प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एउटा डरलाग्दो रहस्यको समाधान
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • गरेका छन्‌: “प्रभुको दिन ता रातमा चोर आएझैं आउनेछ। जब मानिसहरूले शान्ति र सुरक्षित भनिरहेको हुन्छन्‌, तब सुत्केरी हुने स्त्रीलाई बेथा लागेझैं अचानकसँग तिनीहरूमाथि विनाश आइलाग्छ, र तिनीहरू कुनै रीतिले उम्कनेछैनन्‌।”—१ थिस्सलोनिकी ५:२, ३.

      १४. “शान्ति र सुरक्षित” भन्‍ने पुकारले के रूप धारण गर्न सक्छ र त्यसबाट भ्रममा नपर्नका लागि के गर्नु पर्छ?

      १४ हालका वर्षहरूमा राजनीतिज्ञहरूले विभिन्‍न मानव योजनाहरूको वर्णन गर्न ‘शान्ति र सुरक्षा’ भन्‍ने अभिव्यक्‍ति चलाएका छन्‌। विश्‍वका नेताहरूद्वारा गरिएको त्यस्तो प्रयासले १ थिस्सलोनिकी ५:३ को भविष्यवाणी पूर्तिको सुरुवात्‌लाई देखाउँछ? अथवा पावलले संसारकै ध्यान खिच्ने त्यस्तो एउटा नाटकीय घटनालाई मात्र औंल्याउँदै थिए? बाइबल भविष्यवाणीहरू पूरा भइसकेपछि वा पूरा हुने क्रममा मात्रै अक्सर पूरै बुझिने भएकोले त्यसको लागि हामीले पर्खेरै हेर्नुपर्नेछ। त्यतिन्जेल, राष्ट्रहरूले शान्ति र सुरक्षा हासिल गरेको जस्तो देखिए तापनि वास्तवमा केही पनि बद्‌लेको हुनेछैन भनी मसीहीहरूलाई थाह छ। स्वार्थ, घृणा, अपराध, पारिवारिक जीवनको ह्रास, अनैतिकता, रोग, शोक र मृत्यु यथावत रहनेछन्‌। त्यसैकारण तपाईं विश्‍व घटनाहरूबारे सचेत रहनु भयो र परमेश्‍वरका भविष्यवाणीरूपी चेताउनीहरूलाई ध्यान दिनुभयो भने ‘शान्ति र सुरक्षा’ भनी जत्ति नै कराए तापनि तपाईं भ्रममा पर्नुहुने छैन।—मर्कूस १३:३२-३७; लूका २१:३४-३६.

  • महान बेबिलोनको दण्ड कार्यान्वयन
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • अध्याय ३५

      महान बेबिलोनको दण्ड कार्यान्वयन

      १. स्वर्गदूतले चहकिलो रातो रङ्‌गको जनावरको वर्णन कसरी गर्छन्‌ र प्रकाशको पुस्तकका प्रतीकहरूलाई बुझ्न कुन प्रकारको बुद्धि चाहिन्छ?

      प्रकाश १७:३-को जङ्‌गली जनावरको अझ वर्णन गर्दै स्वर्गदूत यूहन्‍नालाई यसो भन्छन्‌: “ज्ञान भएको अर्थ यसैमा छ। ती सात शिर पर्वतहरू हुन्‌, जसमाथि त्यो स्त्री बस्तछ। औ तिनीहरू ती सात राजाहरू हुन्‌—पाँचवटाको पतन भइसक्यो, एउटाचाहिं छँदै छ, र अर्को अझै आएको छैन। औ त्यो आएपछि त्यसले अलि बेर अवश्‍य रहनैपर्छ।” (प्रकाश १७:९, १०) माथिबाट आउने बुद्धिको यहाँ स्वर्गदूत चर्चा गर्दैछन्‌। यस बुद्धिद्वारा मात्र प्रकाशको पुस्तकका चिह्नहरू बुझ्न सकिन्छ। (याकूब ३:१७) यसै बुद्धिले यूहन्‍नावर्ग र उनका सङ्‌गीहरूलाई हाम्रो समयसालको गम्भीरताबारे प्रबुद्ध बनाउँछ। चाँडै नै कार्यान्वयन हुने यहोवाको न्यायप्रति त्यसले भक्‍त हृदयहरूमा मूल्याङ्‌कन बढाउँछ र यहोवाप्रति एउटा स्वस्थकर भय विकसित गराउँछ। हितोपदेश ९:१०-ले भनेझैं: “परमप्रभुको डर मान्‍नु बुद्धिको प्रथम खुड्‌किलो हो, परम-पवित्रको ज्ञाननै समझ-शक्‍ति हो।” तर हामीलाई त्यस जङ्‌गली जनावरबारे ईश्‍वरीय बुद्धिले के प्रकट गर्छ?

      २. रातो रङ्‌गको जनावरका सात शिरहरूको अर्थ के हो र कसरी “पाँचवटाको पतन भइसक्यो, र एउटा चाहिं छँदै छ?”

      २ त्यो भयानक जनावरका सात शिरहरूको अर्थ सात “पर्वतहरू” अथवा सात “राजा” हुन्‌। शास्त्रमा यी दुवै अभिव्यक्‍तिहरू सरकारी शक्‍तिहरूलाई बोध गर्दा प्रयोग गरिन्छ। (यर्मिया ५१:२४, २५; दानियल २:३४, ३५, ४४, ४५) बाइबलअनुसार छ वटा विशेष विश्‍व-शक्‍तिहरूले परमेश्‍वरका जनहरूको गतिविधिमाथि प्रभाव पारे। ती विश्‍व-शक्‍तिहरू हुन्‌: मिस्र, अश्‍शूर, बेबिलोन, मादी-फारसी, युनान र रोम। यूहन्‍नाले प्रकाशको पुस्तक पाउञ्जेलसम्म यीमध्येका पाँच विश्‍व-शक्‍तिहरू आएर पनि गइसकेका थिए। रोम चाहिं पूरै शासनारुढ थियो। त्यसैकारण “पाँचवटाको पतन भइसक्यो, एउटाचाहिं छँदै छ” भनिन्छ। तर यी पछि आउने अझ “अर्को” बारे के नि?

      ३. (क) रोमी साम्राज्य कसरी विभाजित हुन गयो? (ख) पश्‍चिमी क्षेत्रमा के कस्ता घटनाहरू घटे? (ग) पवित्र रोमी साम्राज्यलाई कुन दृष्टिले हेर्नु पर्छ?

      ३ यूहन्‍नाको समयदेखि सयौं वर्षपश्‍चात्‌ पनि रोमी साम्राज्य कायम रह्‌यो। त्यसको शक्‍ति बढ्‌दै गयो। सा.यु. ३३०-मा सम्राट कन्स्टनटाइनले आफ्नो राजधानी रोमदेखि बाइज्यान्टियममा सारे र त्यसलाई कन्सटेन्टीनोपल भन्‍ने नयाँ नाउँ दिए। सा.यु. ३९५-मा रोमी साम्राज्य पूर्व र पश्‍चिम, दुई भागमा विभाजित भयो। सा.यु. ४१०-मा स्वयं रोमलाई नै भिसिगोथहरूको (एउटा जर्मन जाति जसले एरियन “मसीही धर्म” अपनाएका थिए) राजा आलारिकले पराजित गरे। जर्मन [मसीही] जातिहरूले स्पेन तथा उत्तर अफ्रिकातिर पर्ने रोमका निकै इलाकाहरूलाई पनि आफ्नो कब्जामा पारे। युरोपमा शताब्दियौंसम्म उथलपुथल, अशान्ति र अनेक सुधारहरूको बतास चलिरहेको थियो। पश्‍चिमपट्टि प्रसिद्ध सम्राटहरू खडा भए। तीमध्ये एक जना चार्लमेन थिए जसले ९-औं शताब्दीमा पोप लिओ तृत्तीयसित सन्धि गरे। अर्का सम्राट फ्रेड्‌रिक द्वितीय थिए जसले १३ औं शताब्दीसम्म शासन गरे। यिनीहरूको राज्य पनि पवित्र रोमी साम्राज्य भनिन्थ्यो। तापनि पहिलेका वैभवशाली रोमी साम्राज्यको तुलनामा यी राज्यहरू धेरै नै साना थिए। यो वास्तवमा एउटा नयाँ साम्राज्य नभएर त्यो प्राचीन विश्‍व-शक्‍तिकै एकप्रकारको पुनःस्थापना अथवा अवशेष थियो।

      ४. पूर्वीय साम्राज्यले के के सफलता प्राप्त गऱ्‍यो तर उत्तर अफ्रिका, स्पेन र सिरियामा प्राचीन रोम अधीनस्थ धेरै जसो पहिलेका क्षेत्रहरूलाई के भयो?

      ४ कन्स्टेन्टीनोपलमा केन्द्रित रोमको पूर्वीय साम्राज्य र पश्‍चिमी साम्राज्यबीच एक प्रकारको नाजुक सम्बन्ध कायम रह्‍यो। छैटौं शताब्दीमा पूर्वीय सम्राट जस्टीनियन प्रथमले उत्तर अफ्रिकाको धेरै जसो भागलाई फेरि आफ्नो कब्जामा लिए। उनले स्पेन र ईटालीको मामिलामा दखल दिए। सातौं शताब्दीमा जस्टीनियन द्वितीयले स्लाविक जातिहरूको कब्जामा परेका मेसिडोनी इलाकाहरूलाई फेरि आफ्नै साम्राज्यमा गाभ्न सके। तथापि, आठौं शताब्दीसम्म उत्तर अफ्रिका, स्पेन र सिरियामा पर्ने प्राचीन रोमको आधिपत्यमा रहेका थुप्रै प्रदेशहरू नयाँ इस्लामी साम्राज्यको अधीनमा आइ सकेका थिए। तिनीहरू कन्स्टेन्टिनोपल र रोम, दुवैको वशमा रहेनन्‌।

      ५. सा.यु. ४१०-मा रोमको शहर पराजित भए तापनि रोमी साम्राज्यको राजनैतिक अस्तित्व विश्‍व-मञ्चबाट नामेट हुनका लागि किन अझ धेरै शताब्दी बित्न पऱ्‍यो?

      ५ कन्स्टेन्टिनोपलको शहर चाँहि अझ अलिक बेरसम्म टिक्न सक्यो। फारसी, अरबी, बलगेरी र रूसीहरूले बारम्बार हमला गरे तापनि त्यो तुरुन्तै ढलपल भएन। तर अन्ततः मुसलमानहरूको सट्टा पश्‍चिमका क्रुसेडर्सहरूको सामु १२०३-मा चाहिं त्यो पराजित भयो। सन्‌ १४५३-मा त्यो मुसलमान ओटोमन शासक महम्मद द्वितीयको वशमा आयो र केही समयपछि नै ओटोमन अथवा तुर्की साम्राज्यको राजधानी हुन गयो। यसप्रकार सा.यु. ४१०-मा रोमको पतन भए तापनि कैयौं शताब्दीपछि मात्र रोमी साम्राज्य विश्‍व-मञ्चबाट नामेट हुन सक्यो। तर यसपछि पनि उसको प्रभाव रोममा पोपको शासन र पूर्वीय कट्टर पन्थी चर्चहरूमा आधारित धार्मिक साम्राज्यहरूमा झल्किरह्‍यो।

      ६. कुनकुन नयाँ साम्राज्यहरू उठ्‌न थाले र कुन चाहिंले सबैभन्दा बढी सफलता हासिल गऱ्‍यो?

      ६ तथापि, १५-औं शताब्दीतिर चाहिं कुनै कुनै देशहरूले पूर्णतः नयाँ साम्राज्यहरूको निर्माण गरिरहेका थिए। यीमध्येका केही नयाँ साम्राज्यवादी शक्‍तिहरू रोम कै प्राचीन उपनिवेशहरूमा आधारित थिए। तर तिनीहरू रोमी साम्राज्यको हाँगा चाहिं पटक्कै थिएनन्‌। पोर्तुगाल, स्पेन, फ्रान्स र हलैण्डले टाढा टाढाका क्षेत्रहरूमाथि आधिपत्य जमाउन थाले। तर यीमध्ये सबैभन्दा सफल चाहिं ब्रिटेन भयो। ब्रिटेन अधीनस्थ विशाल साम्राज्यमा ‘सूर्य कहिल्यै डुबेन।’ बेग्लाबेग्लै समयमा यो साम्राज्य उत्तर अमेरिका, अफ्रिका, भारत, दक्षिणपूर्व एसिया र प्रशान्त महासागरका धेरै जसो भागहरूसम्मै फैलिन सक्यो।

      ७. एकप्रकारको द्वैध विश्‍वशक्‍तिको आरम्भ कसरी भयो र यूहन्‍नाको भनाइअनुसार सातौं ‘शिर’ अथवा विश्‍व-शक्‍ति कहिलेसम्म रहने थियो?

      ७ उन्‍नाइसौं शताब्दीसम्म उत्तर अमेरिकाका केही उपनिवेशहरू ब्रिटेनबाट अलग्गिएर स्वतन्त्र संयुक्‍त राज्य अमेरिका बनिसकेको थियो। यो नयाँ राष्ट्र र उसको पुरानो मातृभूमिबीच केही मात्रामा राजनैतिक अमेल रही नै रह्‌यो। तापनि प्रथम विश्‍व-युद्धले दुवै राष्ट्रहरूलाई आफ्नो साझे फायदा हेर्न बाध्य तुल्यायो। यसले गर्दा दुवैबीच एउटा विशेष सम्बन्ध बलियोगरी स्थापित भयो। यसप्रकार एकप्रकारको द्वैध विश्‍व-शक्‍तिको आरम्भ भयो जसमा हाल विश्‍वको सबैभन्दा धनसम्पन्‍न देश, संयुक्‍त राज्य अमेरिका र विश्‍वको सबैभन्दा विशाल साम्राज्यको केन्द्र, ब्रिटेन सामेल थिए। यही नै हो त्यो सातौं ‘शिर’ अथवा विश्‍वशक्‍ति जो यहोवाका साक्षीहरू प्रथमतः स्थापित भएका क्षेत्रहरूमा र अन्तको समयसम्मै कायम रहनेछ। छैटौं शिरको लामो शासनकालको तुलनामा यो सातौं शिर “अलि बेर” अर्थात्‌ सबै राष्ट्रहरूलाई परमेश्‍वरको राज्यले नष्ट नगरुञ्जेलसम्म रहनेछ।

      किन आठौं राजा कहलिएको?

      ८, ९. स्वर्गदूतले रातो रङ्‌गको जनावरलाई के भनेर सम्बोधन गर्छन्‌ र त्यो कुन अर्थमा सातौंबाट आउँछ?

      ८ स्वर्गदूतले यूहन्‍नालाई अझ यसप्रकारको व्याख्या दिन्छन्‌: “औ त्यो जनावर जो हुनालाई त थियो, तर छैन, त्यो आफै पनि सातमध्येबाट निस्केको एउटा आठौं हो, औ त्यो सत्यानाशमा जानेछ।” (प्रकाश १७:११) प्रतीकात्मक रातो रङ्‌गको जनावर ती सात शिर “मध्येबाट निस्कन्छ”; अर्थात्‌ यो रातो रङ्‌गको जनावरको मूल स्रोत नै “समुद्रबाट निस्कने जनावर”-का शिरहरू हुन्‌। यो रातो रङ्‌गको जनावर समुद्रबाट निस्कने जनावरको प्रतिरूप पनि हो। कुन अर्थमा? १९१९-मा एङ्‌गलो अमेरिकी शक्‍ति शासनारूढ शिर थियो। बाँकी छ-वटा शिरहरूको पतन भइसकेको थियो। प्रमुख विश्‍व-शक्‍तिको भूमिका अब यही द्वैध शिरले निभाउन थाल्यो। पङ्‌क्‍तिबद्ध विश्‍व-शक्‍तिहरूको वर्तमान प्रतिनिधि, यो सातौं शिरले नै राष्ट्र संघ स्थापित गर्नमा प्रमुख भूमिका खेल्यो। ऊ आज पनि संयुक्‍त राष्ट्र संघको मुख्य समर्थक र आर्थिक सहयोगको स्रोत छ। अतः त्यो रातो रङ्‌गको जनावर अर्थात्‌ आठौं राजा प्रतीकात्मक तवरमा सात शिरहरू “मध्येबाट निस्केको” हो। यसरी विचार गर्दा यो आठौं शिर ती सातमध्येबाट निस्केको र केही समयअघि प्रकट गरिएअनुसार थुमाको जस्तै दुई सीङ भएको जनावरले (प्रथम जनावरको सातौं शिर अर्थात्‌ एङ्‌गलो अमेरिकी विश्‍व-शक्‍ति) मूर्ति बनाउने र त्यसलाई श्‍वास दिने प्रस्ताव राखेको कुरा जम्मै राम्ररी मिल्दछ।—प्रकाश १३:१, ११, १४, १५.

      ९ यसका साथै, राष्ट्र संघका प्रथम सदस्य राष्ट्रहरूमध्ये ग्रेट ब्रिटेनबाहेक ती सरकारहरू पनि सम्मिलित थिए जसले पहिलेका शिरहरूको राजगद्दीबाट राज्य गर्थे। उदाहरणका लागि, युनान, इरान (पर्सिया) र ईटाली (रोम)। अन्ततः प्रथम छ वटा विश्‍व-शक्‍तिहरूको आधिपत्यमा रहेका इलाकाहरूमाथि शासन गर्ने सरकारहरू पनि उक्‍त जनावरको मूर्तिलाई सहयोग पुऱ्‍याउने सदस्यहरू हुन गए। यस अर्थमा पनि त्यो रातो रङ्‌गको जनावर सात वटा विश्‍व-शक्‍तिहरूबाट उत्पन्‍न भएको हो भन्‍न सकिन्छ।

      १०. (क) रातो रङ्‌गको जनावर “आफै पनि एउटा आठौं राजा हो” भन्‍नु किन मिल्छ? (ख) पहिलेको सोभियत संघका एक जना नेताले संयुक्‍त राष्ट्र संघका लागि आफ्नो समर्थन कसरी व्यक्‍त गरे?

      १० यहाँ ध्यान दिनु पर्ने अर्को कुरा के छ भने त्यो रातो रङ्‌गको जनावर “आफै पनि एउटा आठौं” राजा हो। तसर्थ, आज संयुक्‍त राष्ट्र संघलाई एउटा विश्‍व-सरकारको रूप दिएको छ। उसले समय समयमा विश्‍व-सरकारले झैं काम पनि गरेको छ। उसले कोरिया, सिनै प्रायद्वीप, केही अफ्रिकी देशहरू र लेबनोनजस्ता ठाउँहरूमा अन्तर्राष्ट्रिय झगडाहरूको समाधान गर्न सेनाहरू पनि पठाउने गरेको छ। तर ऊ राजाको मूर्ति मात्र हो। कुनै एउटा धार्मिक मूर्ति जस्तै। त्यसले त्यति मात्र शक्‍ति वा प्रभुत्व जमाउन सक्छ जति त्यसलाई बनाउने र उपासना गर्नेहरूले दिएको हुन्छ। कहिलेकाहीं यो प्रतीकात्मक जनावर कमजोर पनि देखिन्छ; तापनि तानाशाही प्रवृत्ति हुने सदस्य राष्ट्रहरूले राष्ट्र संघलाई चारैतिरबाट त्यागेर अगाध खाँदभित्र लरखऱ्‍याउँदै खसाइ दिएको जस्तै आजसम्म संयुक्‍त राष्ट्र संघलाई चाहिं भएको छैन। (प्रकाश १७:८) अन्य क्षेत्रहरूमा पूर्णतः बेग्ला-बेग्लै दृष्टिकोण भए तापनि १९८७-मा पहिलेको सोभियत संघका एक जना प्रमुख नेताले रोमका पोपहरूसित मिलेर संयुक्‍त राष्ट्र संघप्रति समर्थन व्यक्‍त गरे। उनले संयुक्‍त राष्ट्र संघमा आधारित “अन्तर्राष्ट्रिय सुरक्षाको व्यापक व्यवस्था” स्थापित गर्ने आह्वान पनि गरे। यूहन्‍नालाई अब चाँडै थाह लाग्ने छ कि संयुक्‍त राष्ट्र संघले निकै नै अख्तियारसाथ कदम चाल्नेछ। त्यसपछि त्यो “सत्यानाशमा” जानेछ।

      एक घण्टाका लागि दश राजाहरू

      ११. प्रतीकात्मक रातो रङ्‌गको जनावरमाथि भएका दशवटा सीङहरूबारे यहोवाको स्वर्गदूतले के भन्छन्‌?

      ११ प्रकाशको पुस्तकको अघिल्लो अध्यायमा छैटौं र सातौं स्वर्गदूतहरूले परमेश्‍वरको क्रोधका कचौराहरू खन्याएका थिए। पृथ्वीका राजाहरू अब आरमागेडोनमा परमेश्‍वरको युद्धका लागि एकत्रित गराइँदैछन्‌ र ‘परमेश्‍वरको दृष्टिमा महान बेबिलोनको सम्झना’ गरिनेछ भनेर हामीलाई सूचित गराइएको थियो। (प्रकाश १६:१, १४, १९) अब यिनीहरूमाथि परमेश्‍वरको न्याय कार्यान्वयनको विस्तृत विवरण हामीलाई थाह हुनेछ। सुन्‍नुहोस्‌, यहोवाको स्वर्गदूतले यूहन्‍नालाई के भन्छन्‌: “औ तिमीले देखेका ती दशवटा सीङचाहिं दश राजाहरू हुन्‌, जसले अहिलेसम्म राज्य पाएका छैनन्‌। तर ती जनावर सँगसँगै तिनीहरूले एक घण्टाको निम्ति राजाजस्तै अख्तियार पाउँछन्‌। तिनीहरू एउटै मनका छन्‌। तिनीहरू आफ्ना शक्‍ति र अख्तियार त्यस जनावरलाई दिन्छन्‌। यिनीहरूले थुमाको विरुद्धमा युद्ध गर्नेछन्‌, र थुमाले तिनीहरूलाई जित्नुहुनेछ। किनकि उहाँ प्रभुहरूका महाप्रभु र राजाहरूका महाराजा हुनुहुन्छ। बोलावट भएका, चुनिएका र विश्‍वासीहरू जो उहाँका साथमा आउँछन्‌, उनीहरूले पनि तिनीहरूलाई जित्नेछन्‌।’ ”—प्रकाश १७:​१२-१४.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने