प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ख्रीष्टको छुडौती-परमेश्‍वरको छुटकारा दिने तरिका
    प्रहरीधरहरा—१९९९ | फेब्रुअरी १५
    • “वचन[मा]” उहाँले हामीलाई अह्राउनुभएको यो काम जोससाथ पूरा गर्नु समावेश छ: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ।” (मत्ती २८:१९) येशूप्रति आज्ञाकारी हुन हामीले आफ्ना भाइबहिनीहरूलाई प्रेम गर्नु पनि आवश्‍यक छ।—यूहन्‍ना १३:३४, ३५.

      २१. हामी अप्रिल १, १९९९ मा स्मरणार्थमा किन उपस्थित हुनुपर्छ?

      २१ छुडौतीको मूल्यांकन गर्ने एउटा उत्तम तरिका येशूको मृत्युको स्मरणार्थ उत्सवमा उपस्थित हुनु हो। यो वर्ष उक्‍त उत्सव अप्रिल १ तारिख पर्नेछ।a यो पनि येशूको “वचन[को]” भाग नै हो किनकि येशूले यस उत्सवको स्थापना गर्नुहुँदा आफ्ना चेलाहरूलाई यस्तो आज्ञा दिनुभयो: “मेरो सम्झनामा यो गर्नेगर।” (लूका २२:१९) हामी यो महत्त्वपूर्ण अवसरमा उपस्थित भएर अनि येशूले अह्राउनुभएका सबै कुरा ध्यान दिएर येशूको छुडौती परमेश्‍वरले छुटकारा दिनुहुने तरिका हो भन्‍ने दृढ विश्‍वास प्रदर्शित गर्छौं। साँच्चै, ‘अरू कसैबाट मुक्‍ति पाउन सक्दैनौं।’—प्रेरित ४:१२.

      [फुटनोट]

  • प्रेमको मार्ग कहिल्यै टल्दैन
    प्रहरीधरहरा—१९९९ | फेब्रुअरी १५
    • प्रेमको मार्ग कहिल्यै टल्दैन

      “अझ उच्च वरदानहरूका निम्ति उत्कट इच्छा गर। औ म तिमीहरूलाई अझै उत्तम मार्ग बताउँछु।”—१ कोरिन्थी १२:३१.

      १-३. (क) प्रेम व्यक्‍त गर्न सिक्नु भनेको कसरी नयाँ भाषा सिक्नु जस्तै हो? (ख) कुन कुराहरूले प्रेम व्यक्‍त गर्न सिक्नु चुनौती हुनसक्छ?

      के तपाईंले कहिल्यै नयाँ भाषा सिक्ने कोसिस गर्नुभएको छ? पक्कै पनि सजिलो त छैन! निस्सन्देह, सानो बालकले अरू बोलेको सुनेर पनि भाषा सिक्नसक्छ। उसको दिमागले अरू बोलेको सुन्‍नुका साथै बुझ्छ पनि। फलतः उसले केही समयभित्रै ती शब्दहरू स्पष्टसित भन्‍नसक्छ। सायद दोहऱ्‍याइ तेहऱ्‍याइ पनि भन्‍नसक्छ। तर वयस्कहरूसँग त्यस्तो क्षमता हुँदैन। विदेशी भाषाका केही आधारभूत वाक्यांशहरू सिक्न हामी विदेशी भाषाको शब्दकोश दोहऱ्‍याइ तेहऱ्‍याइ पल्टाउँछौं। यद्यपि, समयको दौडान नयाँ भाषा सिकेपछि हामी त्यही भाषामा सोचविचार गर्न थाल्छौं र त्यो भाषामा कुरा गर्न सजिलो हुन्छ।

      २ प्रेम व्यक्‍त गर्न सिक्नु भनेको नयाँ भाषा सिक्नु जस्तै हो। हो, मानिसजातिले केही हदसम्म यो ईश्‍वरीय गुन वंशानुगत पाएका हुन्छन्‌। (उत्पत्ति १:२७; १ यूहन्‍ना ४:८ तुलना गर्नुहोस्‌।) तैपनि, स्वाभाविक प्रेम प्रायः हराइसकेको आजको दुनियाँमा प्रेम व्यक्‍त गर्नु निकै प्रयत्न गर्नुपर्छ। (२ तिमोथी ३:१-५) परिवारभित्र पनि यस्तो अवस्था हुनसक्छ। हो, थुप्रै व्यक्‍तिहरूले कठिन परिस्थितिमा बाल्याकाल गुजारेका हुन्छन्‌ र तिनीहरूले मायालु शब्द यदाकदा मात्र सुन्‍न

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने