। (प्रकाश ११:७-१०) त्यतिखेर तिनीहरूको अनुभव ती इस्राएलीहरूको जस्तै थियो जसले मिस्रमा ठूलो थिचोमिचोको सामने धैर्य धारण गरे। तर यहोवाले चाँड-चाँडो मानौं गरुडका पखेटाहरूमा झैं तिनीहरूलाई सीनैको उजाड स्थानमा सुरक्षित ल्याउनु भयो। (प्रस्थान १९:१-४) यस्तैगरी १९१८-१९-को क्रूर सतावटपश्‍चात्‌ यहोवाले उहाँकी स्त्रीलाई प्रतिनिधित्व गर्ने आफ्ना साक्षीहरूलाई एउटा सुरक्षित आत्मिक अवस्थामा प्रवेश गराउनु भयो। इस्राएलीहरूका लागि उजाड स्थान जतिको सुरक्षित थियो, त्यति नै सुरक्षित यो आत्मिक अवस्था पनि यहोवाका साक्षीहरूका लागि थियो। यो प्रबन्ध तिनीहरूका प्रार्थनाहरूको एउटा उत्तर थियो।—भजन ५५:६-९-सित तुलना गर्नुहोस्‌.

      २५. (क) यहोवाले इस्राएलीहरूलाई उजाड स्थानमा एउटा राष्ट्रको रूपमा गठन गर्नु भएझैं यहोवाले १९१९-मा के प्रस्तुत गर्नुभयो? (ख) यस राष्ट्रका सदस्यहरू को हुन्‌ र तिनीहरूलाई कहाँ ल्याइएको छ?

      २५ उजाड स्थानमा यहोवाले इस्राएलीहरूका आध्यात्मिक र शारीरिक आवश्‍यकताहरूलाई पूरा गरी दिनु भयो। तिनीहरूलाई एउटा राष्ट्रको रूपमा गठन गर्नु भयो। यस्तैगरी, १९१९-देखि यहोवाले ती स्त्रीका सन्तानलाई पनि एउटा आत्मिक राष्ट्रको रूपमा गठन गर्नु भयो। हालाँकि यो राष्ट्र र १९१४-देखि स्वर्गमा शासन गर्न थालेको मसीही राज्य एउटै होइन। किनकि यो नयाँ राष्ट्र त पृथ्वीमा बाँकी रहेका शेष अभिषिक्‍त साक्षीहरूले बनेको हो जसलाई १९१९-मा एउटा महिमावान आत्मिक अवस्थामा ल्याइएको थियो। “समय समयका भोजन” पाउन थालेपछि आफ्नो सामने रहेको काम गर्ने बल तिनीहरूले पाए।—लूका १२:४२; यशैया ६६:८.

      २६. (क) प्रकाश १२:६, १४-मा चर्चित समयावधि कति लामो छ? (ख) ती साढे तीन समय वा कालको उद्देश्‍य के थियो र त्यसको प्रारम्भ र समाप्ति कहिले भयो?

      २६ परमेश्‍वरकी स्त्रीको सन्तानले यो आराम कहिलेसम्म पाए? प्रकाश १२:६ भन्छ, १,२६० दिनसम्म। प्रकाश १२:१४-ले त्यही समयावधिलाई समय, समयहरू र आधा समय भन्छ; अर्थात्‌ अर्को शब्दमा भन्‍ने हो भने साढे तीन समय वा काल। यथार्थमा यी दुवै अभिव्यक्‍तिहरूको अर्थ हो साढे तीन वर्ष जो उत्तरीय गोलार्धमा १९१९-को बसन्त ऋतुदेखि सुरु भएर १९२२-को शरद ऋतुमा समाप्त भयो। पुनःस्थापित यूहन्‍नावर्गलाई यस समयावधिले पुनःस्फूर्ति र शक्‍ति प्रदान गऱ्‍यो।

      २७. (क) यूहन्‍नाको बयानअनुसार १९२२-पछि अजिङ्‌गरले के गऱ्‍यो? (ख) शैतानले साक्षीहरूको विरुद्धमा सतावटको बाढी चलाउनुको उद्देश्‍य के थियो?

