प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 मे पृ. ३२
  • प्रशस्त फसल!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रशस्त फसल!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • मिल्दोजुल्दो सामग्री
  • सुसमाचार प्रचार गर्ने तरिकाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • प्याराग्वेको अन्कन्टार इलाकामा गरिएको सेवा फलदायक भएको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • के तपाईंको व्यक्‍तिगत इलाका छ?
    हाम्रो राज्य सेवकाई—२००६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 मे पृ. ३२
सन्‌ २०१२ मा युक्रेनको निज्न्‌या अप्शामा भएको अधिवेशन

सन्‌ २०१२ मा युक्रेनको निज्न्‌या अप्शामा भएको अधिवेशन

प्रशस्त फसल!

आफ्ना चेलाहरूले अन्तको समयमा प्रशस्त फसल बटुल्नेछन्‌ भनेर येशूले भविष्यवाणी गर्नुभयो। (मत्ती ९:३७; २४:१४) यी शब्दहरू युक्रेनको ट्रान्सकारपाथीयामा कसरी अद्‌भुत ढङ्‌गमा पूरा भइरहेको छ, हेरौँ। यस इलाकामा पर्ने तीन वटा सहरमा मात्र ५० वटा मण्डली र ५,४०० भन्दा धेरै प्रकाशकहरू छन्‌।a आसपास रहेका यी तीन वटा सहरको कुल जनसङ्‌ख्यामध्ये एक चौथाइ मानिसहरू यहोवाका साक्षी हुन्‌।

यस इलाकाका मानिसहरू सुसमाचारप्रति कस्तो प्रतिक्रिया देखाउँछन्‌? “यहाँका मानिसहरू बाइबलको आदर गर्छन्‌, न्यायप्रेमी छन्‌, उनीहरूको पारिवारिक सम्बन्ध बलियो छ अनि एक-अर्कालाई साँच्चै मदत गर्ने प्रयास गर्छन्‌” भनी भासिल नाम गरेका एक जना स्थानीय भाइ बताउँछन्‌। तिनी अझै यसो भन्छन्‌: “हुनत उनीहरू हाम्रो कुरामा सधैँ सहमत हुँदैनन्‌। तर बाइबलबाट केही कुरा देखाउँदा भने ध्यान दिएर सुन्छन्‌।”

प्रकाशकहरू धेरै भएको यस्तो इलाकामा प्रचार गर्दा हाम्रा भाइबहिनीहरूले सामना गर्ने चुनौती अलि फरक किसिमको छ। उदाहरणको लागि, एउटा मण्डलीमा १३४ जना प्रकाशकहरू छन्‌ तर त्यो मण्डलीको इलाकामा ५० वटा मात्र घर छन्‌। यस्तो अवस्थामा प्रकाशकहरूले कसरी प्रचार गर्छन्‌?

थुप्रै भाइबहिनीहरू आवश्‍यकता धेरै भएको इलाकामा सेवा गर्न अग्रसर हुन्छन्‌। नब्बे वर्षीय योनाश यसो भन्छन्‌: “हाम्रो मण्डलीको इलाकामा एक जना प्रकाशकको भागमा दुई वटा घर पर्छ। हिजोआज म आफ्नो गाउँतिरै प्रचार गर्छु। किनकी अहिले मेरो स्वास्थ्य त्यति राम्रो छैन। पहिला म १६० किलोमिटर यात्रा गरेर कुनै मण्डलीलाई नखटाइएको इलाकामा जान्थेँ अनि त्यहाँ हङ्‌गेरियन भाषामा प्रचार गर्थेँ।” टाढाको इलाकामा गएर प्रचार गर्न प्रकाशकहरूले त्यागहरू गर्नुपर्ने हुन्छ। योनाश अझै यसो भन्छन्‌: “बिहान समयमै रेल चढ्‌न म ४ बजे उठ्‌थेँ अनि साँझ ६ बजेसम्म प्रचार गर्थेँ किनभने घर फर्किने रेल त्यतिबेलै चल्थ्यो। म हप्ताको दुई-तीन पटक त्यसै गर्थेँ।” यस्तो प्रयास गरेकोमा तिनलाई कस्तो लाग्छ? तिनी भन्छन्‌: “यसरी प्रचार गर्दा मलाई निकै रमाइलो लाग्यो। मैले टाढाको इलाकामा बस्ने एउटा परिवारलाई सत्य सिक्न मदत गर्न सकेँ।”

यहाँका मण्डलीका सबै जना टाढा-टाढा यात्रा गर्न त सक्दैनन्‌। तर पाका प्रकाशकहरूलगायत सबै जनाले आफ्नो मण्डलीको इलाका ढाक्न सक्दो प्रयास गर्छन्‌। फलस्वरूप सन्‌ २०१७ मा यी तीन वटा सहरको स्मरणार्थ उपस्थिति प्रकाशकहरूको सङ्‌ख्याभन्दा दुई गुणा थियो। यो सङ्‌ख्या ती सहरहरूको कुल जनसङ्‌ख्याको आधा हुन आउँछ। हो, हामी जहाँसुकै सेवा गरे पनि “प्रभुको काममा सधैँ व्यस्त” रहन सक्छौँ।—१कोरि. १५:५८.

a ती सहरको नाम लिबोकी पोतिक, सेरेद्‌नी भोद्याना र निज्न्‌या अप्शा हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने