-
फल—असल र खराबप्रहरीधरहरा—१९९४ | मार्च १
-
-
[अध्ययनका लागि प्रश्नहरू]
-
-
राष्ट्रहरूसँग यहोवाको विवादप्रहरीधरहरा—१९९४ | मार्च १
-
-
राष्ट्रहरूसँग यहोवाको विवाद
“हल्लाको प्रतिध्वनि पृथ्वीको पल्लो छेउसम्मै सुनिनेछ, किनभने पृथ्वीका जातिहरूका विरुद्धमा परमप्रभुको अभियोग छ।”—यर्मिया २५:३१.
यहूदा देशले डरलाग्दो समयको सामना गर्नु परेको थियो। एक जना असल राजा, योशियाहले यहोवाको बल्दो रीसलाई केही समयसम्म रोकेका थिए। तर सा.यु.पू. ६२९ मा योशियाह मारिएपछि के भयो? तिनी पछिका राजाहरूले यहोवाको अनादर गरे।
२ दोस्रो राजा २४:१९ अनुसार योशियाहको चौथो पुत्र अर्थात् यहूदाका अन्तिम राजा सिदकियाहले पनि “[तिनको दाइ] यहोयाकीमले गरेझैं परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे।” त्यसको नतिजा? यरूशलेमको विरुद्धमा नबूकदनेसर जाइलागे, सिदकियाहलाई बन्दी बनाए, तिनकै आँखा सामुन्ने तिनका पुत्रहरू मारिए, तिनी अन्धो बनाइए अनि बाबेलमा लगिए। यस बाहेक यहोवाको उपासनामा प्रयोग गरिने भाँडा-कुँडाहरूलाई बेबिलोनीहरूले लुटको मालझैं हडपे। तिनीहरूले मन्दिर र शहरमा आगो लगाएर त्यसलाई ध्वस्त पारे। बचेकाहरू बाबेलको निर्वासनमा लगिए।
३ त्यो वर्ष, सा.यु.पू. ६०७ ले यरूशलेमको अन्तिम विनाशलाई मात्र होइन तर लूका २१:२४ मा उल्लिखित “अन्यजातिको समय” को सुरुआतलाई पनि चिह्नित गऱ्यो। यो २,५२० वर्ष लामो अवधि हाम्रो शताब्दीमा आएर सन् १९१४ मा पूरा भयो। अब भने नबूकदनेसरभन्दा महान, आफ्नो गद्दीनसीन पुत्र, येशू ख्रीष्टद्वारा भ्रष्ट संसारमाथि न्यायको घोषणा गर्ने र त्यसलाई कार्यान्वयन गर्ने यहोवाको समय आइसकेको थियो। पृथ्वीमा परमेश्वर र ख्रीष्टको प्रतिनिधित्व गर्छौं भनी दावा गर्ने यहूदाको आधुनिक समरूपदेखि यो न्याय सुरु हुन्छ।
४ यहूदाका राजाहरूको अन्तिम वर्षहरूमा भएका उथलपुथलहरू अनि छिमेकी राष्ट्रहरूलाई समेत असर पार्ने विनाशकारी घटनाहरू र आज मसीहीजगतमा भएको उथलपुथलबीच के हामी कुनै समानता पाउँछौं? अवश्य पाउँछौं! उसोभए यहोवाले कसरी न्याय गर्नुहुनेछ भन्ने सम्बन्धमा यर्मियाको भविष्यवाणीले के सङ्केत गर्छ? आउनुहोस्, विचार गरौं।
५ बेलायती गणितज्ञ र दार्शनिक बट्रान्ड रसलले झण्डै ४० वर्षअघि यसो भनेर टिप्पणी गरेका थिए: “भाग्य वा पूर्व-निर्धारित कारणले भएको जस्तो देखिने एउटा ठूलो विनाशतर्फ संसार लम्कदै गएको देखेर सचेत हुने व्यक्तिहरू १९१४ देखि यता चिन्तित हुँदै गएका छन्।” अनि जर्मन राजनीतिज्ञ कनराट एडिनावरले यसो भने: “१९१४ देखि यता मानिसहरूको जीवनबाट सुरक्षा र शान्ति भन्ने कुरा हराइसकेको छ।”
६ यर्मियाको समयमाझैं आज पनि विशेषतः यस शताब्दीमा भएका दुई विश्व-युद्धमा बगाइएको निर्दोष रगतको भलले जगतको अन्त नजिकै आएको कुरालाई सङ्केत गर्छ। यी युद्धहरूमा भाग लिने अधिकांश राष्ट्रहरू
-