प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 अक्टोबर पृ. ४
  • तपाईंको प्रचार इलाकाका सबैलाई प्रचार गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंको प्रचार इलाकाका सबैलाई प्रचार गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • व्यापारिक इलाकामा कसरी प्रचार गर्ने
    हाम्रो राज्य सेवकाई—२००४
  • के तपाईंको व्यक्‍तिगत इलाका छ?
    हाम्रो राज्य सेवकाई—२००६
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—व्यापारिक इलाकामा साक्षी दिनुहोस्‌
    हाम्रो राज्य सेवा—२०१५
  • तपाईं व्यक्‍तिगत इलाका लिएर प्रचार गर्न चाहनुहुन्छ कि?
    हाम्रो राज्य सेवा—२०१३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 अक्टोबर पृ. ४

तपाईंको प्रचार इलाकाका सबैलाई प्रचार गर्नुहोस्‌

१ आवासीय क्षेत्रहरूमा हामी कहिलेकाहीं किराना पसल, चमेनागृह वा खुद्रा पसलजस्ता स-साना व्यापार थलोहरू देख्छौं। तपाईंको प्रचार इलाकाका घरहरूमा प्रचार गरेझैं यी थलोहरूमा प्रचार गर्ने हो भने तिनीहरूलाई पनि तपाईंले भेट्‌नुपर्छ।

२ तपाईंले सरल, छोटो प्रस्तुति प्रयोग गर्न सक्नुहुन्छ। शायद यस्तो भन्‍न सक्नुहुन्छ: “म तपाईंलाई केही कुरा देखाउन चाहन्छु।” पसल मालिक त्यतिबेला व्यस्त देखिन्छन्‌ भने पर्चा प्रस्तुत गरेर यसो भन्‍न सक्नुहुन्छ: “तपाईंको फुर्सतको बेला म फेरि आउनेछु। तपाईंलाई यसबारे कस्तो लाग्छ, म जान्‍न चाहन्छु।”

३ यो कार्यबारे तपाईं दुबिधामा पर्नुपर्ने कुनै खाँचो छैन। एक प्रकाशकले यस्तो विवरण दिन्छन्‌: “मैले नकारात्मक प्रतिक्रिया पाउने आशा गरेको थिएँ। तथापि, राज्य सन्देशप्रति सकारात्मक प्रतिक्रिया पाउँदा म तीन छक परें। तिनीहरू साँच्चै भद्र तथा मित्रैलो हुनुका साथै प्रायजसो सधैं पत्रिकाहरू स्वीकार्थे।”

४ घडेरी कम्पनीमा काम गर्ने एक स्त्रीले यहोवाका साक्षीहरूलाई तिनको कार्यालयमा बोलाइन्‌। तिनले पत्रिकाहरू स्वीकारिन्‌ र बाइबल अध्ययन गर्न इच्छा व्यक्‍त गरिन्‌। तिनलाई ज्ञान पुस्तक देखाइयो र तिनको कार्यालयमा त्यहाँ त्यतिखेरै अध्ययन सुरु गरियो!

५ तपाईंको प्रचार इलाकाका सबैलाई प्रचार गर्ने कार्यभारमा टोलछिमेकमा व्यापार चलाउने व्यक्‍तिविशेषहरूलाई भेट्‌नु पनि समावेश छ। (प्रे. १०:४२) निजी घरहरूमा जाने योजना बनाएझैं यी ढोकाहरूमा पनि जाने योजना बनाउनुहोस्‌। यसो गर्दा तपाईंले आफ्नो प्रचार इलाकाका सबैलाई प्रचार मात्र गर्नुहुने छैन तर केही रमाइला अनुभवहरूको इनाम पाउन सक्नुहुनेछ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने