प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwhf लेख १
  • रिसलाई कसरी काबूमा राख्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रिसलाई कसरी काबूमा राख्ने?
  • परिवारका लागि
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँले के बुझ्नुपर्छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • बाइबलले रिसबारे के भन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • विवाहित जोडीबीच मतभेद खडा हुँदा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • रिसले तपाईंलाई नपछारोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • “मान्छेको सुझबुझले उसको रिस धीमा पार्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
परिवारका लागि
ijwhf लेख १
आफू भाँडा धोइरहेको बेला श्रीमान्‌ टिभी हेरेर बसिरहेको देखेर रिसाउँदै एक श्रीमती

परिवारका लागि

रिसलाई कसरी काबूमा राख्ने?

तपाईँको जीवनसाथीले तपाईँलाई रिस उठ्‌ने कुनै कुरा भन्लान्‌ वा गर्लान्‌। त्यतिबेला तपाईँ आफ्नो रिसलाई मनमै दबाएर राख्ने प्रयास गर्नुहुन्छ। तर तपाईँको श्रीमान्‌ वा श्रीमतीले तपाईँ चुपचाप बसेको देखेर नानाथरी कुरा सोध्न थाल्छन्‌। तपाईँको पारो तात्तिन थाल्छ। त्यस्तो अवस्थामा तपाईँ कसरी आफ्नो रिस काबूमा राख्न सक्नुहुन्छ?

  • तपाईँले के बुझ्नुपर्छ?

  • तपाईँ के गर्न सक्नुहुन्छ?

तपाईँले के बुझ्नुपर्छ?

  • रिसलाई काबूमा नराख्दा यसले तपाईँको स्वास्थ्यमा असर गर्न सक्छ। अनुसन्धानले देखाएअनुसार रिसलाई काबूमा नराख्दा उच्च रक्‍तचाप, मुटुको रोग र डिप्रेसनजस्ता समस्या निम्तिन सक्छ र पाचन प्रणालीमा पनि गडबडी हुन सक्छ। साथै रिसलाई काबूमा नराख्दा निद्रा नलाग्ने, अचाक्ली चिन्ता लाग्ने, छालाका रोगहरू देखा पर्ने र मस्तिष्कघात समेत हुन सक्छ। त्यसैले त बाइबल यसो भन्छ: “रिसाउन छोड्‌ ... यसले खराबी गर्नतिर ढल्काउँछ।”—भजन ३७:८.

  • रिसलाई दबाएर राख्नु पनि हानिकारक हुन सक्छ। मनमा लामो समयसम्म रिस दबाएर राख्छौँ भने त्यो एउटा यस्तो रोगजस्तो हो, जुन रोगले हामीलाई भित्रभित्रै खान्छ। जस्तै: तपाईँमा शङ्‌कालु हुने वा अरूप्रति आलोचनात्मक हुने मनोवृत्ति विकास हुन सक्छ। यस्तो मनोवृत्तिले तपाईँलाई अनि तपाईँको वैवाहिक सम्बन्धलाई गम्भीर हानि पुऱ्‍याउन सक्छ।

तपाईँ के गर्न सक्नुहुन्छ?

  • आफ्नो जीवनसाथीको असल गुणहरूमा ध्यान दिनुहोस्‌। आफ्नो जीवनसाथीको सबैभन्दा मनपर्ने तीन वटा गुणको सूची बनाउनुहोस्‌। अर्को पटक तिनले भनेको वा गरेको कुनै कुराले गर्दा रिस उठ्‌दा तपाईँले सूचीमा राख्नुभएका ती गुणहरू सम्झनुहोस्‌। यसले तपाईँलाई आफ्नो रिस काबूमा राख्न मदत गर्नेछ।

    बाइबलको सिद्धान्त: “तिमीहरू कृतज्ञ छौ भनी देखाओ।”—कलस्सी ३:१५.

    आफू बिरामी हुँदा श्रीमान्‌ले घरको काममा सघाएको, आफ्नो कुरा सुनेको र ख्याल राखेको सम्झँदै एक व्यस्त श्रीमती
  • क्षमा दिनुहोस्‌। पहिलो, आफ्नो जीवनसाथीको दृष्टिकोण बुझ्ने कोसिस गर्नुहोस्‌। यसले तपाईँलाई समानुभूति विकास गर्न मदत गर्नेछ र यस गुणलाई बाइबलमा ‘एकै मनका हुनु’ भनिएको छ। (१ पत्रुस ३:८) अर्को कुरा, आफैलाई सोध्नुहोस्‌: ‘मलाई जुन कारणले रिस उठेको हो, के त्यो कारण क्षमा नै दिन नसक्ने हदसम्मको गम्भीर छ?’

    बाइबलको सिद्धान्त: “दोषको वास्ता नगर्नु मानिसको गौरव हो।”—हितोपदेश १९:११.

  • आफ्नो भावना दयालु र आदरपूर्वक व्यक्‍त गर्नुहोस्‌। बोल्दा “म” वा “मलाई” जस्ता अभिव्यक्‍तिहरू चलाउनुहोस्‌। उदाहरणको लागि, “तिमी एकदमै लापरबाही छ्यौ! कम से कम कहाँ गएको हो भनेर खबर त गर्नुपर्छ!” भन्‍नुको सट्टा यसो भन्‍नुहोस्‌: “तिमी अहिलेसम्म पनि घर नआइपुगेकोले मलाई चिन्ता लाग्यो!” यसरी नम्र भएर कुरा गर्दा आफ्नो रिसलाई काबूमा राख्न सक्नुहुन्छ।

    बाइबलको सिद्धान्त: “तिमीहरूको बोली सधैं नुनले स्वादिलो पारेको जस्तो दयालु होस्‌।”—कलस्सी ४:६.

  • ध्यान दिएर सुन्‍नुहोस्‌। आफ्नो कुरा बताइसकेपछि जीवनसाथीलाई तिनको कुरा बताउने मौका दिनुहोस्‌। तिनले आफ्नो कुरा सबै बताइसकेपछि तिनको कुरामा एकछिन विचार गर्नुहोस्‌; यसो गर्दा तिनले भनेको कुरा साँच्चै बुझ्यो कि बुझेन भनेर थाह पाउन सक्नुहुन्छ। हुन त यसरी अरूको कुरा सुन्‍नु सानो कुरा जस्तो देखिएला तर यसो गर्दा रिसलाई काबूमा राख्न ठूलो मदत पाउनुहुनेछ।

    बाइबलको सिद्धान्त: “चनाखो भई सुन्‍नुपर्छ, बोल्न हतार गर्नुहुँदैन।”—याकूब १:१९.

टिम र जेनिफर

“मनमा रिस पालेर बस्नुहुन्छ भने समस्या झन्‌झन्‌ बढ्‌दै जान्छ र अन्तमा रिसको बाँध टुट्‌छ। त्यसैले एकअर्काप्रति आदर देखाउँदै समस्याबारे कुरा गर्नु राम्रो हो। समस्याबारे कुराकानी गरिसकेपछि म र मेरो श्रीमान्‌ एकअर्कालाई यसो भन्‍ने गर्छौँ: ‘ल, अब हामी फेरि साथी है!’”—आफ्ना श्रीमान्‌ टिमसित जेनिफर।

जेड र कोरे

“मलाई मेरो श्रीमान्‌को एकदमै मनपर्ने कुरा भनेको उहाँ सधैँ मेरो कुरा सुन्‍नुहुन्छ र मैले कुनै चिन्ता व्यक्‍त गर्दा त्यसबारे गम्भीरतासाथ विचार गर्नुहुन्छ। कुनै कुरामा मसित सहमत नभए पनि उहाँ मेरो दृष्टिकोण बुझ्ने प्रयास गर्नुहुन्छ। मेरो सोच्ने तरिका नै ठीक छैन जस्तो उहाँ कहिल्यै देखाउन खोज्नुहुन्‍न।”—आफ्ना श्रीमान्‌ कोरेसित जेड।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने