-
डिसेम्बर महिनाका लागि सेवा सभाहरूराज्य सेवकाई—१९९४ | डिसेम्बर
-
-
डिसेम्बर महिनाका लागि सेवा सभाहरू
डिसेम्बर ५ मा सुरु हुने हप्ता
गीत ६८ (३४)
१२ मि:स्थानीय घोषणाका साथै हाम्र राज्य वकाई बाट उपयुक्त घोषणाहरू। ताजा पत्रिकाहरू प्रस्तुत गर्दा देखाउन सकिने एक दुइटा प्रभावशाली लेखहरू औंल्याउनुहोस्। दक्ष प्रकाशकलाई तीमध्ये एउटा लेख चलाउन लगाएर एउटा प्रस्तुति प्रदर्शित गराउनुहोस्।
१५ मि:“ध्यानपूर्वक अनुकरण गर्नुपर्ने नमूना।” प्रश्नोत्तर।
१८ मि:“महान पुरुषको अनुसरण गर्न अरूलाई निमन्त्रित गर्नुहोस्।” श्रोतागणसित छलफल। दुई वटा छोटो प्रदर्शनीहरूको प्रबन्ध गर्नुहोस्। घर-घरको सही रेकर्ड राख्न जोड दिनुहोस्; क-कस्ता जानकारी रेकर्ड गर्नुपर्छ, छोटकरीमा पुनरावलोकन गर्नुहोस्।
गीत १५३ (४४) र समापन प्रार्थना।
डिसेम्बर १२ मा सुरु हुने हप्ता
गीत ८६ (४५)
१३ मि:स्थानीय घोषणाहरू। लेखा रिपोर्ट र चन्दा प्राप्तिको रसिद भए पढेर सुनाउनुहोस्। क्रिसमस वा नयाँ वर्षजस्ता संसारिक उत्सवहरूमा शुभकामना व्यक्त गर्दा कस्तो प्रत्युत्तर दिनुपर्छ, सो सम्बन्धमा केही सुझावहरू दिनुहोस्। “छुट्टिको समयमा साक्षी दिने” पेटी छलफल गर्नुहोस्।
१४ मि:“आफ्नो शिक्षाको विषयमा होशियार रह।” स्कूल निरीक्षकद्वारा भाषण। “सन् १९९५ का लागि ईश्वरतान्त्रिक सेवकाई पाठशालाको तालिका” मा दिइएका निर्देशनहरूको पुनरावृत्ति गर्नुहोस् र मण्डलीका लागि विशेषगरि आवश्यक पर्ने सम्झौटाहरू औंल्याउनुहोस्।
१८ मि:“परमेश्वरको भवनप्रति मूल्याङ्कन जाहेर गर्नुहोस्।” प्रश्नोत्तर। सभाहरू धाउन समयनिष्ठ हुनु पर्ने सम्बन्धमा थप टिप्पणीहरू गर्नुहोस्।—द वाचटावर, जून १५, १९९०, पृष्ठ २६-९ हेर्नुहोस्।
गीत ९९ (३३) र समापन प्रार्थना।
डिसेम्बर १९ मा सुरु हुने हप्ता
गीत ७८ (११२)
१० मि:स्थानीय घोषणाहरू। आउँदा छुट्टिहरूमा क्षेत्र सेवामा भाग लिन गरिएको स्थानीय प्रबन्धहरूको पुनरावृत्ति गर्नुहोस्। स्थानीय इलाकामा ताजा पत्रिकाहरू प्रस्तुत गर्न मिल्ने तरिकाहरू सुझाव दिनुहोस्।
२० मि:“भविष्यसूचक वचनमाथि ध्यान दिनुहोस्।” परिशिष्टाङ्क लेख। प्राचीनद्वारा अनुच्छेद १-८ को प्रश्नोत्तर छलफल। उद्धृत शास्त्रपदहरूको प्रयोगमाथि छलफल गर्नुहोस्।
१५ मि:“अनवरत उन्नतिले गर्दा राज्य भवनहरूको मागमा वृद्धि।” परिशिष्टाङ्क लेखको प्रश्नोत्तर चर्चा। “राज्य भवन कसरी प्राप्त गर्ने” शीर्षक भएको पेटीका बुँदाहरू दोहोऱ्याउँदै लेखको सार बताउनुहोस्।
गीत २२ (९१) र समापन प्रार्थना।
डिसेम्बर २६ मा सुरु हुने हप्ता
गीत ७४ (४१)
५ मि:स्थानीय घोषणाहरू। तपाईंको मण्डलीको लागि उपयुक्त भएमा “के तपाईंको सभाहरूको समय परिवर्तन हुनेछ?” छलफल गर्नुहोस्।
२० मि:“भविष्यसूचक वचनमाथि ध्यान दिनुहोस्।” परिशिष्टाङ्क लेख। प्राचीनद्वारा अनुच्छेद ९-१३ को प्रश्नोत्तर छलफल। मण्डली पुस्तक अध्ययनका लागि तयारी गर्ने, नियमित रूपमा उपस्थित हुने र भाग लिने आवश्यकतामाथि जोड दिनुहोस्। यी आखिरी दिनमा हाम्रो निर्देशनका लागि अत्यावश्यक आध्यात्मिक निर्देशनप्रति मूल्याङ्कन व्यक्त गर्नुहोस्।
१० मि:“उहाँको अनुयायी बन्न तिनीहरूलाई आग्रह गर्नुहोस्।” श्रोतागणसित छलफल गर्नुहोस्। एउटा छोटो प्रदर्शनी गराउनुहोस्। हरेक हप्ता क्षेत्र सेवकाईमा जाँदा पुनःभेटहरूका लागि केही समय छुट्ट्याउने सुझाव सबैलाई दिनुहोस्।
१० मि:जनवरी महिनामा प्रस्तुत गरिने साहित्यहरूका लागि तयारी गर्नुहोस्। सोसाइटीले दिएको सूचीमा पर्ने कुनै पनि १९२ पृष्ठे पुरानो पुस्तकहरूको विशेष प्रस्तुति। स्थानीय तवरमा स्टकमा उपलब्ध पुस्तकहरूका लागि एक दुई वटा उपयुक्त प्रस्तुतिहरू तयारी गर्नुहोस्। प्रस्तुतिहरू व्यवहारिक र घर-घरमा कसरी पुस्तकहरू दिन सकिन्छ भनी देखाउन सक्ने किसिमको हुनुपर्छ। रीजनिङ्ग पुस्तकको पृष्ठ ९-१५ हेरेर प्रस्तुतिहरू तयार गर्ने हेक्का पाउन सकिन्छ। एक दक्ष प्रकाशकलाई प्रस्तुति प्रदर्शित गराउनुहोस्।
गीत ९४ (५९) र समापन प्रार्थना।
-
-
मण्डली पुस्तक अध्ययनराज्य सेवकाई—१९९४ | डिसेम्बर
-
-
मण्डली पुस्तक अध्ययन
प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तकको मण्डली अध्ययन तालिका।
देखि: सम्म:
डिसेम्बर ५: पृ. ३९, ¶७ पृ. ४३, ¶७
डिसेम्बर १२: पृ. ४३, ¶८ पृ. ४७, ¶२३
डिसेम्बर १९: पृ. ४७, ¶१ पृ. ५०, ¶१४
डिसेम्बर २६: पृ. ५१, ¶१५ पृ. ५५, ¶५
-
-
अगस्त महिनाको सेवा रिपोर्टराज्य सेवकाई—१९९४ | डिसेम्बर
-
-
अगस्त महिनाको सेवा रिपोर्ट
औ औ औ औ
सङ्ख्या: घ पत्रि पु.भे. बा.अ.
वि. अग्र. ३०९ १३६.९ ४५.२ ४९.१ ७.३
अग्र ७२८ ८३.३ ३३.६ २५.६ ४.४
स.अग्र. ५१५ ६४.० ३२.८ १४.३ २.०
प्रका. १२,१५२ ९.६ ४.० २.७ ०.५
जम्मा १३,७०४ बप्तिस्माप्राप्त: ५६
-
-
के तपाईंको सभाहरूको समय परिवर्तन हुनेछ?राज्य सेवकाई—१९९४ | डिसेम्बर
-
-
के तपाईंको सभाहरूको समय परिवर्तन हुनेछ?
एउटै राज्य भवन चलाउने दुई वा दुईभन्दा बढी मण्डलीहरूले आलोपालो सभाहरूको समय परिवर्तन गर्न वा काँटछाँट गर्न सहमत भएका छन् भने, सो काम जनवरीको प्रारम्भमै गर्नुपर्छ। पहिल्यै निर्णय गरिसकेको प्रबन्धअनुसार चल्ने इच्छुकता देखाउँदा त्यसले आपसी प्रेम र समझदारिता प्रदर्शन गर्छ। सभाहरूको समय परिवर्तन गर्नु प्रायः तपाईंको लागि लाभदायी र सभाहरूमा उपस्थित हुन अझ सजिलो हुनेछ।
अर्को तर्फ, यस वर्ष हुने परिवर्तन तपाईंको तालिकासँग जुध्न सक्छ। र यसले गर्दा पहिले त्यति निश्चित नभइसकेका सामान्य तालिकामा केही संशोधन गर्नुपर्ने हुनसक्छ। तर सबै जना सहयोग गर्न इच्छुक भएमा सम्पूर्ण प्रबन्धप्रति मूल्याङ्कन प्रदर्शित हुनेछ। फलतः सो प्रबन्धमा समाविष्ट सबैलाई त्यसले पारस्पारिक लाभ पुऱ्याउँछ।
निस्सन्देह, अर्को पटक सभाको समय हेरफेर गर्दा तपाईंले चाहे जस्तै हुनसक्छ। तर त्यतिन्जेल मण्डलीले निर्णय गरेको तालिकाअनुसार सबै साप्ताहिक सभाहरूमा उपस्थित हुन आवश्यक व्यक्तिगत काँटछाँट गर्नुहोस् भनी प्रोत्साहन दिन्छौं। भजनरचयिता दाऊदको जस्तो दृष्टिकोण राख्ने प्रयत्न गर्नुहोस्, जसले यसो भने: “जब तिनीहरूले मलाई भने, ‘परमप्रभुको भवनमा जाऔं।’ तब म रमाएँ।”—भजन. १२२:१.
-