      २७ तर अजिङ्‌गरले भने हार मानेन! “अनि त्यस साँपले त्यस स्त्रीलाई भलले बगाओस्‌ भनेर त्यसको पछिपछि नदीजस्तै पानी आफ्नो मुखबाट निकाल्यो।” (प्रकाश १२:१५) यहाँ “नदी जस्तै पानी” अथवा “पानीको बाढी” (द न्यु इङ्‌गिलिश बाइबल) भनेको अर्थ के हो? प्राचीनकालीन राजा दाऊदले उनको विरोध गर्ने दुष्ट मानिसहरूलाई “अधर्मका बाढ . . . र गहीरो पानी”सित तुलना गरे। [बिनाकामका खोलाहरू, यङ्‌ग] (भजन १८:४, ५, १६, १७) अहिले पनि शैतानले ‘व्यर्थका मानिसहरू [ NW]’द्वारा सतावट मच्चाउछ। सन्‌ १९२२ पछि शैतानले साक्षीहरूको विरुद्धमा फेरि सतावटको बाढी ल्यायो। (मत्ती २४:९-१३) यसमा शारीरिक कुटपीट, ‘कानुनको बलमा रचेको षडयन्त्र,’ जेलको सजाय र झुन्ड्याएर, गोली हानेर वा शिर काटेर दिने मृत्यु दण्ड समेत सामेल थिए। (भजन ९४:२०) तल पृथ्वीमा फालिएपछि शैतानले परमेश्‍वरकी स्वर्गीय स्त्रीलाई प्रत्यक्षतः केही गर्न सक्ने भएन। अतः पृथ्वीमा स्त्रीको शेष सन्तानमाथि त्यो क्रोधित भएर जाइ लाग्यो। तिनीहरूलाई सोझै आक्रमण गर्न वा तिनीहरूको निष्ठा तोडेर तिनीहरूलाई परमेश्‍वरको अनुग्रहबाट अलग पार्न त्यो अघि बढ्यो। तर तिनीहरूको अठोट अय्यूबको जस्तै थियो: “नमरुञ्जेल म निर्दोष छु भन्‍ने मेरो दाबीलाई म छोडनेछैनँ।”—अय्यूब २७:५.

      २८. दोस्रो विश्‍व-युद्धमा सतावटको बाढीले कसरी चरम शिखर छोयो?

      २८ दोस्रो विश्‍व-युद्धको दौडान सतावटको यो क्रूर बाढीले चरम-शिखर छोयो। युरोपमा मात्र करीब १२,००० साक्षीहरू नाजी यातना शिविर र झ्यालखानाहरूमा थुनिए र झन्डै २,००० त मरे पनि। इटाली, जापान, कोरिया र ताइवानका सैनिक तानाशाहहरूको पालोमा पनि साक्षीहरूसित त्यस्तै कठोर व्यवहार गरियो। प्रजातान्त्रिक भनौंदा देशहरूमा पनि क्याथोलिक एक्शन समूहहरूले साक्षीहरूमाथि अलकत्रा खन्याए, तिनीहरूको अपमान गरे र तिनीहरूलाई शहरबाट लघारी दिए। मसीही सम्मेलनहरूमा खलल पुऱ्‍याए र साक्षीहरूका छोराछोरीहरू स्कूलहरूबाट निकालिए।

      २९. (क) सोच्दै नसोचेको स्रोतबाट छुटकारा आएको वर्णन यूहन्‍नाले कसरी गर्छन्‌? (ख) “पृथ्वीले स्त्रीलाई सहायता” कसरी दियो? (ग) अजिङ्‌गरले के गर्न छाडेको छैन?

      २९ तर यी सबैबाट छुटकारा सोच्दै नसोचेको स्रोतबाट आयो: “तर पृथ्वीले चाहिं त्यस स्त्रीलाई सहायता गर्‌यो, र पृथ्वीले आफ्नो मुख उघारेर, त्यस अजीङ्‌गरजस्तै पशुले त्यसको मुखबाट निकालेको नदी निलिदियो। औ त्यो अजीङ्‌गरजस्तै पशु त्यस स्त्रीसँग क्रोधित भयो, र त्यससँग र परमेश्‍वरको आज्ञा पालन गर्ने र येशूको साक्षी दिने, त्यसका बाँकी सन्तानहरूसँग युद्ध गर्न गयो।” (प्रकाश १२:१६, १७) “पृथ्वी” अर्थात्‌ शैतानको रीतिरिवाजभित्रकै तत्त्वहरूले त्यो “नदी” वा “बाढ”लाई निल्न थाल्यो। सन्‌ १९४०-को दशकमा साक्षीहरूले संयुक्‍त राज्य अमेरिकाकै सर्वोच्च अदालतबाट र उपासनासम्बन्धी स्वतन्त्रता प्रदान गर्ने अन्य देशहरूका राजशक्‍तिहरूबाट एकपछि अर्को मुद्दाहरू जित्न थाले। अन्ततः मित्र राष्ट्रहरूले त्यो नाजी-फासिस्ट महाशक्‍तिलाई निलिदिए। यी तानाशाहहरूको हातमा दुःख भोगेका साक्षीहरूले आरामको लामो सास फेरे। तर सतावट सम्पूर्णतः बन्द भएन। आजसम्मै अजिङ्‌गरको क्रोध यथावत छ। “येशूको साक्षी दिने” काम गर्नेहरूको विरुद्धमा त्यसले युद्ध गर्न छाडेको छैन। थुप्रै देशहरूमा वफादार साक्षीहरू अझ पनि झ्यालखानाहरूमै छन्‌। केही चाहिं आज पनि आफ्नो निष्ठा कायम राख्दा शहीद भएका छन्‌। तर यस्तै केही मुलुकहरूका अख्तियारवालाहरू समय समयमा दबाव कम गर्छन्‌ र परिणामस्वरूप साक्षीहरूले बढी स्वतन्त्रताको आनन्द उठाउँछन्‌।c यसप्रकार, भविष्यवाणीमा भने झैं पृथ्वीले सतावटको नदीलाई आजपनि निली नै रहेछ।

      ३०. (क) पृथ्वीले कुन काम पूरा गर्नका लागि आवश्‍यक मौका दिंदै आएको छ? (ख) परमेश्‍वरका मानिसहरूको निष्ठाद्वारा के सम्पन्‍न भएको छ?

      ३० यसप्रकार, परमेश्‍वरको कामलाई २३५ भन्दा बढी मुलुकहरूमा फैलाउन र सुसमाचारका ६० लाखभन्दा बढी विश्‍वासी प्रचारकहरू तयार पार्नमा पृथ्वीले आवश्‍यक मौका दिंदै आएको छ। स्त्रीको शेष सन्तानका साथै आज नयाँ विश्‍वासीहरूको एउटा विशाल अन्तर्जातीय भीडले पनि परमेश्‍वरका आज्ञाहरू पालन गर्दैछन्‌। तिनीहरू पनि संसारबाट अलग रहन्छन्‌, शुद्ध नैतिकता कायम राख्छन्‌, भाइचारा प्रदर्शित गर्छन्‌ र मसीही राज्यबारे साक्षी दिन्छन्‌। तिनीहरूको निष्ठा शैतानको घृणास्पद चुनौतीका लागि मुखभरिको जवाफ हो। हो, शैतान र त्यसको रीतिरिवाजका लागि मृत्युको घण्टा बजी सकेको छ।—हितोपदेश २७:११.

  • दुइटा डरलाग्दा जनावरहरूसित मुकाबिला
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • अध्याय २८

      दुइटा डरलाग्दा जनावरहरूसित मुकाबिला

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने