प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ७५
  • हामी आनन्दित हुनुको कारण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी आनन्दित हुनुको कारण
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • हामी आनन्दित हुनुको कारण
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • गर्छु इच्छा तिम्रो
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • आनन्द परमेश्‍वरबाट पाइने गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • खुसी सधैँभरि
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ७५

गीत ७५

हामी आनन्दित हुनुको कारण

छापिएको संस्करण

(मत्ती ५:१२)

१. दिन प्रतिदिन बढ्‌दै छ हेर,

आनन्द र खुसी हाम्रो।

जाति जातिका असल व्यक्‍ति

ओइरिंदै छन्‌ हामीमाझ।

अनन्त छ हाम्रो आनन्द,

याहको वचनले दिने।

शिक्षा उनको सिक्छौं दिन दिनै;

विश्‍वासलाई बलियो पार्ने।

हो हाम्रो आनन्द छ पक्का,

मुटुमा ज्वालाझैं बल्छ।

परीक्षा र दुःख त आउँछन्‌

तर शक्‍ति या’ले दिन्छन्‌।

(कोरस)

यहोवा नै हुन्‌ है

हाम्रो आनन्द र खुसीको मूल।

याहका विचार कति छन्‌ उच्च;

उनका कार्य कति महान्‌।

२. ती धर्ती, गगन अनि सागर;

कति सुन्दर याहका काम।

सृष्टिलाई नियाल्दै उनैको,

गर्दछौं प्रशंसा हामी।

फैलाउँछौं समाचार जोडतोडले,

भन्दै, “आयो राज्य या’को”;

यसले ल्याउँछ आशिष्‌ प्रशस्तै।

घोषणा हो यो खुसीको।

रातपछि दिन आएझैं आयो,

आनन्द हेर सदाको।

नयाँ स्वर्ग अनि पृथ्वीले

ल्याउनेछ बहार खुसीको।

(कोरस)

यहोवा नै हुन्‌ है

हाम्रो आनन्द र खुसीको मूल।

याहका विचार कति छन्‌ उच्च;

उनका कार्य कति महान्‌।

(व्यव. १६:१५; यशै. १२:६; यूह. १५:११ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने