प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 अगस्त पृ. ७
  • पंजाबीमा द वाचटावर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पंजाबीमा द वाचटावर
  • हाम्रो राज्य सेवकाई—१९९५
हाम्रो राज्य सेवकाई—१९९५
km95 अगस्त पृ. ७

पंजाबीमा द वाचटावर

सोसाइटीले अगस्त १, १९९५ देखि पंजाबीमा द वाचटावर प्रकाशित गर्दैछ भनी घोषणा गर्न पाएकोमा हामी खुशी छौं।

पंजाबी भाषामा द वाचटावर मासिक रूपमा प्रकाशित हुनेछ र यसको शीर्षक पेहेराबुरुज रहनेछ। मण्डलीहरूले अहिलेदेखि नै पत्रिकाको लागि अर्डर दिनसक्छन्‌ र प्रकाशकहरूले ग्राहकहरू पनि बनाउनसक्छन्‌। अन्य मासिक संस्करणहरूजस्तै एक वर्षको चन्दास्वरूप रु. ३५.०० लिइनेछ तर यसको अर्धवार्षिक ग्राहक सुविधा उपलब्ध हुनेछैन। एउटा प्रतिको मूल्य रु. ३.०० हुनेछ।

अगस्त १ को अंक पथप्रदर्शकजस्तै हुने भएकोले केही महिनाअघिका द वाचटावर-को अंग्रेजी तथा भारतीय भाषाहरूमा प्रकाशित अध्ययन लेखहरू त्यसमा हुनेछन्‌। अतः ती लेखहरू अध्ययन गरिसकिएका छन्‌। सेप्टेम्बर १, १९९५ देखि पेहेराबुरुज-का अध्ययन लेखहरू अन्य संस्करणका तालिकाअनुसार हुनेछन्‌ (हरेक पेहेराबुरुज-मा चार वा पाँचवटा अध्ययन लेखहरू हुनेछन्‌)। तसर्थ, मण्डली प्रहरीधरहरा अध्ययनमा पेहेराबुरुज प्रयोग गर्न चाहने मण्डली तथा प्रकाशकहरूले अक्टोबर ९, १९९५ मा सुरु हुने हप्तादेखि त्यो चलाउन सक्नेछन्‌।

त्यतिन्जेल पेहेराबुरुज वितरणलगायत ग्राहकहरू उपलब्ध गर्न हामी तपाईंहरूलाई सकारात्मक हुन प्रोत्साहन दिन चाहन्छौं। द वाचटावर-ले निकट भविष्यमा यहोवाको राज्यद्वारा मानवजातिलाई दिने छुटकाराको समाचार दिन्छ। त्यसैले यो जीवनदायी पत्रिका हो। पेहेराबुरुज भारतमा अनुवादित द वाचटावर-को दशौं भाषा हो र यस अद्‌भुत प्रबन्धको लागि हामी यहोवालाई धन्यवाद दिन्छौं। यो पत्रिका प्रचार कार्यका साथै मण्डलीका भाइहरूलाई परिपक्वतातर्फ बढ्‌न प्रभावकारी साबित हुनेछ भनी हामी प्रार्थना गर्छौं। तपाईं यसलाई पूर्ण सदुपयोग गर्न खुशी हुनुहुनेछ र यसो गर्दा प्रशस्त आशिष्‌हरू प्राप्त गर्नुहुनेछ भनेर हामी निर्धक्क छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने